Search

हार्दिक श्रद्धाञ्जली …..

हार्दिक श्रद्धाञ्जली …..

===== हार्दिक श्रद्धाञ्जली =====

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. –२ डोक्छेमा वि.सं. २००५ सालमा बुबा स्वर्गिय टेक बहादुर श्रेष्ठ र आमा सेतीलक्ष्मी श्रेष्ठको कोखबाट जन्मनु भएका साईला सुपुत्र सुर्य कृष्ण श्रेष्ठ हुुनु हुन्छ ।
जन्म थलो भी.न.पा. वडा नं. २ डोक्छे भएपनी पछिल्लो नयाँ घर पाखलती भै हाल महाराजगञ्ज निवासी बर्ष ७१ को सुर्य कृष्ण श्रेष्ठको २०७७ भाद्र १९ गते विहान आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । वहाँको निधनले स्तब्ध भएका छौं ।

स्वर्गिय सुर्यकृष्ण श्रेष्ठ, भी.न.पा. वडा नं. –२, दोलखा


स्वर्गिय टेक बहादुर श्रेष्ठ, स्वर्गीय ड्वाकुमई श्रेष्ठ र स्वर्गीय सेतीलक्ष्मी श्रेष्ठको कोखबाट जन्मनु भएका सन्तानहरु छोरीहरुमा जेठी स्वर्गीय हेमकृष्ण कुमारी प्रधान, माईली स्वर्गिय मैया लक्ष्मी श्रेष्ठ, साईली ठुलकान्छी प्रधान र कान्छी स्वर्गिय सानुलक्ष्मी श्रेष्ठ हुन । यसै गरी छोराहरुमा जेठा स्वर्गिय हरिभक्त श्रेष्ठ, माईला स्वर्गिय चरित्र कृष्ण श्रेष्ठ, साईला स्वर्गिय सुर्यकृष्ण श्रेष्ठ र कान्छा स्वर्गिय उपासक श्रेष्ठ हुन ।


स्वर्गिय टेकबहादुर श्रेष्ठ र स्वर्गीय ड्वाकुमई श्रेष्ठ तथा स्वर्गिय सेतीलक्ष्मी श्रेष्ठको पछिल्लो छोरा छोरीको पुस्तामा साईली छोरी बर्ष ८५ की ठुलकान्छी प्रधान भी.न.पा. –२, गुर्कोेटमा हुुनु हुन्छ ।


यस दुःखद घडीमा स्वर्गिय आत्माको चिरशान्तीको कामना सहित हार्दीक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!