Search

पछिल्लो २४ घण्टामा २२ सय ८७ डिस्चार्ज, कोरोना जित्नेको संख्या बढ्दै

पछिल्लो २४ घण्टामा २२ सय ८७ डिस्चार्ज, कोरोना जित्नेको संख्या बढ्दै

२३ भदौ, बाँपीझ्याला, काठमाण्डौं । । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् । ९०२ जनामा संक्रमण पुष्टि हुँदा २२ सय बढी डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!