Search

मन्त्री पार्वत गुरूङ कालिञ्चोक गाउँपालीकामा

मन्त्री पार्वत गुरूङ कालिञ्चोक गाउँपालीकामा

बाँपीझ्याला, दोलखा । कालिन्चोक गाउपालिका वडा नं –५, लापिलाङ रानीवारी क्षेत्रमा केही दिन अगाडी गएको बाढी भैरोले घर तथा खेतबारीमा ठुलो क्षती हुन पुगेकोे छ । यसरी यो बाढीबाट ८ घरहरू बगर रूपी जमीन मुनी पुरीएको छ । यसै गरी थुप्रै यहाँका घरहरु जोखिममा रहनुका साथै खेतबारी बगरमा परिणत भएको छ । जनको क्षती नभएको कारणले गर्दा यहाँको चर्चा नभएको देखिन्छ ।


उक्त बाढी भैरोको कारणले गर्दा आज यहाँ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरूङ, प्रदेश सभा सदस्यहरु पशुपति चौलागाईं, हिमाली गोल,े पुर्व संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेल तथा स्थानीय पदाधिकारी जिल्ला समन्वय समितीका अध्यक्ष डब्बल पाण्डे, जनप्रतिनिधीहरु कालिञ्चोक गाउँपालीकाका अध्यक्ष विनकुमार थामी, उपाध्यक्ष कालिका पाठक, वडाध्यक्षहरु, जिल्लाका बिभिन्न सहयोगी गैह्सकारी संंस्थाका प्रमुख तथा प्रतिनिधीहरु र पत्रकारहरुकोे सहभागीता रहेको थियो ।

यसै गरी नेकपा प्रदेश कमिटी सदस्य कुलबहादर बुढाथोकी, दोलखा जिल्लाका अध्यक्ष ईस्वर चन्द्र पोखरेल लगायत जिल्ला तथा गाउँ कमिटीका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । यो बाढीबाट घरवार बिहिन हुन पुगेका र जोखिममा रहेका पिडित परिवारहरुको लागी आगामी हिउंद याम सम्ममा पुनर्वासको ब्यबस्था गर्न तिनै तहको सरकार लागि पर्नु पर्ने बारे पूर्व मन्त्री आनन्द प्रसाद पोखरेल, प्रदेश सभा सदस्य पशुपति चौलागाईं र जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले जोड दिनु भएको जानकारी प्राप्त भएको छ ।


यसै गरी बाढी पिडितहरुलाई ग्रामीण विकास टुकी संघ तथा यस्का साझेदारी संस्थाहरु सुहारा/ केयर नेपाल र सिवीन नेपालको सहयोगमा राहत सामाग्रीहरु वितरण गरिएको जानकारी ग्रामीण विकास टुकी संघका कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठज्यूले जानकारी दिनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment