विगु गाउँपालिका–८, थामी चागु, दोलखाकी कुमारी थामीलाई दार्जिलिङ्ग, भारतबाट आफ्नै गाउँमा फर्केर आएका ५ जनाव्यक्तिहरु कृषिकार्यमा व्यस्त रहेको देख्दा खुशी लागेको छ । रोजगारको लागि त्यता गएका ती व्यक्तिहरु विश्व माहामारीको रुपमा फैलिइरहेको कोभिड–१९ को प्रभावको कारण आफ्नै घर फर्केका हुन् । कुमारीलाई यस कुरामा पनि खुशी लागेको छ की त्यस स्थानमा यस बेला खाद्यान्न जाँड रक्सी वनाउनमा प्रयोग हुँदैन । यस्तो विपदको बेला भएको अन्न कुहाएर जाँड रक्सी बनाउन थालियो भने भोकमरी लाग्ने कुरामा थामी चागुबासी सचेत छन् । उनी भन्छीन, यसले गर्दा घरेलु हिंसा पनि कम भएको छ । कोभिड–१९ प्रभावको यो एउटा उदाहरण मात्रहो । दोलखा मात्र नभै नेपालको अधिकाँश स्थानहरुको अवस्था यस्तै रहेको कुरा विभिन्न सञ्चार माध्यमबाट समेत जानकारी भइरहेकै कुरा हो ।
सन् २०१९ डिसेम्बर १९ देखि चीनको उहानबाट फैलिन शुरु भै महामारीको रुपमा विश्वभर फैलिएको कोभिड—१९ ले विपदको बेला त आफ्नै मातृभूमी नै ठूलो हुने रहेछ भन्ने कुरा महशुष गराएको छ । कोभिड—१९ लाई नियन्त्रण र रोकथामगर्न अन्य देशमा जस्तै नेपालमा पनि सरकारले वन्दावन्दी (लकडाउन) को घोषणा गरेपछि जीवनयापनअसहजबन्नपुग्यो । खाद्य असुरक्षाको सम्भावना बढेर गयो । परिवारका सदस्यहरु विदेशबाट फर्केर आएपछि घरमा भएको सिमित खाद्यान्नले धान्न नसकिने अवस्था भयो र अन्न किनवेच हुन छोड्यो ।
नेपाल उद्योग बाणिज्य संघको तर्फबाट खाद्य सामाग्रीको केही महिनालाई पुग्ने मौज्दात रहेको जनाइएता पनि कोभिड १९ को प्रभावको अनिश्चितताले र खाद्यान्न आयातमा भर पर्नु पर्ने आवस्थाको कारण पर्याप्त खाद्यान्न आपूर्ति भइरहने कुराको पनि निश्चित छैन ।, यो अवस्थाबाट पार पाउने एउटै उत्तम उपाय कृषि कर्ममै लाग्नु हो भन्ने बुझेर नै बाँझो छोडिएको जमीनमा पुनः उत्पादन कार्यगर्ने काम भैरहेको छ ।
कृषि पेशालाई तल्लो दर्जाको रुपमा लिई आफ्नो कृषि उत्पादनमा प्रयोग गरिरहेको जमीनलाई बाझै बनाएर बढी पैसा कमाउने सपना बोकी विदेशिएका जनशक्तीलाई आफ्नै देशमा रहेर कृषि कार्यमा लाग्नु नै राम्रो रहेछ भन्ने पनिकोभिड–१९ ले सिकाएको छ । बाँझो रहेको खेती योग्यजमीनको करीब ७० प्रतिशत जमीन अबपुनः खेतीमा प्रयोग भएको देखिनुले पनि यस्को पुष्टी गर्दछ ।
खाद्य सुरक्षा वृद्दिमा सहयोग गर्न सरकारी क्षेत्रबाट कदमचालिएको छ । नेपाल सरकारले कृषि क्षेत्रमा कोरोना महामारीको कारण उत्पन्न भएको चुनौती र अवसरलाई सम्वोधन गर्न कृषिमा श्रम परिचालन, कृषिकार्यको व्यवसायिकरण, यान्त्रीकरण र आधुनिकिकरण गरि काम र रोजगारी सृजनागर्ने नीतलिएको छ । यसै अनुरुप स्थानीय तह नगरपालिका तथा गाउँ पालिकाहरुले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिइ बजेट विनियोजन गरेका छन् । तीन वटै तहको सरकारको यस कदममा सहयोग गर्न गैरसरकारी क्षेत्रबाट पनिकोभिड–१९लाई सम्बोधन गरी कृषि उत्पादनका गतिविधिहरु सञ्चालन भइरहेको छ ।
वातावरण मैत्री प्राँगारिक विधि जस्लाई अर्गानिक शब्दले बढी चिनाइएको छ, लाई जोड दिइ व्यवसायिक कृषि उत्पादन, बिशेष गरी तरकारी उत्पादनबाट कृषकहरुको आय वृद्दि गर्न सहयोग गर्नु पर्ने कुरामा स्थानीयतह नगर तथा गाउँपालिकाहरु र कृषि क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको साझा बुझाइ भएअनुरुप यस क्षेत्रमा सहकार्य पनि भइरहेको छ ।
टुकी सिविनबाट फोरुट नर्वेको आर्थिक प्राविधिक सहयोगमा दोलखाजिल्लाको कालिन्चोक गाउँपालिकाको ४ वटा वडाहरु र विगु गाउँपालिकाको ५ वटा वडाहरुमा सञ्चालित महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान परियोजना (ओसेलिप) लेकोभिड–१९ लाई सम्बोधन गरी परियोजना क्षेत्रका ५४६ जनाकृषकहरुलाई व्यवसायिक तरकारी उत्पादनबाट खाद्य सुरक्षामा योगदान पुर्याउन कृषि सामाग्री, माटो परिक्षण, उत्पादन प्रविधि र बजारीकरणमा सहयोग गरिरहेको छ । प्रति कृषक परिवारले सालाखाला २.५ रोपनी गरी कुल १,३६५ रोपनी (६८.२५ हेक्टर) जग्गामा ३ किसिमका तरकारी काउली, बन्दा र गोलभेंडा उत्पादन गर्दैछन् । प्रकृती, प्रविधि र बजारले पूर्ण रुपमा साथदिएमाकाउली ६५५ टन, वन्दा ८१९ टन र गोलभेंडा २७२ टन उत्पादनहुनेछ । यसबाट प्राप्तहुने अनुमानितकुल ४ करोड बराबर र प्रति कृषक परिवार सरदर ७३ हजार २ सय रुपैंया बराबरको आम्दानीले ती कृषकहरुको खाद्य सुरक्षामा योगदान पुग्नेछ ।
नेपाल सरकार र सँयुक्त राष्ट्र संघिय विश्वखाद्य संगठन (FAO) को सहकार्यमा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार परियोजना (फानसेप) ले कालिन्चोक र तामाकोशी गाउँपालिकाका ५,३०० भन्दा बढी कृषक परिवारलाई करेसाबारी तरकारी उत्पादनको लागि तरकारीको बीउ कम्पोजिट प्याकेज उपलब्ध गराइएको छ । धानको बीउ उत्पादनगर्न मूलबीउ २१४४ केजी उपलब्ध गराइएको छ । यसबाट तामाकोशी र कालिन्चोकका गरी करीब ८५८ रोपनी(४३ हेक्टर) जग्गामा धानको बीउ उत्पादनको कार्य भइरहेको छ । यस्तै गरी कोदोको बीउ उत्पादन पनि भइरहेको छ । यसै गरी यो परियोजनाबाट सिमी, बोडी, रामतोरिया, भण्टा, खुर्सानी, काँक्रोको व्यवसायिक उत्पादनमा सहयोग भइरहेको छ । यसै गरी अन्य संघ संस्थाहरुले पनि कृषि उत्पादनका कार्यमा सहयोग गरिरहेका छन ।
उल्लेखित प्रयासहरुले खाद्य सुरक्षामा केही मात्रामा योगदान गर्ने आशा लिइएको छ । तर, तीन वटै तहका सरकारहरुको प्रयास त उल्लेखनियहुनै पर्छ ।
कोभिड–१९ महामारीको नियन्त्रण र रोकथामको लागि सरकारले २०७६ चैत्र ११ गतेदेखि वन्दावन्दी (लकडाउन) लागु गरिरहेको छ । यो अप्ठेरो परिस्थिती विचमापनि कृषि उत्पादनका कार्यलाई रोक लगाएको छैन । २०७७ असार १ गतेदेखि वन्दावन्दीलाई केही खुकुलो पारिएता पनि सामान्य अवस्थामा जस्तो सजिलो पनि छैन ।
कोभिड–१९ महामारीको समयावधि निश्चित नभएको परिवेशमा नेपाल सरकारको उल्लेखित कृषिनीतिलाई ३ वटै तहको सरकार, नीजी क्षेत्र, सहकारी, गैरसरकारी क्षेत्रहरु र व्यवसायिक कृषि उत्पादनमा सँलग्न उत्पादक कृषकहरुको समन्वय र सहकार्यले मात्रखाद्य सुरक्षाको सुनिश्चितताको लागि योगदानपुग्नेछ ।