Search

रातो मच्छिन्द्रनाथको रथ तान्न बिहानदेखि निषेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला

रातो मच्छिन्द्रनाथको रथ तान्न बिहानदेखि निषेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला
रातो मच्छिन्द्रनाथको मुर्ति

बाँपीझ्याला, पुल्चोक । आज रातो मच्छिन्द्रनाथको रथ तान्न बिहानदेखि निषेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला भएको स्थानिय वासिन्दाहरुको भीडलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको छ ।
कोरोना महामारीको जोखिमबीच सयौं संख्यामा आएका स्थानीय वासिन्दाहरु र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास हानेको हो । यसको जवाफमा रथ तान्न आएकाहरूले प्रहरीमाथि ढुंगा हानेका थिए । यसपछी स्थानिय वासिन्दाहरु र प्रहरीहरु दुवै तर्फ घाईते भएको थाहा हुन आएको छ । यसै गरी झडप क्रममा एउटा मोटरसाइकलमा आगो लागेको थियो, जसलाई प्रहरीले पानीको फोहोरा छ्यापेर निभाएका छन् ।


प्रहरी र रथ तान्नेहरूबीच भएको झडप क्रममा केही बेर पुल्चोक तनावपूर्ण भएको थियो । अहिले पुल्चोक सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ छ । उनीहरूले मूल सडकबाट भीड पन्छाएर रथलाई घेरेर राखेका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईका अनुसार सुरूमा सम्झाइ बुझाइ गरेर हटाउन खोज्दा पनि नमानेपछि बल प्रयोग गर्नु परेको भन्ने भनाई रहको छ ।
अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ । हामीले बुझाउन खोजेका थियौं, नमानेपछि आवश्यक बल प्रयोग गरेका भन्ने थाहा हुन आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी त्यहाँ खटिएका छन् । स्थिति नियन्त्रणमा छ । अहिलेसम्म कोही पक्राउ परेका छैनन् । लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथयात्रालाई केही स्थानीय र गुठियारहरूले निषेधाज्ञाकै बीच चलाउन खोजेका थिए । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनका कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमति लग्नुपर्छ ।

गुठी संस्थानले रथ तान्ने व्यवस्था नगराइदिएको र समय घर्कंदै गएकाले जनता आएर तान्न सुरू गरेका हुन्,’ रथ निर्माणका नाइके दिलकुमार बहारी भनाई रहेको छ । आक्रोशित भीडले यो प्रहरी कारबाहीलाई स्थानीय जात्रापर्वमाथि सरकारी दमनका रूपमा लिएको छ । उनीहरू यो जात्रासँग आफूहरूको भावनात्मक सम्बन्ध जोडिएको बताउँछन् । सदियौंदेखि चल्दै आएको परम्परा निर्वाह गर्न कसैले नबोलाए पनि स्वतस्फुर्त रथ तान्न आएको एक सहभागीको भनाई रहेको छ । कतिपयले भने कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढिरहेका बेला यति ठूलो संख्यामा मान्छे भेला हुनुले संक्रमण फैलिने जोखिम बढ्ने बताएका छन् । यही जोखिम हेरेर यस वर्ष काठमाडौंको इन्द्रजात्रा र भक्तपुरको बिस्केट, जिव्रो छेड्ने जात्रा पनि रोकिएको थियो । देशभरमा काठमाडौं उपत्यका कोरोनाको ’हटस्पट’ बनेको छ । सबभन्दा बढी नयाँ संक्रमित यहीँ देखिने गरेका छन् । यसबीच रथ तान्न र हेर्न आएको भीडमध्ये कतिपयले मास्क लगाएका थिए भने मास्क नलगाउने पनि थुप्रै थिए । मास्क नलगाई भीडभाड गर्दा कोरोना महामारी अझ फैलिने डर हुन्छ ।

निषेधाज्ञा तोड्दै रथ तान्दै

यसको समाधानका निम्ति स्थानीय सरकार र प्रहरी प्रशासनले जात्रा व्यवस्थापन समितिसँग बसेर छलफल गर्नुपर्ने स्थानीयको भनाइ छ । सबैको सुरक्षाको ख्याल राख्दै कर्फ्यू लगाएर भए पनि रथयात्रा सम्पन्न गर्नुपर्ने राय केही स्थानीयले दिएका छन् । यसबारे ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनज्युको भनाई अनुसार ठूलो भीड जम्मा भएर रथ तान्दा कोरोना नियन्त्रणमा चुनौती थपिने बताएका छन् । यसरी महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका बेला भीड जम्मा हुँदा समस्या पर्ने उनले बताए । यसबारे अब के गर्ने भन्ने निर्णय ज्यापु समाजले गर्ने वहाँको भनाइ रहेको छ ।

