Search

विषम कोषको स्थापना

विषम कोषको स्थापना

बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ तिखातल स्थित टाईगर टिम तिखातल, टाईगर टिम खानेपानी, तिखातल टोल विकास समिती, तिखातल सामूदायिक वन उपभोक्ता समिती, छहरादेवी आमा समुह, अविरल कृषि आई पि.एम, तिखातल खबर चौतारी, तिखातल प्रा.वि. र तिखातल परोपकार समिती लगायत ९ वटा संघ–संस्थाहरुको सक्रियता तथा स्थानिय वासिन्दाहरुको सहभागीता र सहयोगमा बर्तमान कोरोनाको संक्रमण लगायत अन्य मानव जातीमा आउने बिभिन्न परिस्थिती र प्रकोप तथा आकष्मीक उपचारको सिलसिलामा अस्पताल लैजान लगायत अन्य खर्चको लागि स्थानिय वासिन्दाहरुको सहयोगको लागि विशेष ध्यानमा राखी “विषम कोष” को खडा गरिएको छ ।


यसै सिलसिलमा तिखातल र उपत्यका लगायत देश भित्र र बाहिर रहनु भएका स्थानिय वासिन्दाहरु, संघ–संस्थाहरु र शुभचिन्तकहरुबाट प्राप्त सहयोग रकम रु. ५० हजार १ शय र वडाध्यक्ष विराजमान श्रेष्ठबाट प्राप्त सहयोग रकम रु. २ हजार समेत गरी जम्मा प्राप्त सहयोग रकम रु. ५२ हजार १ शय आज तिखातलवासीहरु र संघ–संस्थाका प्रतिनिधहरुको भी.न.पा. वडा नं. २ तिखातलमा वडा बजेट विकासको उपभोक्ता समिति गठन गरिएको सम्पन्न भेलामा टाइगर टिम तिखातलका अध्यक्ष कुमार श्रेष्ठलाई वडाध्यक्ष विराजमान श्रेष्ठले हस्तातरण गर्नु भएको छ ।


यस विषम कोषले अहिलेको कोेरोना संक्रमीत तथा अन्य आकष्मिक उपचारको लागि समुह समूदायको सदस्यहरुलाई सहयोग पुग्ने कुरामा आफु विश्वस्त रहेको र यसलाई अझ सहयोगी हातहरुको सहयोग र स्थानियवासीदाहरुको सक्रियतामा कोषलाई बढाएर अगाडी जाने उद्देश्य रहेको टाईगर टिम तिखातलका संस्थापक अध्यक्ष राजु कुमार प्रधान (श्रेष्ठ) ले हामीलाई बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment