Search

भीम उच्च माविको सार्बजनिक सुनुवाई

भीम उच्च माविको सार्बजनिक सुनुवाई

अजय प्रधान
२९ भाद्र, बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको पुरानो दोश्रो विद्यालय भीम पब्लीक हाईस्कुल हो । जुन स्कूल वि.सं. २००८ सालमा स्थापना भएको हो । यस पछि वि.सं.२०३१ सालमा भीम पब्लीक हाईस्कुलबाट भीम माध्यमिक विद्यालयमा परिणत भयो । यसै गरी २०५७ सालमा दश जोड दुई कक्षा थप भई हाल भीम उच्च माध्यमिक विद्यालयको नामबाट सञ्चालन हुर्दै आएको छ । हाल यस उच्च माध्यमिक विद्यालयको बालकक्षा देखि १२ सम्म जम्मा विद्यार्थी संख्या ३६८ जना रहेको छ । यसमा छात्रा २०२ जना र छात्र संख्या १६६ जना रहेको छ ।


यसै गरी उच्च विद्यालयमा २ जना, मा.वि. मा ४ जना, नि.मा.वि.मा ४ जना, प्रा.वि. मा ७ जना गरी जम्मा १७ जना शिक्षकहरु रहेको छ । त्यस्तै गरी जेसिपि अन्तर्गत ३ जना, निजि बालकक्षा १ जना, निजी शिक्षक ३ जना गरी जम्मा ७ जना रहेको छ भने लेखामा १ जना र कार्यालय सहयोगी ३ जना गरी जम्मा ४ जना रहेका छन् । यसरी यस स्कुलमा जम्मा शिक्षक, शिक्षिका र कर्मचारीहरु गरी कुल जम्मा २८ जना रहेको कार्यरत रहेको शिक्षक भक्त श्रेष्ठले जानकारी दिनु भयो ।


भीम उच्च माध्यमिक विद्यालय दोलखाको आ.व २०७५÷०७६ को सामाजिक लेखा परिक्षण गरी नगरप्रमुख भरत केसिज्युको प्रमुख अतिथिमा एक समारोह विच सार्वजनिक सुनुवाई कार्य प्रस्तुत गरिएको छ । सामाजिक लेखा परिक्षणका संयोजक तथा शिक्षक अभिभावक संघका अध्यक्ष शुसिला जोशीको अध्यक्षतामा सञ्चालित यस कार्यक्रममा उपस्थित अभिभावक तथा शुभचिन्तक महानुभावहरुलाई समितिका सदस्य जानकी प्रधानले स्वागत मन्तव्य दिई स्वागत गर्नु भएको थियो । समितिका सदस्य सोम बहादुर थामिले समितिले तयार गरेर बुझाएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

६ दिनको छोटो समयको दौडानमा सामाजिक लेखा परिक्षणको सिलसिलामा अनुगमन र मुल्याङ्गकन गरी विद्यालयका गतिविधिहरु र यस संग सम्वन्धी आवश्यक सुधारहरु गर्नु पर्ने बारेमा अनुगमन समितीका सदस्य अजय प्रधानले औल्याउदै यस बारेमा विद्यालय व्यवस्थापन समितीले आवश्यक कदम उठाउनु पर्ने कुरामा आफ्नो राय व्यक्त गर्नु भएको थियो । साथ साथै विद्यालयलाई नमुना बनाउन स्थानिय वासिन्दाहरुको सक्रियता र सहयोग आवश्यक भएको भनाई राख्नु भएको थियो ।


यसै गरी प्रतिवेदन माथि सुझाव दिदै पुर्व विधार्थि समाजका अध्यक्ष रमेश खतिवडा, शिक्षा प्रेमि हर्क बहादुर श्रेष्ठ, स्थानिय वासिन्दा कमल प्रसाद श्रेष्ठ, पुर्व प्राध्यापक नारायण कृष्ण श्रेष्ठ, अभिभावकको तर्फबाट सुस्मा श्रेष्ठ, मण्डु शाहि, सुसिला श्रेष्ठले आ–आफ्नो तर्फबाट मन्तव्य व्यक्त गर्नु भएको थियो । यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्वि बहादुर श्रेष्ठज्यु र कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख भरत केसिज्युले सम्बोधन गर्नु भएको थियो । समितिका सदस्य सचिव एवं शिक्षक चन्द्र कुसुलेले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।


सामाजिक लेखा परिक्षणमा समिती :
२०७७ भाद्र २१ गते बसेको शिक्षक अभिभावक संघको भेलाबाट सामाजिक परिक्षण समिती गठन गरिएको थियो ।

संयोजक : शुसिला जोशी
सदस्य : विराजमान श्रेष्ठ, भी.न.पा. वडा नं. २ वडाध्यक्ष
सदस्य : सोम बहादुर थामी, अभिभावक
सदस्य : जानकी प्रधान, अभिभावक
सदस्य : अजय प्रधान, बुद्धिजिवी
सदस्य : अमुल थामी, बालक्लव
सदस्य : निकिता सुवेदी, बालक्लव
सदस्य सचिव : चन्द्र कुमार कुसुले, शिक्षक प्रतिनिधी

यस सामाजिक परिक्षण समितीले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएको १० पाने प्रतिवेदन उपर हेर्दा व्यवस्थापनको पक्षमा धेरै जसो सुधार देखिएको छ । तर आर्थिक पक्षमा धेरै कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । हरेक क्रियाकलाप गर्दा आर्थिक पारदर्शिता हुनु पर्ने मान्यता रहि आएकोले यस १० पाने ३८ वटा बुंदामा टिप्पनी गरिएको सार्वजनिक परिक्षण समितीले दिएको प्रतिवेदनले सुधारको लागि सल्लाह र सुझाव दिईएको छ ।
स्कुल संचालनमा लेखा र कार्यालय व्यवस्थापनको सवाल एकातिर छ भने अर्को तिर ठुलो चुनौतीको रुपमा रहेको स्कूलको आयमुलक भवन संग जोडिएको छ । उक्त भाडामा दिईएको आयमुलक भवनहरुबाट उठ्नु पर्ने भाडाहरु करिव आजभन्दा ५ वर्ष अगाडीदेखिको बक्यौता बाँकी देखिन्न आएको छ । जुन रकम रु. १५४,४८९/– देखि रु १४,२७,०२५/– सम्म बक्यौता देखिन्न आएको छ । यसरी ठु–ठुलो रकम बाँकी देखिन्न आएकोमा स्थानिय दोलखावासीहरुको व्यापक चासो रहनुका साथै सम्वन्धीत निकायको उत्तरको खोजीमा रहेको छ ।


यस सन्दर्भमा प्रस्तुत गरिएको सामाजिक लेखा परिक्षणको बारेमा र यस संग सम्वन्धी उठाईएको बुँदाहरुको बारेमा हामीले अहिलेको हेडमास्टर शेष नाथ आचार्यज्यू संग कुरा गर्दा वहाँको भनाई अनुसार अहिले सामाजिक लेखा परिक्षण समितीले उठाएको कुराहरु हामीले उपलब्ध गराएको कागज पत्र र सोधिएको प्रश्नको जवाफको आधारमा तयार भएको मैले पाएको छु । सामाजिक परिक्षण समिती बनाएर काम कुरो अगाडी बढाउनु भन्दा पहिलेनै वहाँहरु संग भएको सहमती अनुसार वँहाहरुले अध्ययन गरी तयार गरिएको प्रतिवेदन जस्ताको तस्तै बाहिर लाने शर्तमा हामीले सामाजिक परिक्षण गर्न दिएको हो र त्यही अनुसार गरेका पनी छौं । यस प्रतिवेनमा आर्थिक र प्रशासन व्यवस्थापन र विद्यालयको आयमुलक भवनको बारे गरी जम्मा दुई वटा विषयमा केन्द्रीत भएर प्रतिवेन बुझाएको पाईएको छ । यसरी स्कूलको आर्थिक तथा प्रशासन व्यवस्थापनमा हामी छिट्टै नै सुधारको लागि आवश्यक प्रणालीको विकास गरेर अगाडी बढछु भन्नु भयो भने आयमुलक भवनको बारेमा सवैलाई थाहा भएको विषय र धेरै भन्दा धेरै बक्यौता देखिएको अभयपुर गेष्ट हाउसको तर्फबाट संचालक राजेन्द्र श्रेष्ठज्यू संग यस भन्दा अगाडी पनी कुरा भएको र वहाँको भनाईमा वहाँले नै स्कूल संग पैसा लिनु पर्ने जस्तो कुरा आएकोले यसको वास्तीकतालाई बुझ्न् यस लगाएत सवै कार्यको लागि स्कूल व्यवस्थापन समिती, वडाध्यक्ष, नगरपालीका र जिल्ला प्रशासन कार्यालयको सल्लाह सहयोगमा सम्वन्धीत पक्षहरु संग बसेर समस्या समाधान गर्ने तर्फ अगाडी जाने जानकारी दिनु भयो ।


