Search

नाककाे बनावटबारे राेचक जानकारी

नाककाे बनावटबारे राेचक जानकारी

बाँपीझ्याला, काठमाण्डाैं । राम्राे नाक अनुहारमा चटक्क मिलेकाे र राम्राे देखिन्छ रे तर कस्ताे नाकलाई राम्राे वा नराम्राे भन्ने सबैलाई जानकारी नहुन सक्छ ।

समाजमा नराम्राे नाकलाई चुच्चाे, थेप्चाे, ठुलाे र टेडाे आदी रुपमा सम्बाेधन गरिन्छ । राम्राे नाक भन्नुपर्दा चटक्क परेकाे अथवा सलक्क मिलेकाे लाई मानिन्छ ।

वास्तवमा भन्ने हाे भने राम्राे नाक त्याे हाे जुन अनुहारकाे अन्य अंगहरु संग ‍समानुपातिक रुपले मिल्दाे जुल्दाे हुन्छ एवं स्वस्थ हुन्छ । यहाँ के लाई समानुपातिक भन्ने प्रश्न उठ्न सक्छ । त्यसैले अनुहारलाई ४ भागमा बाँड्ने हाे भने नाककाे चाैडाईले १ भाग ओगट्नुपर्दछ ।

त्यस्तै नाक कति उठेकाे छ हेर्नकाे लागि नाक र ओठले आपसमा बनाएकाे काेण नापेर पत्ता लगाउन सकिन्छ ।

याे काेण ९० डिग्रि देखी ११० डिग्री सम्म हुनुपर्दछ । त्यस भन्दा बढि वा घट्टि भएमा नमिलेकाे वा नराम्राे देखिन्छ ।

त्यसैगरी नाककाे लम्बाईकाे कुरा गर्दा अनुहारलाई चित्रमा देखाएजस्ताे ३ भाग लगाउँदा नाकले निधारसँग बनाउने काेणदेखि नाक्काे टुप्पाे सम्मकाे लम्बाई १ भाग ओगटेकाेलाई ठिक्क वा राम्राे मानिन्छ ।

हुनत नाककाे आकार-प्रकारलाई जातिय प्रभाब पनि परेकाे पाईन्छ । आ-आफ्नाे जातजाति र धर्म संष्कृति अनुसार नाककाे आकारलाई राम्राे-नराम्राे मानिन्छ तर कुनैपनि समाजमा बाङ्गाे नाकलाई राम्राे मानिदैन । नाककाे श्वास फेर्ने प्वाल काे गाेलाई वा अनुहार दुरुस्त नभएमा नाक बाङ्गाे हुन्छ भन्ने बुझिन्छ ।

बाङ्गाे र अत्ति उठेकाे नाकलाई शल्यकृया गरी मिलाउन सकिन्छ भने याे पद्धतिलाई Rhinoplasty भनिन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!