बाँपीझ्याला, काठमाण्डौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।
उनले हिजो भएको खेलमा २ गोल गर्दै काीर्तिमानी संगै पोर्चुगललाई नेसन्स लिग फुटबलमा जिताएका छन । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विडेनलाई २–० ले हराएको हो ।
पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले गोल भएको थियो । खेलको ७२ औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरेका हुन ।
राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । उनले सन् १९९३ देखि २००६ सम्म १ सय ९ अन्तराष्ट्रिय गोल गरेका छन् ।
उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् । रोनाल्डोको पछाडि रहेका भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लिओनल मेसीले ७० गोल गरेका छन् ।