Search

आखिझ्याल (बाँपीझ्याला) मा यहाँहरुलाई स्वागत

आखिझ्याल (बाँपीझ्याला) मा यहाँहरुलाई स्वागत

सवभन्दा पहिला यस वाँपीझ्याला www.bampijhyala.com वेभ साईडमा यहाँहरुलाई स्वागत गर्दछौं ।


आखिझ्याल (बाँपीझ्याला) नेवार समूदायको प्राचिन शैलीको झ्याल हो । बाहिरबाट हेर्दा नदेखिन्ने भित्रबाट हेर्दा देखिने झ्याल घरको पहिलो तलामा राखेको देखिन्छ । यो झ्यालको मुख्य सामरीक विशेषता देखिन्छ । भित्रबाट बाहिर हेर्दा छर्लङ्ग देखिने तर बाहिरबाट हेर्दा भित्रको आकृती नदेखिने हुँदा सुरक्षाको दृष्ट्रिकोणले राखिने झ्याल भएकोले यसको महत्व छ । अर्को तर्फ यो आखिझ्यालको नामाकरण दोलखा नेपाल भाषामा करङको झ्याल भनीन्छ भने काठमाण्डों उपत्यकामा बोलिने नेपाल भाषामा टिकीझ्याः भनीन्छ । यस्को अर्थ थोप्ला थोप्ला छिरीविरे झ्याल भन्ने अर्थमा बुझिन्छ । जे भएपनी दोलखामा बिभिन्न झ्यालको प्रचलन रहेको छ ।

हामी नेवारको पुर्खाहरुले यस्तो झ्याल किन बनाएको भनी हामीले भित्रदेखि हे¥यौ भने यस बारेमा कुरा बुझ्छौ । हामी मानिस जस्तो आखिझ्याल (बाँपीझ्याला) पनी त्यस्तै हो । मानिसहरुलाई बाहिरबाट हेर्दा त्यस्को वास्तविकता केहि देखिन्दैन भित्रबाट हे¥यौ भने सवै देखिन्छ । यस आखिझ्याल (बाँपीझ्याला) को आफ्नै ईतिहास छ हामीले यस आखिझ्याललाई हामीले बाहिरी आँखाले होईन कि भित्री आँखा, चेतनाको आँखा, विचारको आँखा अनी दोलखाको नेवार समूदायको आफ्नो मातृभाषा बचाई राख्ने आन्दोलनलाई पोको पारी राख्ने काख अनी अगालो मारी बस्ने साथी हो आखिझ्याल (बाँपीझ्याला) । दोलखाका नेवार समुदायले बोलिने नेवारी भाषालाई पछि पछि सम्म बचाई राख्न यस्तो साथी, मित र सहयोग गर्नु हुने बुद्धिजिवीहरुको विचमा आखिझ्याल (बाँपीझ्याला) पुग्नु पर्छ । वहाँहरुको चिन्तनलाई बाँपिझ्यालाले भित्रबाट बाहिर ल्याउन सक्नु पर्छ । जसरी हाम्रो कोठामा आखिझ्याल (बाँपीझ्याला) बाहिरबाट सुर्यको किरण भित्र आउँछ त्यसै गरी त्यस्तो बुद्धिजिवी, समाजसेवी, राजनितज्ञहरुको विचारलाई आखिझ्याल (बाँपीझ्याला) को प्वालबाट भित्र ल्याएर आखिझ्याल (बाँपीझ्याला) भित्रबाट कुन मान्छे राम्रो छ, कुन मान्छे जनताको पक्षधर छ उक्त कुरालाई आखिझ्याल (बाँपीझ्याला) बाट बाहिर हेरे जस्तै त्यो उत्पीडित जनता र श्रमिक नेवारहरुले हेर्न सक्नु पर्छ । त्यस्तो कुराको बैचारीक पक्षलाई सहयोग गर्ने कार्य नै आखिझ्याल (बाँपीझ्याला) को अहिलेको कार्य हो ।

यसैले हामीले यसको ४१ औं अङ्कसम्म पत्रिका प्रकाशन गर्न सफल भयौ । अव तपाईहरुकै माया र सहयोगले अनलाईन पत्रिकाको रुपमा वेभ साईटमा बनाएर अगाडी जान सफल भएका छौं । यस्को श्रेय तपाईहरु नै आउँछ । त्यसै गरी दोलखा अनी नेपाल भित्र, बाहिर बस्नु हुने नेवार समुदाय संग संगै, शुभचिन्तहरुकोलागी ज्ञान, बिज्ञान, ईतिहास, कथा, कविता, गितका साथै खोजमुलक लेखहरुलाई यहाँहरु समक्ष पु¥याउन सकिएनकी भनी यो अभियानमा लागेर यहाँ सम्म पुग्न सफल भयौ । यसै गरी सहयोग पायौं भने आजको भन्दा भोलीका दिनहरुमा अगाडी बढ्न सकिन्छ भनी आशा अनी विश्वास लिएका छौं ।
आज भन्दा उन्नाईस बर्ष अगाडी देखि हामीले यस बाँपिझ्याला मासिक पत्रिका निकाल्दै आएको सम्झना यहाँहरुलाई गराउँदछौं । आफ्नो मातृभाषा र दोलखाको संस्कृतीलाई बचाई राख्न केहि सहयोग हुन्छकी भनी दोलखा नेपाल भाषाबाट निकालिएको यस पत्रिका विच विचमा कहिले तल कहिले माथि हुदै आफ्नै हिराईमा तपाईहरुको अगाडी वेभसाईटसम्म पुग्न सफल भएको तपाईहरु सबै भाषा, संस्कृतीलाई माया गर्ने दोलखाली दाजुभाई, दिदीबहिनी र शुभचिन्तकहरुलाई जानकारी गराउँदछौं । आफ्नो मातृभाषा र संस्कृती मानिसहरुको आफ्नो ज्यान भन्दा प्यारो भएकोले यसलाई कसरी सकिन्छ बचाई राख्ने, अगाडी लाने र यसको लागि के गर्दा हामीले आफ्नो मातृभाषा प्रयोग गरी अगाडी बढेर यस्को संरक्षण गर्न सकिन्छ भनी विचार आदान प्रदान गर्ने हिसावले यो पत्रिका विस्तार विस्तार वेभसाईडमा सम्म पु¥याएउन सफल भएको कुरा सबैलाई जानकारी गराउँदछौं ।
कुनै पनि भाषा, संस्कृती उक्त भाषा, संस्कृती प्रयोग गर्ने जातीहरुको पहिचान हो ।

आफ्नौ भाषा, आफ्नो ठाँउ ज्यान भन्दा प्यारो हुन्छ । यस कुरालाई हामी कसैले होईन भन्न सक्दैनौ किनभने भाषा एउटा राष्ट्रको सम्पती हो यसको साथ साथै भाषाभाषी, जातजाती गौरव पनि हो । देश भित्र जातजाती धेरै भएपनि सबैको आ–आफ्नो भाषा, कला र संस्कृती हुन्छ । नेवार जातीको नेपाल भाषा र लिपिले त विश्वमा नै स्वतन्त्र राष्ट्रय रुपमा परिचय दिएको छ । हाम्रो पुर्खाहरुले छोडेर गएको मठ–मन्दिर, नेपालको पर्यटन व्यवसायको मुल बाटो भएको छ । हाम्रो संस्कृती, परम्परा विश्वमै नुमना सावित भएको छ । नेपाल धेरै भाषिक, जाती, धेरै संस्कृती भएको देश हो । यस कुरालाई नेपालको संविधानले स्विकार गरेको छ । त्यसै गरी नेपाल भित्र भएका सवै भाषाहरुलाई राष्ट्रिय भाषाको मान्यता दिएको छ । तर व्यवहारमा एउटा मात्र पर्वते खस भाषा प्रयोग गरेको छ भने अर्को भाषालाई थिचेर राखेको छ । नेपालको संविधान र ऐनले सबै भाषालाई समान मान्यता दिएको छ ।
यसै गरी दोलखा नेपाल भाषाको भिन्न महत्व रहेको छ । उपत्ययका भित्रका नेपाल भाषा दोलखाको नेपाल भाषा धेरै भिन्न र यसको आफ्नै मौलिकता रहेको छ ।

