Search

दोलखा जिल्लाको स्थानिय तहमा किवी जोन खेती

दोलखा जिल्लाको स्थानिय तहमा किवी जोन खेती

अजय प्रधान,
२, असोज, बाँपीझ्याला, दोलखा ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन शाखा किविजोनले चालु आर्थिक वर्ष २०७७÷०७८ देखि दोलखा जिल्लाको सबै स्थानिय तहहरुमा अनुदानका कार्यक्रम संचालनमा ल्याउन लागेको जानकारी प्राप्त भएको छ ।
विगतमा दोलखा जिल्लाको ६ वटा स्थानिय तहमा मात्रै आफ्नो कार्यक्षेत्र बनाएर कार्यक्रम संचालन गर्दै आएकोमा यसपाली देखि किविजोनले अन्य ३ स्थानिय तहमा पनि अनुदान कार्यक्रम संचालन गर्ने भएको छ ।


दोलखा जिल्लालाई जोन क्षेत्र बनाउनको लागि भन्दै केन्दबाट पाँचशय हेक्टर क्षेत्रफल जग्गामा किवि खेती विस्तार गर्न भनिएपछी थप स्थानिय तहलाई पनी समेटेर अनुदानका कार्यक्रम संचालन गर्न लागिएको किवी जोन दोलखाका बरिष्ठ कृषि विकास अधिकृत मोहन प्रसाद खतीवडाज्युले जानकारी दिनु भयो ।


यसैले यस वर्ष पाँचशय हेक्टर जमीनमा किवी खेती विस्तार गर्न लागिएको भन्ने भनाई रहेको छ । हाल दोलखामा किवी खेती दुईशय एकतिस हेक्टर क्षेत्रफलमा भईरहेको छ ।
कार्यालय प्रमुख खतिवडाज्युका अनुसार यस आर्थिक वर्षमा किवि खेती विस्तार गर्न कार्यक्रम रहेकोले कार्यक्षेत्र भन्दा बाहिर कुनै पनी पनी व्यक्ती संघ–संस्था तथा सहकारीले एक दुई रोपनी जग्गामा किवी खेती गर्न चाहेको खण्डमा माटो निःशुल्क परिक्षण गरिदिने जानकारी पनी थाहा हुन आएको छ ।

अहिलेसम्म जिल्लाको भीमेश्वर नगरपालीकाबाट अनुदानका कार्यक्रम सञ्चालन हुर्दै आएको थियो । तर अव बैतेश्वर, मेलुङ र तामाकोशी गाउँपालिकामा पनी कार्यक्रम सञ्चान गर्न सकिने किवीजोनका प्रमुख खतीवडाज्यूले जानकारी दिनु भयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment