परिचय
मध्यकालमा दोलखा पूर्वमा तामाकोशी र पश्चिममा सुनकोशी सम्म फैलिएको दोलखा, दोलखाबाटनेपालको राजधानी काठमाडौं करिव १३२ कि.मि. दक्षिण पश्चिममा पर्दछ । दोलखा प्रदेश नं. ३ मा पर्ने एउटा हिमाली जिल्ला हो । यो जिल्ला उत्तर पूर्वी दिशामा फैलिएको छ । यस जिल्लामा २ वटा नगरपालिका (भीमेश्वर नगरपालिका र जिरी नगरपालिका) र ७ ओटा गाउँपालिका (गौरीशङ्कर गाउँपालिका, कालिञ्चोक गाउँपालिका, वैतेश्वर गाउँपालिका, विगु गाउापालिका, तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका र शैलुङ्गेश्वर गाउँपालिका)रहेको छ । यस जिल्लाको भू–भाग समुन्द्री सतहबाट न्यूनतम ७३२ मिटर (सितली) र अधिकतम ७१३४ मिटर गौरीशङ्कर हिमाल (गौरी र शंकरको प्रतिक मानिने हिमाल जुन हिमालबाट नेपालको समय मापन गरिएको छ रधार्मिक कारणले उक्त हिमालको पर्वतारोहणमा प्रतिवन्ध लगाइएको छ ।) उचाइ सम्म रहेको छ । प्राकृतिक सौन्दर्य, विभिन्न धर्मावलम्विहरुको धार्मिक स्थल, विभिन्न हावापानीको सङ्गम स्थाल, जलासयको धनी, यिनै विविधता बोकेको दोलखा जिल्ला नेपालको एउटा महत्वपूर्ण जिल्लाको रुपमा रहेको छ । विश्वकै सवै भन्दा उचाइमा र सस्तो लागतमा निर्मित माथिल्लो तामाकोशी जलविद्यु आयोजनाले पनि दोलखा जिल्ला थप आकर्षणको केन्द्र बनेको छ ।
दोलखा आदिमकाल देखि चर्चामा रहेको एउटा स्थान हो । संसारको सभ्यताको सुरुवात नायल नदिबाट भएको हो भने नेपालको सभ्यताको शुरुवात सायदै दोलखाबाट हुनु पर्दछ । कुरो जे भएता पनि दोलखा लिच्छविकालीन सभ्यता, किराँतकालीन सभ्यता भन्दा पनि पुरानो इतिहास बोकेको प्राचीन स्थानको रुपमा लिन सकिन्छ । त्यसैले इतिहास शिरोमणी बाबुराम आचार्यले भनेका छन् “दोलखाको इतिहास पुरा नभए सम्म नेपालको नै इतिहास पुरा हुन सक्दैन ।”
अवस्थित तथा किंवदन्ती
नेपालको बागमती प्रदेश, दोलखा जिल्लाको क्षेत्र नं.२ अन्तर्गत साविक पूर्व दोलखा गाविस वडा नं. ९ हाल भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा अवस्थित श्री भीमेश्वर (भीमसेन) हिन्दु राज्यको महत्त्वपूर्ण धार्मिक तीर्थ स्थलहरु मध्येएक धार्मिक तीर्थ स्थलको रुपमा रहेको छ । आदिम कालदेखि नै हिन्दु धर्मावलम्विहरु साथै विभिन्न धर्मावलम्विहरुको आस्थाको केन्द्रविन्दु रहेको श्री भीमेश्वर (भीमसेन) मन्दिर विश्वमा नै अति प्रख्याती पाएको धार्मिक तीर्थ स्थल मध्य एक हो ।
