Search

भिमेश्वर २ का युवाहरु लागे कोभिड १९ रोकथाममा

भिमेश्वर २ का युवाहरु लागे कोभिड १९ रोकथाममा

अजय प्रधान
(बांपीझ्याला , दाेलखा) अभयपुर टोल विकास समितिको आयोजना र भिमेश्वर नगरपालिका दोलखाको सहकार्यमा आयोजित कोभिड १९ रोकथाममा युवाहरु द्वारा सन्चालित जनचेतना तथा सरसफाई उद्घाटन समारोहको प्रमुख अतिथि भिमेश्वर नगरपालिका दोलखाका नगर प्रमुख भरत केसिज्युले उद्घाटन गर्नु भयो । भिमेश्वर न पा २ दोलखाका स्थानिय वासि,युवा समुह र भिम मावि विधालय दोलखाको सुजता मास्केको नेतृत्वमा आएका स्काउट समुहले पाखलतिमा रहेको बसपार्क सरसफाई तथा चेतना मुलक प्लेकार्ड व्यानर सहित शुभारम्भ गरियो ।

कार्यक्रमको उद्घाटन समारोहमा पाल्नु हुने महानुभावहरुलाई अन्जना सुवेदिज्युले स्वागत मन्तव्य दिई स्वागत गर्नु भयो । PHC चरिकोटका मेडिकल अफिसर डा. रिया लामिछानेज्युले कोभिड १९ को वारेमा जानकारि दिनु भयो । धुलिखेल अस्पतालका डा. प्रतिक्षा प्रधानज्युले माक्स र पन्जा लगाउने विधि सिकाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि भिमेश्वर नगरपालिका दोलखाका मेयर भरत केसिज्युले समारोहलाई सम्बोधन गर्दै कोभिड १९ले विश्व नै अातंकित भएको बेला हाम्रो नगर पनि अछुतो रहेन यस बाट बच्ने मुल उपाय नै सरसफाई र जनचेतना भएको हुदा यो कार्यक्रम अति उपयोगि भएको बताउनु भयो ।

कार्यक्रमका सभापति एवं अभयपुर टोल विकास तथा सरसफाई समितिका अध्यक्ष अजय प्रधानज्युले कोभिड १९ ले तर्सेर घर भित्र थन्केर बसेका युवाहरुलाई यो कार्यक्रमले थप उर्जा र हौसला मिलेको बताउनु भयो । कार्यक्रम उद्घाटन लगतै पाखलति बसपार्क देखि पाखलति परिसर प्रमुख अतिथि नगर प्रमुख भरत केसि, विशिष्ट अतिथि भिमेश्वर नगरपालिकाका कार्यकारणि अधिकृत मान बहादुर खड्काज्यु लगाएत उपस्थित सबै सहभागिहरुले सरसफाई सहित टोल परिक्रमा गरि समापन गरियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!