Search

लेडि डन – रन्जीता के.सी.

लेडि डन – रन्जीता के.सी.

दोलखा जिल्ला जिरी नगरपालीका जिरीमा बुबा कृष्ण के.सी. र आमा निता के.सि.को कोखबाट वि.सं. २०५८ साल असोज ११ गते जन्मनु भएकी रन्जीता के.सी हुनु हुन्छ । जिरी नगरपालीका लगायत दोलखा जिल्लामा लेडी डनको नामले ख्याती कमाउन सफल हुनु भएकी के.सी. हाल जिरी टेक्नीकल स्कूल जिरीमा सिभिल ईन्जीनियरिङ विषयमा Diploma पढ्दै हुनु हुन्छ ।


मिलनसार र लजालु स्वभाव भएकी के.सी को उचाई ५ फिट ६ ईन्च रहेको छ । नाच्नमा अति शोख भएको बताउँदै आफुलाई अभिनय क्षेत्रमा काम गर्न मन लागेको र कतैबाट अवसर प्राप्त भएमा सदुपयोग गर्ने विचार रहेको बताउनु हुन्छ । अभिनय बाहेक खेलकुद भलिबल, ब्याटमिन्टन र फुटबल खेलमा रुची रहेको बताउनु हुन्छ ।


यसै गरी नाच्नु खेल्नुमा जती रुची छ उत्तिकै पढ्नमा पनि आफ्नो रुची भएको कारणले आज सिभिल ईन्जीनियरिङ विषयमा आफुले Diploma सम्म अध्ययन गर्दै गरेको बताउनु हुन्छ ।


कोविड –१९ को संक्रमणको कारणले नेपालीहरुको ठुलो चाड मध्येको एक चाड तिज यसपाली नेपाली दिदी बहिनीहरुले दिल खोलेर मनाउन नपाएकोमा दुखेसो व्यक्त गर्नु हुन्छ । तर आफु जिरीमा भएको कारणल धेरै थौरै भएपनी साथीहरु संग मिलेर मनाएको अभिव्यक्त हामीलाई दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!