२८ भदाै, बाँपीझ्याला, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो ।
सरकारले कोरोना संक्रमणका लागि अब दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गरिने भएको छ ।
अब देशभरका सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
उनले भने, “रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो ।”
यसअघि पीसीआर परीक्षण शुल्क पाँच हजार ५०० तोकिएको थियो । पछि सरकारले ४ हजार ४०० तोकेको थियो ।
Comments