Search

दशैंका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा, व्यवसायी भन्छन–अग्रिम बुकिङ खोल्नुको औचित्य छैन

दशैंका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा, व्यवसायी भन्छन–अग्रिम बुकिङ खोल्नुको औचित्य छैन

बाँपीझ्याला, काठमाडौं । कोरोना भाईरस कोविड १९ को सक्रमणका कारण करिव ६ महिनापछि सञ्चालनमा आएका सार्वजनिक सवारीका लागि नजिकिएको दशैं पनि निराशाजनक हुने भएको छ । नेपालीहरुको महान चाड दशैं शुरु हुन अव एक महिना समय रहेपनि कोरोनाका कारण अहिलेसम्म कुनै उत्साह देखिएको छैन् । विशेषत गरी दशैं सार्वजनिक सवारी व्यवसायीका लागि उच्च व्यवसाय हुने समय हो ।

दशै मनाउन लाखौं मानिस शहरबाट गाउँ जाने भएकाले छोटो, मध्यम र लामो दूरीसम्मका सार्वजनिक सवारी साधन दशैंको समयमा व्यस्त रहने गर्छ । काठमाडौंबाट मात्रै करिव करिव २० लाख भन्दा बढी मानिस गाउँ फर्किने भएका कारण दशैंको समयमा बस अभाव हुने गरेको थियो । जसलाई ध्यानमा राखी व्यवसायीहरुले दशैंको शुरु हुनुभन्दा करिव करिव एक महिनाअघि नै अग्रिम टिकट बुकिङ खुलाउने गर्दै आएका थियो ।

तर यसपटक कोभिड १९ का कारण लाखौं मानिसहरुले काठमाडौं छाडिसकेको र कतिपय गाउँ नजाने देखिएकोेले यसपाली बस व्यवसायीहरु निराशजन देखिएका छन् । गत वर्षहरुमा गाडीको अभाव लाई ध्यान राखी दशै शुरु हुनु भन्दा एक महिना अगाडीनै अग्रिम टिकट बुकिङ खोलिने गर्दथ्यौ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुको समन्वयमा खोलिने दशैंको अग्रिम टिकट बुकिङ यसपटक के गर्ने भन्ने अन्यौल अवस्थामा रहेको र लकडाउन हुनुभन्दा अघि केही यात्रु गईसकेको र आधाभन्दा बढी लकडाउनकै अवधिमा काठमाडौं छोडी सकेको अवस्था छ । त्यसैले यसपाली अग्रिम टिकट बुकिङको व्यवस्था आवश्यक नभएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन् । उनको भनाई अनुसार केही मानिसहरु पहिल्यै आफ्ना जन्मथलो गईसकेको अवस्था भएकाले यसपाली दशैंमा घर जाने यात्रु धेरै कम हुने देखिएको छ ।

यातायात व्यवस्था विभागले असोजको दोस्रो हप्तासम्म अग्रिम टिकट खुलाउने गरी तयारी गर्न व्यवसायीलाई निर्देशन दिएको भएपनि कहिलेदेखि खुलाउने भन्ने टुंगो नभएको उनको भनाई छ । गत बिहीबारदेखि लामो रुटका सार्वजनिक सवारी पचास प्रतिशत यात्रु राख्ने शर्तमा संचालनमा आएका छन् । सोहीअनुसार बसको भाडा पनि लकडाउन पहिलेको तुलनामा पचास प्रतिशतले बढेको छ ।


कोरोना महामारीबाट यात्रुलाई सुरक्षित तरिकाले जन्मथलोसम्म पु¥याउन बसपार्कको व्यवस्थापन जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले पनि सोही अनुसारको सुरक्षाको व्यवस्था गरेको बताएको छ । प्रा.लि.का महाप्रबन्धक सुनिल कुँबरले बाहिरी जिल्लाबाट गाडी पनि त्यत्तिकै मात्रामा काठमाडौं आईरहेको बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!