Search

मन्नेश्वरी साना किसान कृषि सहकारी संस्था लि.को साधारण सभा सम्पन्न

मन्नेश्वरी साना किसान कृषि सहकारी संस्था लि.को साधारण सभा सम्पन्न

अजय प्रधान
बाँपीझ्याल, दोलखा । सहकारी विभागले २०७७ आश्विन १ गत्ते जारी गरेको सहकारी संस्थाहरूको साधारण सभा सम्वन्धि सूचनाको निर्देशनहरू पालना गर्दै आज मन्नेश्वरी साना किसान कृषि सहकारी संस्था लि. तिखातल दोलखाले चौथो वार्षिक चुनावि साधारण सभा सम्पन्न गरेको छ । इन्द्रबहादुर थामीको अध्यक्षता र जिल्ला सहकारी संघ लि. दोलखाको लेखा संयोजक रत्नबहादुर श्रेष्ठको प्रमुख अतिथ्तामा सम्पन्न साधारण सभामा संस्थाको कोषाध्यक्ष रमिला श्रेष्ठले आर्थिक प्रतिवेदन र सचिव रमेस श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सभाले संस्थाको विधानमा उल्लेख भए अनुसार ९ सदस्सीय संचालक समिति र ३ सदस्सीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको जानकारी प्राप्त हुन आएको छ ।

नवनिर्वाचित संचालक समिति


अध्यक्ष : रमेस श्रेष्ठ
उपाध्य : क्ष चतुरबहादुर वुढाथेकी
सचिव : मदनकुमार श्रेष्ठ
कोषाध्यक्ष : कालिका श्रेष्ठ
सदस्य : फौजप्रसाद फुयाल
सदस्य : केशव राउत
सदस्य : राजन योगी
सदस्य : रजनी गोले
सदस्य :एलिसा श्रेष्ठ

लेखा सुपरिवेक्षण समिति


संयोजक : रमेसकुमार श्रेष्ठ
सदस्य : रामबहादुर वुढाथोकी
सदस्य : देवकी खडका

सल्लाहाकारहरू

नारायणकृष्ण श्रेष्ठ
ज्ञानु योगी
इन्द्रबहादुर थामी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!