बाँपीझ्याला, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना महामारीलाई भईरहेको कारणले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सार्वजनिक अपिल गरको छ ।
पछिल्लो समय कुलमान घिसिङलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सर्वसाधारणले प्रदर्शन गर्ने र प्रहरीले दमन गर्नेक्रम बढेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै घिसिङले प्रदर्शनप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ भनी घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण र हाल नेपाल पनि धेरै आक्रान्त भएको बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरी दिन सबैलाई आग्रह गर्नु भएको छ । सरकारले मलाई कार्यकारी निर्देशक नियुक्ती गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु ।
प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएको उल्लेख गर्दै उनले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने विश्वास व्यक्त गरेका छन् ।