Search

दशैंकाे मुखमा तरकारीको मूल्य छोइनसक्नु आकाशियाे, गोलभेडा १००, प्याज १२० प्रतिकेजीमा कारोबार

दशैंकाे मुखमा तरकारीको मूल्य छोइनसक्नु आकाशियाे, गोलभेडा १००, प्याज १२० प्रतिकेजीमा कारोबार

३१ भाद्र, काठमाडौं । कोरोना भाइरसको कहरमा उपभोक्ता दैनिक उपभोग्य सामाग्री महङ्गो मूल्यमा खरिद गर्न वाध्य भइरहेका छन् । विशेषगरी तरकारीको मूल्य आकाशिएको छ । यस वर्ष तरकारीको मूल्य चुलिंदा शहरवासी सबैभन्दा समस्यामा परे ।

वैशाखयता तरकारीको मूल्य आकाशियो । मौसमी तरकारी सस्तो मूल्यमा पाइने आशा गरिएपनि त्यो भएन । यस वर्ष उपभोक्ताले हरेक तरकारी प्रतिकेजी ५० भन्दा माथि तिर्न वाध्य भए । अधिकांश तरकारी प्रतिकेजी एक सयका दरले खरिद गरे ।

उपभोक्ताले काठमाडौं उपत्यकामा लौका र स्कुस जस्ता सस्ता मानिएका तरकारी एक सय ३० प्रतिकेजी सम्म तिर्न वाध्य भए । केही समय तरकारीको मूल्य सस्तिएपनि आजबाट फेरि चुलिएको छ ।

आज सुकेको प्याज प्रतिकेजी १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको । जुन अघिल्लो रातको तुलनामा तेब्बर हो । हिजोसम्म प्रतिकेजी प्याज ४० रुपैयाँमा विक्री भइरहेको थियो ।

आलु प्रतिकेजी ८० रुपैयाँ पुगेको छ । काउली १००, मुला ५०, गोलभेडा १००, बन्दा ६५, काउली १००, घिउ सिमी १००, तने बोडी ८० रुपैयाँमा खुद्रा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरका िबजार व्यववस्थापन केन्द्रले जनाएको छ ।

बजारमा तरकारीको मूल्य चुलिएपनि कृषकहरु भने मारमै परेका छन् । उनीहरुले बजारको आधा मूल्य पनि पाएका छैनन् । बिचौलिया व्यापारी सबैभन्दा लाभमा छन् ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!