महानगरको काम लजिस्टिक सपोर्ट गर्ने हो । रथ कहिले तान्ने वा नतान्ने भन्ने निर्णय गर्ने अधिकार महानगरलाई छैन । त्यसैले ज्यापु समाजको आकस्मिक बैठक बस्दैछ । त्यसले गरेको निर्णयलाई महानगरले समर्थन गर्नेछ भन्नु भयो । यसरी मच्छिन्द्रनाथको रथ तान्ने कामको जिम्मेवार र संगठित संस्था गुठी संस्थान र ज्यापु समाज रहेको भनाई पनी व्यक्त गर्नु भयो । सम्पदाप्रेमीहरूको पहलमा रथ तान्ने काम भएको भन्दै उनले यस्तो अवस्थामा के गर्ने भन्ने निर्णय ज्यापु समाजले गर्ने बताए । सम्पदा प्रेमीहरूको उद्देश्य राम्रो होला । तर यस्तो बेला होसियारी अपनाइएन भने ठूलो जोखिम मोल्नुपर्छ भन्ने भनाई राख्नु हुर्दै ’परम्पराको निरन्तरता होस् भन्ने हाम्रो पनि चाहना हो । तर आजको घटनाले हामीलाई थप चुनौती बनाएको छ भन्नु भयो ।

भिडलाई तितर भितर पार्न प्रहरीद्वारा अस्रु ग्यास प्रहार


२०७७ असार १० गतेबाट रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरू भएको थियो । मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ । गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन । लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो । यसै गरी पछिल्लोपटक भदौ १ गतेबाट तानिने भनिए पनि गुठी संस्थानको आदेशका कारण रोकिएको थियो । यही असोज २ देखि मलमास लाग्छ त्यसैले त्यो समयमा रथ तान्न मिल्दैन । दसैंसम्म मच्छिन्द्रनाथलाई बुंगमती पुर्याउनुपर्ने भएकाले हामीले निश्चित मान्छे राखेर भए पनि रथ तान्नैपर्छ भन्ने भनाई बाराहीको रहेको छ ।

यसरी सांस्कृतीक मान्यता र मुल्य अनुसार मच्छिन्द्रनाथको रथजात्रालाई सम्वन्धीत ठाउँमा तोकिएको समय भित्र पु¥याउनको लागि निषेधाज्ञाको कारणले पुग्न नसक्ने देखेपछी सरकार संग सम्वन्धीत गुठीयार र स्थानिय वासिन्दाहरुले यस बारेमा बारम्बार अनुरोध गर्दा पनी सरकारको ध्यान नपुगेको कारणले यस घटना घट्न थप बल पुगेको भन्ने भनाई रहेको छ । नेपालको पहिचान दिर्दै आएको नेवाः जातीको संस्कृती परम्परा र सम्पदाहरुलाई यसरी हेलचक्र्याई गर्न थाल्यो र चाडपर्व, जात्रामात्रा संचालनमा बेलामै बिचार पु¥यान भने नेवाः जातीको साथ साथै नेपालको पहिचान हराउने कुरामा कसैको बिमती नहोला । तसर्थ यसको संरक्षण र निरन्तरताको लागि सम्वन्धीत सरकारी पक्षको ध्यानकार्षणको लागि नेवाः हरुको छाता संगठन नेवाः दे दवु, नेवाः पत्रकार राष्ट्रिय दवु, नेवाः राष्ट्रिय मुक्ती मोर्चा जिल्ला शाखा ललितपुर, बुगद्यः जात्रा व्यवस्थापन समिती, नेपाल आदीवासी जनजाती महासंघ सहित स्थानिय बिभिन्न गुठी र स्थानिय वासिन्दा आवद्ध भएको २० वटा खल पुचः ले संयुक्त रुपमा कोरोनाको कारणले अस्तव्यस्त जनजिवनलाई सहयोग पुग्ने गरी र नेपालको संस्कृतीको रक्षा र निरन्तरताको लागि सहयोग गरी व्यवस्थापन गर्न सरकार संग माग गरी विज्ञप्ती निकालिएको छ ।
यसै गरी उपत्यका फोरमले उपत्यकावासी जनतालाई महामारी कोरोनाबाट बचाउन निषेधाज्ञाको पालन गराउन सरकार संग माग गरेको छ । यता जिल्ला प्रशासन कार्यालय ललितपुरले भाद्र १९ गते विहान ४ बजे देखि राती १० बजेको सम्म स्थानिय जनताको सुरक्षाको लागि कफ्र्युको आदेश जारी गरी सूचना प्रकाशित गरिएको छ ।

तर स्वास्थ्य संग सम्वन्धीत लकडाउन अर्थात निषेधाज्ञा जारी भएको कारणले गर्दा अरु बेलाको जस्तो जर्वजस्ती हामी कसैले नगर्दा राम्रो हुने भएकोले यसमा हामी सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ भन्ने जन गुनासो रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!