Search

दोलखाली पत्रकार क्षेत्रका अग्रज स्वर्गिय देवदास श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन

दोलखाली पत्रकार क्षेत्रका अग्रज स्वर्गिय देवदास श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन

भदौ १६ गते स्वर्गीय पत्रकार देवदास श्रेष्ठको स्मृति दिवस ।
नेपाल पत्रकार महासंघ दोलखाका संस्थापक मध्येका एक जना रहनु भएका स्वर्गीय पत्रकार देवदास श्रेष्ठले दोलखाको पत्रकारिता क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु¥याउनु भएको छ । जुन कुरालाई दोलखाको पत्रकारीताको ईतिहासमा कोसेढुंगा भएर रहेको पाउँछौं ।

वि.स. २०४६ साल पछि प्रजातन्त्रको उदयसँगै नेपालमा सञ्चार क्षेत्रको पनि विकासको युग सुरु भयो । त्यो बेला जिल्ला स्तरमा थोरै सञ्चारकर्मीहरु थिए । त्यतीबेलाका दोलखाको पत्रकारीतामा लाग्ने अग्रजहरुलाई हेर्ने हो भने स्वर्गिय देवदास श्रेष्ठ, भोजराज न्यौपाने, चिरञ्जीवी मास्के र राजेन्द्र मानन्धरको नाम अगाडी आउँछ यो यर्थाथलाई हामी कसैले विर्सनु हुदैन र मेट्ने प्रयास पनि गर्नु हुदैन । यहाँहरुकै मेहनत र प्रयासले गर्दा आज दोलखा जिल्लामा सयौका सयौ पत्रकारहरुको जन्म भएको छ ।

यसै गरी त्यती बेला जिल्लामा छिटफुट रुपमा साप्ताहिक पत्रिका प्रकाशन हुन्थे । पत्रकारिता गर्न अहिले जस्तो सजिलो र सुविधा थिएन । समाचार लेखेर हुलाकबाट पठाउनु पथ्र्यो वा फ्याक्स मार्फत, त्यो जटिलतासँग पौठेजोरी खेलेर पत्रकारिता गर्दा गर्दै हृदयघातका कारण समयमै उपचार सेवाको अभावमा वि.स. २०६३ साल भदौ १६ गते देवराज श्रेष्ठको निधन भयो ।

वहाँ प्रति १३ औं बार्षिक पुन्यतिथीको दुःखद घडीमा बाँपीझ्याला मिडिया, बाँपीझ्याला अनलाईन पत्रिका र दोलखा जिल्लाबाट प्रकाशन भईरहेको अनलाईन, दैनिक, साप्ताहीक, पाक्षीक, मासिक पत्रपत्रिका र एफ.एम. को तर्फबाट हार्दीक श्रद्धासुमन व्यक्त गर्दछौं ।

त्यो बेला जिल्लाको पत्रकारिता क्षेत्रलाई एक ढिका बनाउँदै पत्रकारितामा नयाँ पुस्ता भित्र्याउनेदेखी निष्पक्ष र निडर पत्रकारितामा रमाउने स्वर्गीय पत्रकार श्रेष्ठका गुण थिए । उहाँका पत्रकारिताबाट जिल्लाका मै हुँ भन्ने तत्कालिन शासकहरु थुरथुर हुन्थे । वहाँको कलमले कहिल्यौ पनि झुट र भ्रमको पत्रकारिता गरेन् वहाँको यो मुख्य विशेषता थियो । जे हो, जे भयो, त्यही लेख्ने खरो बानीका कारण जिल्लामा हुने अनियमिता र भ्रष्टाचार हुनबाट राज्यकोष जोगियो । ढिलासुस्ती कम भयो, सुशासन कायम हुन केही न केही योगदान पुग्यो ।

त्यो बेला र अहिलेको बेला तुलना गर्ने हो भने दोलखा जिल्लाको पत्रकारिताले निक्कै फड्को मारेको छ । जिल्लामा अहिले ७ वटा एफ.एम. रेडियो स्टेसन सञ्चालनमा छन् । एक दर्जन भन्दा बढी अनलाईन र दैनिक पत्रपत्रिका प्रकाशन भईरहेको छ । युवा जमात पत्रकारितामा रमाएको छन् । जिल्लाका पत्रकारिता पढाउने विद्यालय र क्याम्पसहरु स्थापना भएका छन् । यद्यपी देखिन्छ जिल्लामा पत्रकारिताको क्षेत्रमा देवदास श्रेष्ठले पछ्याएको पाइलाहरु अहिले मोडिएका हुन की ? निष्पक्ष र निडर पत्रकारितामा हराउन लागेको पो हो की ? जनपक्षिय पत्रकारिता मर्न लाग्यो की ? स्वतन्त्र र निष्पक्ष पत्रकारिता हराउन पो थाल्यो की ? यी आदी यस्ता प्रश्नहरु उठान हुन थालेको छ दोलखा जिल्लामा ।
हामीले साच्चै पेशागत धर्म निर्वाह गर्दै पत्रकारिता गर्ने हो भने देवदास श्रेष्ठको बाटोलाई पछ्याउनै पर्ने हुन्छ । स्वाभिमानका साथ पत्रकारिता गर्ने हो भने देववासशैली अपनाउनै पर्छ । सूचना प्रविधि विकासको यो चरममा युगमा चूनौती बनेको पत्रकारिता क्षेत्रलाई अझै निर्खान, तिर्खान आजको आवश्यक छ । त्यसैले पत्रकारिता जतिवेला राज्यको सच्चा चौथो अंङ्ग बन्ने त्यतिबेला हामीले देवदास पथ लाई पछ्याएका हुनै छौ । साथै वहाँको लगनसिलता, पत्रकारीता क्षेत्रको मेहनत र कार्यशैलीको सधै कदर गर्दे दोलखा जिल्लाबाट पत्रकारिता क्षेत्रमा लागेर अगाडी बढी रहेका हामी सम्पूर्ण पत्रकार मित्रहरुले स्वर्गीय श्रेष्ठको बाटो अवलम्वन गर्नेछौं भन्ने आशा सहित वहाँ प्रति फेरी एकचोटी हार्दीक भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!