बाँपीझ्याल, दोलखा । भीमेश्वर नगरपालिकाले आज “भीमेश्वरको सेरोफेरा” नामक स्थानीय पाठ्यक्रम विमोचन गरेको छ । स्थानीय परिवेशको आधारमा बालबालिकालाई शिक्षादिन र पाठ्यपुस्तक बाहेक बाह्य ज्ञानको बारेमा जानकारी दिने उद्धेश्यका साथ पाठ्यक्रम तयार पारेको हो ।
यसै शैक्षिक सत्रबाट आधारभूत तह कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु हुनेछ । भीमेश्वर नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा भीमेश्वर नगरपालिकाको परिचय, धर्म संस्कृती, चाडपर्व, कृषि, व्यवसाय, विपद व्यवस्थापन, घरेलु उद्योग पेशा, वातावरण, वन्यजन्तु लगाएत १२ क्षेत्र समेटिएका छन् । स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । पाठ्यक्रम तयार भए सँगै अब सहजीकरण पुस्तिका तयार गरी शिक्षकलाई तालीम प्रदान गरी पाठ्यक्रम लागु गरिनेछ । साथै पाठ्यपुस्तक छपाई कार्य समेत शुुरु गरिने भीमेश्वर नगरपालिका शिक्षा शाखा अधिकृत अर्जुन कार्कीले जानकारी दिनुभयो ।
पाठ्यक्रम विमोचन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, उपप्रमुख कमला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, नगर शिक्षा समितिका सदस्य शंकरलाल श्रेष्ठ र शिक्षा शाखाका प्रमुख रामचन्द्र पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । पाठ्यक्रम भीमेश्वर नगरपालिका क्षेत्रका ६० वटा सामुदायिक र संस्थागत विद्यालयमा लागु जानकारी प्राप्त भएको छ ।
कालिञ्चोक