बाँपीझ्याल, काठमाडौँ । दोलखाली चेलीहरुको सक्रियता भर्खरमात्र शुरु गरिएको छिजी द्वाल्खा डोवर नामक संस्थाले काठमाडौ महानगरपालिका वडा न १६ नयाँबजार स्थित विष्णुमति पुल नजीकै रहेको पहलवालघाट शिव मन्दिरको प्राङ्गणमा हाल कोरोनाको कारण रोजगार विहिन भएका र विपन्न असहाय अवस्थामा रहेकाहरुलाई भोको पेट रहनु नपरोस भन्ने हेतुले त्यहाँ संचालन हुने गरेको नियमित भोजन गराउने कार्यक्रममा सहयोग गरि उपस्थित २ सय जनालाई विहानको खाना खुवाउने काम सम्पन्न गरे ।
बालाजु संरक्षण समिति तथा जागृति युवा क्लवले निरन्तररुपमा असहाय र विपन्नहरुका लागि विगत ३ बर्ष देखि विभिन्न संस्था र दाताहरुको सहयोगमा असहाय अवस्थामा सडकमा र्भौतारिरहेकाहरुका लागि भोजनको व्यवस्था गर्दै आएकोमा अहिले कोरोनाका महामारीका कारण दैनिक गुजारा गर्न असमर्थ रहेकोहरुलाई भोजन खुवाउने गरेर छिजी द्वाल्खा डोवरमा आवद्ध दोलखाली महिलाहरुले समय सुहाउदो सहयोग गरेर खानाको प्रबन्ध गरेको जानकारी कृष्ण नारायण श्रेष्ठले दिनु भयो ।
भोजन वितरण कार्यलाई सहजताको भूमिका निर्वाह गरि सफल पार्न कार्यक्रममा उपस्थित भई सहयोग गर्नु हुने दोलखाली युवा समाजसेवी शंकर जोशी, पत्रकार कृष्ण नारायण श्रेष्ठ, सम्पादक त्रिलोचन प्रधान, फोटो पत्रकार अनुप श्रेष्ठ, महिला समाजसेवी कल्पना श्रेष्ठ महर्जन, समाजसेवी रामदेवी प्रधान, सावित्री श्रेष्ठ, कुसुम श्रेष्ठ, रिधिसा श्रेष्ठ तथा बालाजु संरक्षण समितिका अध्यक्ष समाजसेवी सञ्जय गुरुङ र उनको टिम साथै प्राइम कलेजलाई द्वाल्खा डोवर संस्थाको तर्फबाट अध्यक्ष रिना श्रेष्ठको सहभगीता रहेको जानकारी श्रेष्ठले दिनु भयो ।