दोलखा नेपाल भाषा दोलखापछी, तौथल, दुती, लिस्ती र जेठलका नेवारहरुको बोलिचालीमा अहिलेसम्म निरन्तरता दिई आएको छ तर बोलीमा हाम्रो भन्दा अलि भिन्न उचारणमा सुनिन्छ । नेपालमा भएको दुई किसिमको नेपाल भाषामा एउटाको प्रतिनिधित्व दोलखाको नेवाः समुदायले बोलिने द्वाल्खा नेपाल भाषाले गर्दछ भने अर्को उपत्यकाका नेवाः समुदायले बोलिने नेपाल भाषाले गरेको छ ।
संस्कृतीविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीज्यूको भनाईमा भाषिक शब्दवाली र यसको बोलीचाली हेर्दा द्वाल्खा नेपाल भाषा अन्य जातीले बोलिने नेपाल भाषा भन्दा फरक स्रोतको रुपमा लिनु पर्ने धारणा राख्नु भएको छ । प्राचिन द्वाल्खा शहरले समकालिन नेपालको भर्जिन सिटी भन्नु पर्ने धारणा राख्नु हुन्छ । अहिले अन्य स्थानहरु धेरै कारणले नेवार जातीको बाहुल्यता घुमेको अवस्था छ । दोलखामा त्यो अवस्था आई नसकेको अवस्था रहेको छ । अर्को कुरा हाम्रो मातृभाषा आजभोली आजभोली भन्दा भन्दै हराएर गएको अवस्था छ । यही कुरालाई मनमा लिई हामीले आफ्नो मातृभाषालाई के ले सक्छ त्यस्ले सहयोग गर्नु पर्ने आजको आवश्यकता रहेको छ । यसै गरी अव सरकारको तर्फबाट पनि स्थानियवासिन्दाहरुले बोलिने मातृभाषा, संस्कृती, चाडपर्वहरु संरक्षण गरी अगाडी बढ्नु पर्ने जिम्मेवारी रहेको छ । हिजोको जस्तो स्थानिय सरकार नभएको अवस्था अहिले छैन । आज स्थानिय सरकार छ त्यसैले यसको संरक्षण गरी प्रयोग गराउनु पर्ने देखिन्छ । यस सवै कुरालाई मध्यनजर गरी बाँपिझ्याला मासिकबाट दैनिक वेभसाईटमा ल्याएका छौं । यसको लागि तपाईहरुले के ले सक्नु हुन्छ त्यसैले सहयोग गर्नु पर्छ भनी दोलखा भित्र, बाहिर अनि विदेशमामा बस्ने दोलखावासी र शुभचिन्तकहरुमा अनुरोध छ ।

यस कुरामा भित्र हद्यदेखि हामीले आशा अनी विस्वास लिएर बसेका छौं । अन्तमा आमी हाम्रो मातृभाषाबाट मात्र यस अनलाईन पत्रिकालाई अनलाईनमा संचालन गर्दा समस्या आउन सक्छ भनी नेपाली भाषाबाट पनि प्रकाशन गरेका छौं । यस अनलाईन दैनिकीमा केहि तलमाथी गल्ती भएमा यहाँहरुले सुधार गर्ने मौका दिई सहयोग गरी दिनु हुन्छ भनी भाषा, संस्कृतीलाई माया गर्ने दाजुभाई, दिदिबहिनी लगायत सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं । यहि हामीले कामना गरी सधै यहाँको सहयोगको अपेक्षा गर्दै आफ्नो मातृभाषा प्रति प्रतिवद्ध रहन समेत अनुरोध गर्दछौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!