यस श्री भीमेश्वरको उत्पत्तीको वारेमा खासै ठोस प्रमाणहरु फेला नपरेता पनि यसको उत्पत्तीको वारेमा दोलखामा धेरै किँवदन्तीहरु पाईएका छन् । यी किँवदन्तीहरु दोलखामा सातौं सताव्दी देखि चल्दै आएको पाईन्छ । त्यसै कारण सातौं सताब्दि भन्दा अगाडी देखिनै दोलखामा वस्ति बसेको अनुमान गर्न सकिन्छ । किँवदन्ती अनुसार सातौं सताब्दिमा तिब्बत देखि हालको भारत सम्म व्यापारीक मार्गको रुपमा रहेको यो प्रमुख स्थानको रुपमा रहेको थियो । यसै बेला व्यापारका अनेक सामानहरु बेकेर यसै मार्गबाट भरीयाहरु हिड्नेगथ्र्यो । त्यहिवेला भरियाहरु खाना खाने समयमा सवै वसेर खाना पकाउन थाले । भरियाहरुको धेरै समुह मध्ये एक समुहले भात पकाउन चुल्हो बनाउन स्थान खोज्दै जाने क्रममा एउटा ढुङ्गा यथावत भएको र अरु दुइवटा ढुङ्गा मात्र स्थापना गर्नुपर्ने स्थान भेट्टाए पछि त्यो भरियाको समुहले त्यसै स्थानमा चुल्हो वनाइ भात पकाउने निर्णय गरे । त्यस पछि भात पकाउन सुरु गरे ।
भात पकाउँदा भात छड्कन थाल्यो । तर यथावत भएको स्थानको भात काँचै भएको पाए । फेरी भातको भाँडो घुमाएर पकाउन थाले, त्यो ढुङ्गामा फेरी पाकेको भात पनि काँचो हुने गथ्र्यो । धेरै पटक यो क्रम दोहो¥याउँदा पनि भात पाक्न सकेन । भरियाका अरु समुहहरु भात खाएर पनि जान तयारि गरि सक्दा पनि त्यो समुहको भने भात नपाकेको हुनाले ती भरियाहरुको समुह मध्ये एक जनाले रिसले पन्युले ढुङ्गालाई हान्दा ढुङ्गाको चोइटो उच्छिटीएर गयो र तहाँबाट रगत मिसिएकोदुध बग्न थाल्यो । त्यस्तो अचम्मको दृश्य देखेर उनिहरु डराएर सवैले हात जोडेर प्रार्थाना गर्नलागे र त्याहाँ मन्दिर बनाई दिने र बडा दशँैको काल रात्रीको समयम बार बोका पुजा गर्ने संकल्प गर्दै त्याहाँबाट गए । उनिहरुले पछि त्यस स्थानमा एउटा मन्दिरको स्थापना गरे । छाना सहितको आकर्षक मन्दिर बनाए पछि विधि विधानले पुजा पाठ गरि बडा दशैँको काल रात्रीका दिन बाह्् बोका पुजा गरेर उनिहरु गए । पछि फेरि उनिहरुलाई सपना देखाएछ । त्यस भगवान भीमसेन भीमेश्वरको आदि शक्ती रहेको र छाना छाएर भगवानको शक्ती कुण्ठीत भएको र भगवानलाई सकस भएको सपनामा देखाए पछि उनिहरु फेरी त्यस स्थानमा आएर क्षेमा पुजा गरेर छाना विहीनको मन्दिर निर्माण गरेर गरएको भनाई रहेको छ । त्यसै समय देखि त्यस मन्दिरमा छाना छाउनु हुदैन भन्ने भनाइ सहित छाना रहितको यो मन्दिर रहेकोछ ।
भीमेश्वर (भीमसेन) शिलाको शिरभागमा सुनको जलप लगाईएको नागपास झुन्ड्याईएको छ । अगाडी आसन सहित दायाँ–बायाँ सिंह, धुप बत्ती गर्ने दियो राखिएको छ । भीमेश्वर (भीमसेन) शिलाको दायाँ पट्टी भीमसेनकी माता कुन्ती र बायाँ पट्टी पाँच पाण्डवकी पत्नी द्रौपतीको शिला रहेको छ । मन्दिरको बिचमा एउटा मण्डलाकारको मण्डप रहेको छ । जसलाई स्थानिय बासीहरुले गणेशको रुपमा पुजा गर्ने गर्दछन् । मुल मन्दिर भित्र पस्ने ढोकामा माथिल्लो पट्टी सुनको जलपलगाईएको कलात्मक तोरण छ । जसलाई स्थानिय बासीहरु छ्यापर भन्दछन् । मुल ढोकाको दायाँ वायाँ द्वारपालहरुका मुर्तीहरुले मन्दिरलाई सुरक्षा दिइरहेको छ । ती द्वारपालका माथि पट्टी झण्डा रहेको छ ।
मन्दिर परिसर प्रवेश गर्ने प्रवेश द्वारमा विशाल ढुङ्गाको स्तम्भ ठडीएको छ, जसको माथिल्लो भागमा भीमेश्वर मन्दिर तिर फर्केको डमरु जडित त्रिशुल समातेको सुनको जलप लगाईएको सिंह अवस्थित छ । सायद सो ढुङ्गाको स्तम्भ नेपाल अधिराज्यकै अग्लो स्तम्भ मानिन्छ । उक्त स्तम्भको दायाँ बायाँ अरु दुइवटा साना ढुङ्गाको स्तम्भ रहेको छ ।
सो स्तम्भ नजिकैको सिँहवन भन्ने धार्मिक वनबाट निर्माण गरि सोहिवनबाट तानेर ल्याएको लोक धारण रहेको छ । मन्दिर प्रवेश गर्ने सिंढीमा तल्लो १८ सिंढीमा दायाँ बायाँ दुइवटा एउटै ढुङ्गाबाट निर्मित सिंहहरु र माथिल्लो ७ सिंढीमा दायाँ वायाँ स–साना ढुङ्गाका दुई सिंहहरुले मन्दिरलाई सुरक्षा गरी राखेको छ । मान्दिर प्रवेश गर्दा धार्मिक दर्शनार्थीहरु दायाँबाट घुमेर हात चोख्याउनका लागि एउटा पानीको धारा राखिएको छ । अनि सर्व प्रथम गणेश, भैरवको दर्शन गर्नु पर्दछ । त्यस पछि त्रिशुल भएको स्थानमा कालिञ्चोक भगवतीको आरधाना गर्ने गर्दछन् (जो धर्मवलम्विहरु कालिञ्चोक भगवती मन्दिर जान सक्दैनन् उनिहरु सोहि स्थानबाट कालिञ्चोक भगवतीको आरधाना गर्ने गर्दछन् । धार्मिक कथन अनुसार कुनै कालमा दोलखामा राक्षसहरुले दुःख दिइरहेको आवस्थामा यहाँका मानिसहरु श्रावणशुक्लपक्ष परेवाका दिन देखि बाजा बजाएर दोलखामा रहेका सम्पूर्ण देवी–देवताहरुका मन्दिमा गएर राक्षसको विगविगीबाट छुटकारा पाउन आरधाना गर्ने गर्दछन् । देवताहरुले राक्षसको विगविगी र दुःखबाट मुक्ति पाउन कालिञ्चोक भगवतीको आरधाना गर्न सुझाव दिएपछि श्रावणशुक्लपक्ष चतुदर्शीका दिन बाजा गाजाका साथ कालिञ्चोक भगवतीको आरधानामा जान्छन् । भोलिपल्ट जनैपूर्णीमाका दिन कालिञ्चोक भगवती दोलखा प्रवेश गर्दछ । सोही दिन दोलखामा भव्य मेला लाग्दछ । सोहि दिन देखि भाद्रशुक्लपक्ष काय अष्टमी सम्म सोहि स्थानमा कालिञ्चोक भगवती बस्छिन् भन्ने जन विश्वास रहेकोछ । यो अवधिमा आफ्नी कान्छी बहिनी बालकुमारीको माहिमाको समेत पाँच दिन सम्म जात्रालाग्ने गर्दछ ।)
मन्दिर पछाडी रहेको सालको ९÷९ इन्चको लम्बाइ र चौडाइ, ३२ फीटको उचाइ रहेको चुल्काप्सीं
(चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो चुडामणीको महिमा ठुलो छ । भीमसेनलाई इश्वरको रुपमा रुद्री गरिन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पूजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ । मेषबली दिदा भीमेश्वर शिलामा विशेष मुकुट (भगवतीको मुकुट) पहि¥याइ सेतो खाताले (सेतो कपडा) ले बेह्री चुडामणीमा लगेर बाँधिन्छ अनिमात्र मेष बली दिइन्छ । त्यसै गरि रुद्र महादेवको रुपमा रुद्रि गर्दा डिकी डोरा (काँचो धागोले निर्मित डोरा) भीमेश्वरको शिलाबाट उक्त स्तम्भमा बाँधिन्छ । यासो गर्नुको तात्पर्य के हो भने भक्तजनहरुले जुन भगवानको आरधाना गर्छन सोहि भगवान त्यस कापडाको मार्ग भएर शिलामा विराजमान हुन्छ र अन्य भगवान चुडामणी स्तम्भको आसनमा गएर बस्छ भन्ने जनविश्वस रहेको छ । यो स्तम्भ सालको काठबाट निर्मित भएको हुनाले निश्चित अवधिमा ढल्छ र स्तम्भ फेर्नु पर्दछ । भीमेश्वरमा भएको अभिलेख अनुसार वि.सं. १७११, वि.सं. १७७३, वि.सं. १८२६ सालहरुमा यो स्तम्भ फेरिएको प्रमाणहरु पाइन्छ । यसरी अनुमान गर्दा करिव करिव ५० देखि ७० वर्षको अन्तरालमा चुडामणी स्तम्भ फेरिएको पाइन्छ । पछिल्लो पटक हालको यो स्तम्भ २००९ साल असारमा फेरीएको हो र करिव ६१ साल पछि २०७० चैत्र महिनाको २० गते सो चुडामणी स्तम्भ ढल्यो । उक्त स्तम्भ ढल्दाको समयमा विहानको करिब ११ बजेको समय थियो विहान झकमक घाम लागेको थियो, एक्कासी आकासमा कालो बादलले ढाक्न थाल्यो हावाहुरी चन्न थाल्यो । शनिवारको दिन भएका कारण यस मन्दिरमा दर्शन गर्नेहरुको बाक्लै भिड थियो । मौसम एक्कसी परिवर्त भएपछि दर्शनार्थीको भीड सुरक्षाको लागि सुक्षित स्थान तिर लाग्यो । सोहि समयमा एक्कासी ठूलो आवजका साथ नैरित्य कोण पारेर उक्त चुडामणी स्तम्भ ढल्यो । पछि तुरुन्तै मौसम सफा भयो । उपस्थित सम्पूण दर्शनर्थी अचम्बीत भयो । त्यस पछि विधान पूर्वक दोलखा जिल्ला शहरे गाविस वडा नं. ५ स्थित इन्द्रवती तिलखोरिया सामुदायीक वन समूहको सहयोगमा प्राप्त सालको रुखबाट स्तम्भ निर्माण गरि भीमेश्वर नगरपालिका वडा नं. २ घर भै हाल काठमाडौं लाजिम्पाट निबासि श्री नरेन्द्रबहादुर श्रेष्ठ सहित उहाँका परिवारको संयुक्त सहयोगमा मिति २०७० साल चैत्र २३ गतेका दिन स्तम्भ पुनः प्रतिस्थापना गरिएको थियो । चुडामणी स्तम्भ ढल्यो भने नयाँ स्तम्भ नठड्याउन्जेल सम्म भीमेश्वरमा कोरा पुजा बाहेक अन्य पुजा हँुदैन ।
मन्दिरको परिसरमा दायाँ बायाँ ठुला ठुला घण्टहरु राखिएका छन् । मन्दिरको अघिल्लो पट्टी दायाँ तिर वि.संं. १९६८ मा चन्द्रवीर बस्नेले चढाएको ठुलो घण्ट छ भने बायाँ तिर कर्णेल श्री फौदसिं खत्रीले वि.सं. १९४३ मा चढाएको घण्ट रहेको छ ।
भीमेश्वर संग सम्बन्धीत पूजा, चाड पर्व तथा गुठीहरू
श्री भीमेश्वरमा दैनिक रुपमा र चाडपर्व, जात्राहरुमा विभिन्न रुपमा यहाँ पूजा हुने गर्दछ । दैनिक रुपमा विहानको ४ः३० बजे यहाँका गुठीयारबाट नियुक्ति पाएका टहलुवाबाट प्रभातकालीन पूजा हुन्छ । त्यस पछि मात्र सर्वसाधारणका लागि पूजा खुल्ला हुन्छ । त्यतिबेला धर्मावलम्वीहरुको चाहाना अनुसार पूजा गर्ने गर्दछन् । यो मन्दिरको विशेषता भनेको केहो भने यहाँ भीमेश्वरको पूजा गरिदिने छुट्टै पुजारीको व्यवस्था हुँदैन । भक्तजनहरुले आफुले चाहेको अनुरुप आफुले चाहेको भगवानका आराधना गरी आफै पुजा गर्न पाउँछन् । त्यसैले चुडामणीको महत्व रहेको छ । सो समयमा श्री भीमेश्वरको शिलामा कसैले बली पुजा गर्छन्, कसैले नरिवल पुजा गर्छन् त कसैले कोरा पुजा गर्ने गर्छन् । विहानको ठीक ९ः०० बजे देखि ११ः०० बजे सम्म रुद्र महादेवको आरधाना गरी रुद्रि गरिन्छ । सो समयमा बली पुजा लगाएत अरु देवताको पुजा हुँदैन । त्यस पछि पुनः भीम भैरब, भीमसेन सहित अन्य देवताहरुको आरधाना गरी बली पूजा लगाएत अन्य पुजा हुने गर्दछ ।
