Search

नेगलका युवाहरुलाई समाजसेवी सकुना श्रेष्ठबाट खेलकुदका सामान हस्तान्तरण

नेगलका युवाहरुलाई समाजसेवी सकुना श्रेष्ठबाट खेलकुदका सामान हस्तान्तरण
समाजसेवी सकुना श्रेष्ठ

अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा म्यासमुचा खलकको संरक्षक एवं सल्लाहकार, भीमेश्वर नगरपालिका दोलखाका सल्लाहकार दोलखाली चेलि समाजसेवि सकुना श्रेष्ठबाट भिमेश्वर नगरपालिका वडा नं २ दोलखा नेगलका युवाहरुलाई सामाजिक सेवा दिवसको अवसर पारेर खेलकुदका सामाग्रीहरु हस्ताण्तरण गरेको छ ।

अभयपुर टोल विकास समिती दोलखाका सचिव अमित श्रेष्ठ मार्फत नेगलका युवा कुमार तमाङ्गलाई भलिबल, ब्याटमिन्टन, कर्कका साथै भलिबल नेट वितरण गरिएको थियो ।


गत भाद्र १८ गते नेगलका युवाहरुको एक भेलाले नेगल टोलको विकास गर्न नेगल टोल विकास समिती र नेगलका युवाहरुको चौतर्फी विकासको लागि युवाहरु संगठित भई नेगल युवा समाज गठन गर्ने निर्णय गरेको थियो । कोविड १९ को संक्रमणको कारणले सरकारले लकडाउन गरेकोे कारण उक्त दर्ता प्रकृया ढिला भएको थियो ।

नेगलका युवाहरु संगठित भई युवाहरु एक आपसमा मिली युवा समाज गठन गरि सामाजिक, शैक्षिक र खेलकुद विकास गर्ने उदेश्य लिई गठन भएको खुसियालिमा लकडाउनको समयमा युवाहरु फुर्सदको कारण समयको सदुपयोग होस भनेर खेलकुदको सामान हस्तान्तरण गरेको भन्ने समाजसेवि सकुना श्रेष्ठज्युको भनाई रहकोछ । गत भाद्र १८ गते समाजसेवि सकुना श्रेष्ठज्युले नेगलमा आफ्नो जन्मदिनको अवसर पारेर जेष्ठ नागरिकहरुलाई पोषणयुक्त खाना वितरण गर्नुका साथै खाताबाट सम्मान गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!