यसै गरी पुर्व विद्यार्थी समाजका अध्यक्ष रमेश खतिवडाज्यू संग कुरा गर्दा वहाँले स्कुलमा आम्दानी खर्चको फाँटवारीहरु राख्ने बारेमा केही कमि कमजोरी भएका छन् । त्यसका लागि के कसरी अगाडी जाने भन्ने बारेमा हामीले आन्तरीक रुपमा एउटा समिती बनाएर काम अगाडी बढाउने सल्लाह भएको छ । यसै गरी आयमुलक भवनको भाडाको बारेमा यहि समितीले काम अगाडी बढाउछ भन्नु भयो ।


यसै गरी सार्वजनिक परिक्षणको प्रतिवेदन माथि उठाइएको बुँदाहरुको बारेमा लेखामा कार्यरत लक्ष्मी प्रधानसंग सम्पर्क गर्दा वहाँको भनाई अनुसार लेखामा केही कमी कमजोरी भएको छ । जुन मेरो तर्फबाट भन्दा पनि म भन्दा माथी बस्नु हुने अगाडीको हेडमास्टर लगायत अन्य जिम्मेवारी सरहरु र व्यवस्थापन समितीका केही जिम्मेवार व्यक्तिहरुले नै नियमको पालना गर्न चासो नराखेको र हरेक कुरा प्रेसरमा काम गराउन खोजेकोले यस्तो भएको हो ।
सामान खरीद प्रक्रियादेखि स्टोर दाखिला गरी भुक्तानी गर्नु पर्ने अवस्थासम्म कुनै किमिको प्रणालीको विकास भएको छैन । यो हुनु पर्छ भन्ने मेरो धारणा हो । यसै गरी कुनै पनी विलको भुक्तानी देखि लिएर हरेक व्यक्तिहरुको नाममा गएको पेश्की रकम मौखिक रुपमा लिने दिने गरिन्छ । यस्तै यस्तै कुरामा पूर्व हेडमास्टर संग मेरो मत भिन्नता भएको थियो । अहिले अर्को नयाँ हेडमास्टर आउनु भएको छ । मौखिक रुपमा धेरै काम कारवाहीहरु भएको कारणले भनेको समयमा कुनै पनी विल भपाईहरु बुझाउन मलाई गाहो भएको छ । सिप दक्षताको लागि तालिम दिलाउनुका साथै लेखा प्रणाली चुस्त दुरुस्त राख्नेको लागि लेखाको सफ्टवेयर आवश्यक भएको भनाई राख्नु भयो ।


