Search

दोलखाली चेली अनीता श्रेष्ठ र दोलखा

दोलखाली चेली अनीता श्रेष्ठ र दोलखा
डा. अनीता श्रेष्ठ

दोलखा जिल्ला, भीमेश्वर नगरपािलका वडा नं. २ थात व्याहार्छे टोलमा २०३४ साल फाल्गुण ०६ गते बुबा स्वर्गिय बाल कृष्ण श्रेष्ठ र आमा सुक लक्ष्मी श्रेष्ठको पहिलो सन्तानको रुपमा अनिता श्रेष्ठको जन्म भएको हो । उनी पाँच बर्ष हुँदा बुबाको मृृत्युपछि, आमा सुक लक्ष्मी श्रेष्ठ, मामाहरु, माइजूुहरु र फूपूको सहयोेगमा आफ्नो पढाई अगाडि बढाउँदै जानु भयो ।

२०५० सालमा तत्कालिन भीम माध्यमिक विद्यालय हालको भीम उच्च माध्यमीक विद्यालय दोलखाबाट एस.एल.सी.प्रथम श्रेणीमा उतीर्ण गरेपछि वन विज्ञान अध्ययन संस्थान पोखरामा आइ.एस.सी फरेष्ट्री अध्ययनको लागि नेपाल स्विस सामुदायिक वन परियोजनाको छात्रवृत्ति प्राप्त गर्नु भयो । आई.एस्सी. प्रथम श्रेणीमा पास गरेपछि नेपाल स्विस सामुदायिक वन परियोजनामा १४ वर्ष सेवा गर्नु भयो । सो अवधिमा दोलखा र रामेछाप सामुदायिक वनको व्यवस्थापन, उपभोक्ता समूह र महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्नु भएको थियो । यस अवधिमा उहाँले फिल्डमा कामगर्दै स्तानकतह र स्नातकोत्तर तहको अध्ययन समाज शास्त्र विषयमा पूरा गर्नु भयो । आफ्नो काम प्रतिको इमान्दारिता र अध्ययनशीलता प्रतिको लगनशीलता साथै दृढ इच्छा शक्तिका कारण उहाँले २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट जलवायु परिवर्तनको समाजशास्त्रिय दृष्टिकोण विषयमा विद्यावारिधी गर्नु भयो । लगातारको सफलता र अध्ययन प्रतिको रुचीका कारण ग्रिफिथ विश्वविद्यालय अष्ट्रेलियबाट छात्रवृत्ति पाएर काठमाण्डौ फरेष्ट्री कलेजसँगको सहकार्यमा हाल रेडपाण्डा संरक्षणको सुशासन विषयमा पोष्ट विद्यावारिधि गर्दै हुनु हुन्छ ।

अनीता श्रेष्ठ र साथमा वहाँको श्रीमान् श्यामकृष्ण श्रेष्ठ

उहाँको बाल्यकालदेखि नै कथा कविता नाटक लेखनमा रुची रहेको थियो । त्यसैलाई निरन्तरता दिदै उहाँले साहित्य मध्ये कथा र ग्रामिण विकास सम्बन्धि थुप्रै लेख रचनाहरु विभिन्न पत्रपत्रिकाहरु र जर्नलमा प्रकाशित गरिसकेका छन् । थुप्रै रचनाका पाण्डुलिपीका रुपमा अप्रकाशित छन् । गाउँवस्तीमा घटेका घटनाहरु, सामाजिक आर्थिक परिवेश र वन, वातावरण र जलवायु विषयमा उहाँले कलम चलाउनु भएको छ । विशेष गरी जलवायु परिवर्तनलाई समाजसँग जोडेर अनुसन्धान गरिराख्नु भएको उहाँले जलवायु परिवर्तनले नेपाली समाजमा पारेको प्रभावलाई समाज शास्त्रीय दृष्टिकोण पस्कन सफल हुनु भएको छ । उहाँले जलवायु परिवर्तन र समाज, सामुदायिकवन, निजीवन, महिला नेतृत्व, आदिवासी जनजातिको परम्परागत ज्ञान, नेवारहरु काठमाण्डौवाट कसरी विस्थापित भए भन्ने विषयमा अनुसन्धानात्मक लेख प्रकाशित गरेका छन् ।

आफनो प्रगति गर्नको लागि आफै मेहनत गरेर लाग्ने, पढाईलाई अगाडि वढाउन निरन्तरता, संघर्ष र पहिलो प्राथमिकता दिने र पुस्तकलाई साथी ठान्ने बानीले विषम परिस्थितका बाबजुद पनि अध्ययनमा सफलता मिलेको उहाँले बताउनु भयो । तल्ला कक्षाहरुमा खासै पढ्न मन मन गर्ने उहाले पछि विभिन्न गुरुहरु र असल व्यक्तित्वहरुको प्रेरणा र सहयोगको कारण अध्ययनमा निरन्तरता दिदै सफलता हासिल गरेको स्वीकार गर्नु हुन्छ । समाजमा हरेक व्यक्तिको सबल र कमजोर पक्ष हुन्छ तर उनीहरुबाट सकारात्मक र राम्रा कुरा ग्रहण गर्नु नै जीवनको सार्थकता मान्नु हुन्छ । अध्यात्ममा विशेष अभिरुची भएकोले सवैलाई मायागर्ने र कसैको चित्त नदुखाउने उहाँको स्वभाव नै हो । कुनै पनि काममा सुरुमा असफल हुने भन्ने डरको साथ साथै सवैबाट आलोचना खेप्नुपर्ने र पछि सफल भएपछि भने सवैको साथपाउने अनुभव पनि उहाँ सँग छ ।

अनीता श्रेष्ठ र साथमा वहाँको श्रीमान् श्यामकृष्ण श्रेष्ठ

उहाँ विभिन्न संघ–सस्थामा कार्यसमितिमा रहेर पनिवन, वातावरण, महिला उत्थानको लागि काम गरि राख्नु भएकोे छ । त्यस्तै उहाँ वल्र्ड प्लस पत्रिकाको एमवेसडर पनि हुनुहुन्छ र त्यसवाट यो वर्षको रनर अप पुरस्कार पनि पाउनु भएको थियो । महिलाहरु आफू सक्षम भए मात्र महिला र पुरुषवीचको भेदभावको अन्त्यहुने उहाँको विश्वास छ । देशमै बसेर समाजको हितमा योगदानगर्नु पर्ने उहाँको दृढ विश्वास छ । श्रीमान श्याम कृष्ण श्रेष्ठको प्रेरणा र निरन्तर सहयोगले नै अध्ययनलाई निरन्तरता दिन सकेको उहाँ बताउनु हुन्छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment