Search

राष्ट्रपतिद्वारा प्रबल जनसेवा श्री पदकबाट कीर्तिमानी खेलाडी संगिना बैद्य विभूषित

राष्ट्रपतिद्वारा  प्रबल जनसेवा श्री पदकबाट कीर्तिमानी  खेलाडी संगिना बैद्य विभूषित

बाँपीझ्याला, काठमाण्डौं । संविधान दिवसको उपलक्ष्यमा विभिन्न बिद्यामा उत्कुष्ठ व्यक्ती व्यक्तीत्वहरुलाई यसपाली चतुर्थ पदकबाट बिभूषित गरेको छ । यसै गरी चर्चित तेक्वान्दो खेलाडी तथा कुसल प्रशिक्षक संगिना वैद्य प्रबल जनसेवा श्री चतुर्थ पदक राष्ट्रपतीबाट विभुसित भएकी छिन् ।

सन् १९९६ मा तेक्वान्दोकी एसियाली च्याम्पियन तथा हाल राष्ट्रिय टोलीकी प्रशिक्षक रहेकी संगिनालाई नेपाली खेलकुदमा अतुलनीय योगदान गरे बापत विभूषित गरिएको हो । खेलाडीको रूपमा ओलम्पिक छनौट हुने पहिलो खेलाडीको कीर्तिमान कायम गरेकी बैद्यले लगातार दुई पदक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक पनि जितेकी थिइन् । उनी लगातार दुई पटक दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीकी प्रशिक्षक भएकी थिइन् ।

यस सुखद अवसरमा नार्गार्जुन नगरपालीकाका सनराईज हाईट टोलका वासीन्दाहरुले खुसी व्यक्त गर्दै बधाई दिएको छ । साथमा बाँपीझ्याला डटकम परिवार र सनराईज टोल सुधार समती नार्गाजुन न.पा. १ रानीवन तथा अध्यक्ष रोशन शाहको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।


मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!