यस प्रतिवेदनमाथी स्कूल व्यवस्थापन समितीका अध्यक्ष बुद्धि बहादुर आचाजुज्यूसंग सम्पर्क गर्दा प्रतिवेदनमा आएको कुराहरु वास्तविकता भएको र यसको सुधारको लागि आफुले आवश्यक पहल गर्दै आएको भएतापनी धेरै भन्दा धेरै प्राविधिक कठिनाईले गर्दा हुन नसकेर अहिले यस्तो अवस्था आएको भन्नु भयो । अहिले पनी म लगाएत स्कुल व्यवस्थापन समितीका सदस्य साथीहरु, अभिभावकहरु लगायत शुभचिन्तकहरुको प्रयासले यो परिक्षण गर्न सफल भएको हो । अहिलेको भन्दा पनी पहिले लेखा र प्रशासन विचमा कुरो राम्रो मिलेको थिएन त्यही कारणले गर्दा अहिले यस्तो अवस्था सिर्जना भएको भन्नु भयो । जहिले पनी हिसाव किताव पारदर्शिताको बारेमा कुरा मिलेको थिएन । लेखा प्रणालीको लागि कुनै विद्युतिय साधनको प्रयोग गरिएको छैन । आर्थिक र प्रशासनको लागि मार्गनिर्देशन गर्ने नियम कानुनको विकास नभएको कारणले पनी यो अवस्था आएको हुन सक्छ अव यसलाई हामी छिट्टै समधान गर्ने तर्फ लाने अभिव्यक्त दिनु भयो ।
यसै गरी आयमुलक भवनको व्यवसायीहरुबाट आउन बाँकी रहेको बक्यौता बारेमा कुरा गर्दा यस बारेमा व्यवसायी र हामीहरु विच धेरै भन्दा धेरै छलफल गरी बैठक बसेका पनी छौं । कसैको कुरा कसैले सुन्न तयार छैनन् । पछिल्लो पटक गएको श्रावण २५ गते बसेको व्यवसायी र स्कूल संग सम्वन्धीत पक्षहरुको बिचमा भएको बैठकको सहमती अनुसार बाँकी रहेको बक्यौताहरु तिर्ने सहमती भएको थियो तर त्यो सहमती अनुसार केही रकमहरु प्राप्त भएको छ तर सवै कार्यन्वयन भएको छैन । यस सम्वन्धी अभयपुर गेष्ट हाउसका संचालक मध्येका राजेन्द्र श्रेष्ठ संग धेरै चोटी कुरा ग¥यौ वहाँको भनाई अनुसार वहाँहरुले लिएको भवनमा धेरै लगानी भएकोले स्कूललाई तिर्नु भन्दा आफुहरुले लिनु पर्नेमा वहाँको जिकिर छ र यस्को मुल्याङ्कन हुनु पर्छ भनी वहाँको तर्फबाट भीमेश्वर नगरपालीकामा उजुर समेत परेको अवस्थामा नगरपालीका, स्कुल व्यवस्थापन समिती र निज राजेन्द्र श्रेष्ठ बिच भएको छलफलको निश्कर्ष अनुसार मुल्याङ्कनको लागि नगरपालीकाले जिम्मेवारी लिएको छ त्यस कार्यको लागि एकजना प्राविधिक खटाउनु भएको छ । उक्त प्राविधिकको प्रतिवेदन प्राप्त भएपछी सोही अनुसार कार्यन्वयनमा जाने जानकारी दिनु भयो । यसरी लेखा तथा प्रशासन देखि लिएर आयमुलक भवन लगाएत धेरै ठाउँमा समस्या रहेकोले सवै मिली यसलाई मिलाउनु पर्छ भन्ने वहाँको भनाई रहेको छ ।


यसै गरी सार्वजनिक लेखा परिक्षणमा उठाईएको सवालहरुको बारेमा भी.न.पा. वडा नं.२ का वडाध्यक्ष तथा स्कुल व्यवस्थापन समितीका पदेन सदस्य विराजमान श्रेष्ठज्यू संग कुरा गर्दा स्कुलको आर्थिक र प्रशासनिक कार्यमा केहि कमी कमजोरी रहेका छन् । त्यसमा सुधार गरेर जानु पर्छ भनी मैले धेरै अगाडी देखि औपचारीक अनौपचारी रुपमा कुरा उठाएर आएको थिए तर सुनुवाई भएको छैन । यसै गरी स्कुलको आयमुलक भवनको बारेमा पनी हामीले धेरै अगाडी देखिनै कुरा उठाएका थियौ । यसको बारेमा पटक पटक बैठक बस्दा निर्णायत्मक कुरा कहिले नहुने प्रायः गरी झगडा हुने गरेको छ । स्थानिय रुपमा वडालाई स्कुलको बारेमा अगाडी बढेर प्रश्न उठाउन जिम्मेवारी नभएकोले यस बारेमा आफुलाई धेरै कुरा थाहा नभएको बताउनु भयो ।


