२९ भाद्र, बाँपीझ्याला/ एजेन्सी । अमेरीका र चीनबीच बढ्दो तनावका बीच अमेरीकाले चीनको अन्तरीक्ष सेना र शक्तिप्रति विश्वलाई सचेत गराएको छ ।
अमेरीकाको काँग्रेसमा हालै संकलन गरिएको दुई सय पृष्ट लामो प्रतिवेदनमा चीनको रोबोर्टदेखि सेटेलाईट जामर सम्मको चर्चा गरिएको छ ।
प्रतिवेदनका अनुसार चीनले अब कुनै पनि शत्रु राष्ट्रमाथि अन्तरीक्षबाट हमला गर्न सक्ने क्षमताको विकास गरेको छ । यसै गरी नौसेना पनि विश्वकै बिशाल बनाएको छ ।
उसले शत्रु राष्ट्रको स्याटेलाईट जाम गर्न सक्छ, रोबोर्ट प्रयोग गरेर हमला गर्न सक्नेछ, किलर मिसाईल प्रयोग गर्ने छ र दुष्मनको संचार प्रणाली ध्वस्त पारेर अन्धो र बहिरो बनाउन चाहेको छ, प्रतिवेदनमा भनिएको छ ।
अमेरीकी सरकारको यस प्रतिवेदन अनुसार चीनको जनमुक्ति सेनाले प्रविधिको अत्याधिक विकास गरीरहेको छ । जसमा दुष्मनले आफूमाथि हमला गर्न नसक्ने र सञ्चार गर्न नसक्ने उसको चाहना रहेको प्रतिवेदनमा औल्याईएको छ ।
यसका लागि जनमुक्ति सेनाले काईनेटिक किल मिसाईल, ग्राउण्ड बेस्ड लेजर मिसाईल र अन्तरीक्ष रोबोर्टस् तयार पारेको छ जसले दुष्मनको स्याटेलाईटलाई खसालि दिन सक्छ या निगरानी गर्न सक्छ, प्रतिवेदनमा भनिएको छ ।
यो स्पेस र साईबर एवं ईलेक्ट्रोनिक वारफेयरको तयारी पनि जनमुक्ति सेनाले गरीरहेको छ । सन् २०१८ सम्ममा मात्रै चीनले जासुसीका लागि एक सय २० वटा स्याटेलाईट अन्तरीक्षमा पठाएको छ । जस मध्य आधा जनमुक्ति सेनाको रहेको छ ।
अन्तरीक्ष कार्यक्रमका लागि मात्रै चीनले सन् २०१९/ २० मा ११ अर्ब अमेरीकी डलर भन्दा बढी खर्च गरेको छ ।
यस्तै आफ्नै अत्याधुनिक लडाकु स्टेल्थ फाईटर जेटको विकास, युद्धपोत, युद्धपोत किलर मिसाईल, ड्रोन , परमाणु हतियार पनि चीनले उल्लेख्य मात्रामा विकास गरीसकेको छ ।