दिनको १२ बजे पछि पालो पर्ने टहलवाबाट छक्काल पुजा हुन्छ । त्यस पछि त्यस दिनको लागि बली पुजा बन्द हुन्छ भने सो अवधिमा भीमेश्वरको रुपमा पुजा हुने गर्दछ र २ः३० बजे पछि पालो पर्ने भीमेश्वरको गुठीयारबाट नुहाइ धुवाई गरि निराहार व्रतबासी भीमेश्वरको शिलामा गहना पहि¥याइ तान्त्रिक विधिबाट राजपुजा हुने गर्दछ । (दोलखा स्वतन्त्र राज्य हुँदाको बखत श्री भीमेश्वर (भीमसेन) को पुजा दोलखाका राजा स्वयम्ले विधि विधान पूर्वक गहना पहि¥याई पुजा गरेको हँुदा उक्त पूजालाई राजपुजा भन्ने गरियो) दोलखा एकिकरण पश्चात भीमेश्वर (भीमसेन)मा हुने राज पूजामा अन्यौल भएपछि रणबहादुर शाहले वि.सं. १८५० मा गरिदिएको ताम्रापत्रमा तोकिदिएको चार गुठीयारका सन्तानहरुले पालैपालो तोकिएको राजपूजा गर्नु पर्दछ । सोहि अनुसार वर्ष भरिमा डोक्छेंँ गुठीयारलाई ९० दिन, कोर्छेँ गुठीयारलाई ९० दिन, डोकुलङ्गा गुठीयारलाई ९० दिन र लिष्टोल गुठीयारलाई ९० दिनको पालो पर्ने गर्दछ । सो पूजा गर्न ४५ मिनेट देखि १ घण्टाको समय लाग्दछ । सो पुजा पछि भक्तजनहरु मन्दिर भित्र पसि पूजा गर्न पाउँदैनन् बाहिरबाटै पूजा हुने गर्दछ । बेलुका ठीक ६ः३० बजे लगाइएको गहना फुकाली सन्ध्या आरती हुन्छ र मन्दिर बन्द हुन्छ ।
यसरी दैनिक रुपमा पूजा गर्नका लागि दोलखा स्वतन्त्र राज्य हुँदाको बखत श्री भीमेश्वरको नित्य नैमित्य पूजा प्रत्येक्षरुपमा राजकुलबाट राजा स्वयमले गर्ने गरेको इतिहासबाट थाहा हुन आउँछ । यस श्री भीमेश्वरको मन्दिरमा दिनको चार पटक नित्य पूजा गर्न र श्री भीमेश्वरको वडा दशैं, चैत्र दशैं लगाएत आठ पर्वीपूजा सहितको गुठी सञ्चालन गर्नको लागि दोलखा स्वतन्त्र राज्य हुँदाको बखत दोलखाको तत्कालिन शासकले राखेको गुठीको जग्गालाई श्रीश्रीजयजगतजयमल्लदेवले सहि थामी लेखिदिएको गुठीको जग्गालाई ने.सं. ८३९ (वि.सं. १७७६) मा महिन्द्र सिंह देवले हालको भेडपु गाविसको केहि जग्गामा साविकको जग्गामा केहि जग्गा थपी गुठीलाई निरन्तरता गरी गुठीमा राखी ताम्रपत्र गरी दिएको थियो । नेपाल एकिकरण पश्चात पनि दोलखा श्री भीमेश्वरको गुठी सञ्चलन सोहि ताम्रापत्र बमोजिम भै आएको थियो । त्यस बखत श्री भीमेश्वरको गुठी सञ्चलन गर्न र दोलखाको परम्परा थाम्न नेपालका तत्कालिन शासक रणबहादुर शाहले वि.सं. १८५०÷०४÷०५ मा पूर्व वेलबोटे खेत तामाकोशी माथिको कान्ला पिपुल्या र साहेल्या खेत मुरी एक सय समेत दक्षिण फट्के खोला, पश्चिम शैलुङ्गे नाके डाँडा पानी डोलो, उत्तरमा लड्क्या खोलो यति चार किल्ला भित्रको खेतको बाली, पाखो खर्कको कुत बाँधी भेड्पु गाविसको जग्गा जमिन गुठी राखी वडा दशैँ, चैत्र दशैे र आठ पर्वी पूजाको लागि आवश्यक पूजा सामान तोकि गुठी चलाउनु भनी डोकुलुङाको गुनेश्वर, डोक्छेंको वंसनारायण, कोर्छेबाट मोजन्त र विहार्छेबाट इन्द्रनारायण यति चार गुठीयार तोकि पालैपालो श्री भीमेश्वरको वडा दशै, चैत्र दशैँ, आठ पर्वी पूजा (बैशाख पूर्णिमा, श्रावण पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमा, भीम एकादशी, शिवरात्री, श्रीपञ्चमी, घण्टाकर्ण) समेतको गुठी चलाई, नित्य पुजा गरी, बाँकी रहेको मध्ये आधाले श्री भीमेश्वरको गर–गहना, भाँडावर्तत, सत्तल, पाटी पौवा मर्मत गर्नु बाँकी आधा गुठीयाले खानु भनी ताम्रापत्र गरी दिएको दोलखाको भण्डारमा रहेको ताम्रपत्र, लालमोहरहरुबाट थाहा हुन्छ । (तर त्यस पछिका राज्यका निकाएहरुले भीमेश्वरको गुठीलाई वास्ता गरेको पाईदैन ।
भीमेश्वरको गुठी सञ्चालनमा समस्या हँुदा स्थानिय निकाय बाहेक राज्यले सम्बोधन गरेको छैन ।) वि.सं. २०४४÷०४५ साल देखि त्यस भेड्पु गुठी जग्गाबाट हाल सम्म पनि श्री भीमेश्वर (भीमसेन)को विभिन्न समयमा हुनु पर्ने गुठी सञ्चालनका लागि तोकिएको जिन्सी तथा नगद प्राप्त भएको छैन र मोहिहरुले उक्त गुठीको जग्गा व्यक्तिको नाममा रैकरमा नापी हुनु पर्ने माग राखेका कारण भीमेश्वर (भीमसेन)को गुठीको जग्गा रहेको भेड्पु गाविस हाल सम्म पनि नापी हुन सकिरहेको छैन ।
त्यति मात्र नभै दोलखा श्री भीमेश्वरको दैनिक रुपमा पुजा गर्न, दैनिक रुपमा धुपवत्ती बाल्न, फूलमालाको व्यवस्था गर्न, समयानुसारको चाडपर्वमा विभिन्न रुपमा पुजा गर्न, मन्दिरको विभिन्न पुरातात्वीक महत्वका संरचनाहरुको मर्मत सम्हार तथा सुरक्षा गर्न, भजन गर्न, सरसफाई गर्न तत्कालीन अवस्थामा राज्य, राज्य प्रमुख, राज्यका विभिन्न ओहदामा बस्ने व्यक्तिहरु, श्री भीमेश्वर प्रति आस्था राख्ने भक्तजनहरुबाट नियमित स्थायी स्रोतको रुपमा प्रसस्त जग्गा जमिनहरु भीमेश्वरको नाममा चढाइ गुठीमा राखेको ऐतिहासिक प्रमाणहरुबाट प्रमाणित हुन्छ । तर अहिले आएर ती जग्गा जमिनहरु कहाँ छन्, कसको नाममा कसले कमाई गरेको छ भन्नेकुरा खुल्न आएको छैन । त्यासो भएकोले श्री भीमेश्वरमा हुनु पर्ने दैनिक पाठ पुजाहरु, मर्मत सम्हार र सुरक्षाहरु, सरसफाईहरुको कार्य लोप भएका छन् ।
भीमेश्वर मन्दिरको व्यवस्थापन
ऐतिहासिक तथ्य अनुरुप पहिलादेखि चलिआइरहेको बडा दशैं, रामनवमी (चैत्र दशैं), वैशाख पूर्णिमा, जनै पूर्णिमा, कात्र्तिक पूर्णिमा, धन्य पूर्णिमा गरि –४ पूर्णिमा र घण्टाकर्ण पर्व, श्रीपञ्चमी पर्व, भीमाएकादशी पर्व, शिवरात्री पर्व गरिु ४ पर्वको निम्ती श्री भीमेश्वर, त्रिपुरासुन्दरी लगाएत अन्य देव देवताको पूजा गर्नका लागि तत्कालिन दोलखाका शासक श्रीजयजगतजय देव र पछि महिन्द्र सिंह देवले गुठीको रुपमा गुठी जग्गा तोकी दिएको ताम्रापत्रबाट थाहा पाउन सकिन्छ । त्यसपछि केही जग्गा थपेर रणबहादुर शाहले वि.सं. १८५० सालमा पुन उक्त गुठी राम्ररी संचालन गर्न गुठी जग्गाको साँध किल्ला तोकेर ताम्रापत्र गरी दिएको छ । ताम्रापत्र अनुसार भेड्पु जग्गाको साँध किल्ला पूर्व बेलबोट खेत पिपल्या र सहेल्या, दक्षिण फटक्या खोला, पश्चिम सैलुङको पानी ढलो, उत्तर लटके खोला तोकिएको छ । यसरी उक्त जग्गा तोकेर त्यहाँको आम्दानीबाट ४ गुठीयार डोक्लुङ्गा टोल, डोक्छेँ टोल, कोर्छेँ टोल, विहार्छेँ टोललाई जिम्मा दिइएको देखिन्छ । यसरी वडा दशैं उक्त जग्गाबाट आउने आयस्ताबाट चल्ने गरेकोमा हाल आएर उक्त ठाउँबाट कुनै आयस्ता नआएकोले चन्दा उठाइ, श्री भीमेश्वरमा बलि पुजाबाट, दर्शनार्थीहरुको भेटी सङ्लनबाट उठेको रकमबाट गुठी संचालन भईरहेको छ । त्यस्तो परिस्थितिले गुठी चलाउन कठिनाइ भै रहेको छ, गुठीयारहरुले दैनिक नित्यपूजा र अन्य ताम्रापत्रले तोकेको कार्यहरु स्वयम्सेवी रुपमा आफ्नो कर्तव्य बहन गरिरहेको छ । यसरी कति दिन सम्म कार्य सञ्चालन हुन सक्दछ ? यसको निम्ती सरकारले आवश्यक कदम उठाउनु पर्ने देखिन्छ ।
वि.सं १८५० मा तत्कालिन राजा रणबहादुर शाहबाट भीमेश्वर मन्दिरको नित्य पूजा गर्न, भीमेश्वरको गुठी गण सञ्चालन गर्न, चल–अचल सम्पत्तीको संरक्षण र सम्वर्धन गर्न, गरगहना र मन्दिर पाटी पौवाहरुको मर्मत सम्हार गर्न दोलखाका चार गुठीयारहरुलाई जिम्बेवारी दिएको पाईन्छ । सोहि जिम्बेवारीको आधारमा हाल सम्म पनि गुठीयारका सन्तान दर सन्ताहरुले आफ्नो जिम्बेवारी निभाउँदै आइरहेको छ । त्यतिबेला गुठीयारहरुले पारिश्रमीक पाउँथ्यो भने अहिले जिम्बेवारी, दायीत्वमात्र हुन पुग्यो । गुठीयारको नाताले स्वयमसेवी रुपमा काम गर्नु पर्ने बाध्यता भैआएको छ ।
यसरी चार गुठीयारहरुले आफ्नो जिम्बेवारी अनुसार कामकाज गर्दै आइरहेकोमा २०४१÷०४२ सालबाट पूर्णरुपले गुठी जग्गाबाट आय आम्दानी आउन बन्द भएपछि गुठी सञ्चालको लागि गुठीयारहरुको एक्लो प्रयासले मात्र नसक्ने अवस्था सिर्जना भएकोले तत्कालीन स्थानीय सरकार, स्थानीय संघ संस्थाको संयुक्त प्रयासबाट गुठी सञ्चानमा भएको थियो । यो अवस्था लामो समय सम्म रहिरह्यो । अनेकौँ प्रयास गर्दा समेत गुठी जग्गाबाट गुठी सञ्चालनको लागि आउनु पर्ने आय आम्दानी आउने नामो निसाना भएन । सरकारले गुठी व्यवस्थापको लागि गठन गरेको गुठी संस्थान भीमेश्वरको गुठीलाई छुट गुठी भनी आफ्नो जिम्मेवारीबाट पन्छीयो । नापीमा पनि रैकरमा नापी गर्नु पर्छ भनी मोहिहरु र तत्कालीन राजनिनिक नेताहरुको कारण गुठीको जग्गा नापी हुन सकेन । हाल सम्म पनि गुठीको जग्गा नापी भएको छैन । सरकार यसमा मौन छ । गुठी र मन्दिरको व्यवस्थापन गर्न गुठीयारलाई जिम्मेवारी वनाउन सहयोग गर्न २०५५ माघ २४ गते तत्काली प्रमुुख जिल्ला अधिकारी मोदराज डोटेलको अध्यक्षतामा गुठीयारहरु सहितको एउटा समिति गठन गरीयो । सोहि समितिले निशुल्क रुपमा हुँदै आइरहेको बली पूजामा शुल्क लगाई सोहि आम्दानीबाट गुठी तथा नित्य पूजा सञ्चालन गर्ने व्यवस्था मिलाईयो । समिति गठन पश्चात वार्षिक रुपमा पालो पालो गरी चार गुठीयारले गर्दै आइरहेको जिम्बेवारी गुठी सञ्चालन र नित्यपूजा बाहेकका अन्य कार्यहरु समिति अन्तर्गत चल्न थाल्यो । केहि वर्ष पछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समिति गुठीयारहरुको संलग्नतामा मात्र सञ्चालन हुने व्यवस्था भयो । गुठी सञ्चालन गर्न र मन्दिरको अन्य कार्य गर्न नित्य नैमित्य पूजा गर्न समस्या भैरहेको अवस्थामा गुठीयारका नेतुत्व कर्ताहरु र समितिका कार्य क्षमाता कमजोर भएको अवस्थाले गर्दा दर्शनार्थीहरुको भेटी रकम र अन्य जिन्सि सामाहरुको पजनी टहलुवाको र केही गुठीयारहरुको चङ्गुलमा पर्न गै भीमेश्वर मन्दिरको स्धार हुन सकिरहेको थिएन । भीमेश्वर मन्दिरमा केहि गुठीयारहरुको लापर्बाहीको सिमा नाघे पछि २०६८ फागुन ७ गते स्थानियहरुको सकृयतामा उक्त समिति विघटन गरी गुठीयार जीवन श्रेष्ठको संयोजकत्वमा एक समिति गठन भयो । उक्त समितिले तत्कालै मन्दिरमा कार्यरत टहलुवा र अन्य कर्मचारीलाई तलबतोकी दर्शनार्थीहरुले चढाएका भेटीलाई व्यवस्थापन गर्न थालीयो । त्यस पछि मन्दिरको औषत मासिक आम्दानी २ लाख देखि ३ लाखको हाराहारीमा हुन थाल्यो । त्यस पछि मन्दिरको गुठी सञ्चालन गर्न, नित्य नैमित्य पूजा गर्न र अन्य धार्मिक कार्य सचालन गर्न, मन्दिरको भौतिक व्यवस्थापन गर्न सहजता भएको छ । सोहि रकमबाट २५ लाख रुपैयाँ अक्षय कोषमा राख्न सफल भएको छ ।
अहिले भीमेश्वर मन्दिरको विकासमा गुठीयार तथा प्राध्यापक डा. हरिदर्शन श्रेष्ठको सकृयतामा भीमेश्वर मन्दिर क्षेत्रको गुरुयोजना निर्माण भैरहेको छ । यो काम अन्तिम चरणमा पुगेको छ । अहिलेको लकडाउनका कारण गरुयोजनालाई पूर्णता दिन अवरोध भैरहेको छ । भीमेश्वर मन्दिरको गुरुयोजनाले पूर्णता पाइसकेपछि भीमेश्वरको विकासले गति लिन सक्नेछ भन्ने विश्वास लिइएको छ ।
भीमेश्वर मन्दिरले दोलखाको हरेक क्षेत्रमा अभिभाकत्वको भूमिका निर्वाह गर्नु पर्दछ । दोलखा साँस्कुतिक मुर्त–अमुर्त सम्पदाहरुको संरक्षण सम्बर्धनमा भीमेश्वर मन्दिरले नेतृत्व लिनु पर्दछ । यसको लागि सबै तह र तप्काको महानुभावहरुको सहयोग सहकार्यको अपेक्षा जरुरी रहेको छ । अहिलेको अवस्थामा दोलखे त्यस भित्र पनि गुठीयार र नन्गुठीयारको भावना विकास भएको छ त्यसलाई अन्त्य गर्न जरुरी रहेको छ । हामी सबै मिलेर कसरी दोलखाको विकास गर्न सकिन्छ त्यसमा ध्यान जानु पर्दछ ।
धन्यवाद