यसरी सामाजिक परिक्षणकोको सिलसिलामा उठाईएका बुँदाहरुको अधिनमा रही हामीले स्कूल संग सम्वन्धीत लेखामा कार्यरत लक्ष्मी प्रधान, प्रशासनको तर्फबाट अहिलेको हेडमास्टर शेषनाथ आचार्य, पूर्व विद्यार्थी संघका अध्यक्ष रमेश खतीवडा, स्कूल व्यवस्थापन समितीका अध्यक्ष बुद्धि बहादुर आचाजु लगायत भीमेश्वर नगरपालीका वडा नं. २ का अध्यक्ष विराजमान श्रेष्ठज्यु संग समेत भएको संक्षिप्त कुराकानी यहाँ हामीले समावेश गरेका छौ ।


यसैगरी स्कुलको लेखा र प्रशासन सम्वन्धी सामाजिक परिक्षणले उठाएको कुरा बारेमा पूर्व हेडमास्टर सुन्दर खड्काज्यू संग सम्पर्क गर्दा प्रतिवेदनमा आएको कुरामा सहमत नभएको अभिव्यक्ती दिनु भयो । धेरै सकारात्मक कुराहरु प्रतिवदेनमा आएको छ । तर लेखा र प्रशासनको विचको विवादको कुरामा धेरै जसो लेखाबाट विवरण नदिएकोले यस्तो विवादस्पद कुराहरु आएको भन्ने वहाँको भनाई रहको छ ।


यसै विच अभयपुर गेष्ट हाउसका संचालक मध्येका एक राजेन्द्र श्रेष्ठलाई वहाँहरुको नाम बाँकी रहेको बक्यौता सम्वन्धमा सोध्दा २०७२ सालसम्मको हिसाव किताव फस्र्योट भएको र त्यो भन्दा पछाडीको हिसाव बाँकी गर्न रहेको बताउनु भयो । भुकम्पले माथिल्लो तल्लाको केही भाग र ट्वाईलेट भत्केर बनाउनको लागि तत्कालिन हेडमास्टरस नारायण कृष्ण श्रेष्ठज्यु संग भएको सम्झौता अनुसार कार्यन्वय नभएकोले व्यवसाय चलाउन नपाएकोले व्यवसायमा घाटा बेहोर्नु परेको छ त्यसैले उल्टो स्कुलले हामीलाई क्षतीपूती दिनु पर्ने हुन्छ भन्ने वहाँको भनाई रहेको छ ।


यसमा उठाईएको प्रश्नहरुको जवाफमा करिव करिव सवैको एउटै जस्तो उत्तर आएको कारणले गर्दा यसलाई सवै मिलेर समस्या पहिचान गरी समाधान तिर लानु पर्ने भीम उच्च माध्यमिक विद्यालयको अहिलेका आवश्यकता रहेको छ । मुलत यसमा दुईवटा समस्याहरु देखा परेको छ । जसमा एउटा लेखा तथा प्रशासन व्यवस्थापन भने अर्को आयमुलक भवनको बक्यौता सम्वन्धीको कुरो रहेको छ । यस कार्यको लागि स्कूलको लेखा प्रशासनदेखि लिएर व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, अभिभावक, बुद्धिजिवी, व्यवसायी लगाएत वडाध्यक्ष र स्यानिय निकायको सहयोग र सहमतीमा व्यवस्थापनलाई मजबुत गरी निकास निस्कने कुरामा दोलखावासी आशावादी रहेका छन्

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!