Search

दोलखामा ईन्द्रजात्राको अवसरमा ईन्द्रध्वजारोहन – लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन

दोलखामा ईन्द्रजात्राको अवसरमा ईन्द्रध्वजारोहन – लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन
आकास भैरव (हाथ्व)

१४ भाद्र २०७७, बाँपीझ्याला, दोलखा । ऐतिहासिक शहर दोलखामा ईन्द्रजात्राको अवसरमा लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन गरी जाँड (काता) खुवाउने जात्रा सम्पन्न भएको छ । दोलखा नेपाल भाषामा मेम्सी स्वारीउरी व ह्वाथो भोके काता तोन्केय नखत भन्ने गरिन्छ ।

यसरी लिङ्ग भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा माथिल्लो टोल, कोर्छे टोल र दुङ्गलटोल अर्थात त्रिपुरा सुन्दरीको मन्दिर अगाडी गाड्ने प्रचलन रहेको भएपनी यसपाली कोरोनाको संक्रमणको कारणले गर्दा माथिल्लो टोलमा मात्र लिङ्गो ठ¥याउने कार्य सम्पन्न भएको भनाई वडाध्यक्ष विराजमान श्रेष्ठको रहेको छ ।


यसरी कोरोनाको सक्रमणको कारणले हाल दोलखा लकडाउन भएतापनी विधि चलाएर ईन्द्रजात्राको अवसरमा लिङ्गो गाड्ने र आकाश भैरव अर्थात हाथ्व प्रर्दशन गरी जाँड अर्थात काता खुवाई आकाश भैरव (हाथ्व) को प्रसाद समैवजी र काता उपस्थित स्थानिय वासिन्दाहरुलाई सगुन सहित वितरण गरिएको थाहा हुन आएको छ ।

आकाश भैरव कोत विहार्छे खलक बाट यसपाली समाजसेवी गोपाल प्रधान र भरत प्रधानज्यूहरुको पालो रहेको थाहा हुन आएको छ ।


दोलखाको नेवारी भाषामा खुदेउ डाईरी प्रचलन रहेको कार्य पनि स्थानिय वासिन्दा र गुठीयारहरुको उपस्थितीमा सम्पन्न गरिएको भीमेश्वर नगरपालीका वडा नं.–२ का वडाध्यक्ष विराजमान श्रेष्ठज्युले जानकारी दिनु भयो । यसै गरी ईन्द्रजात्रा मनाउने प्रचलन उपत्यकामा पनि रहेको छ ।

लिङ्गो (मेम्सी)


भीनपा –२ का वडाध्यक्ष विराजमान श्रेष्ठ, गुठीयारको तर्फबाट समाजसेवी गोपाल प्रधान, भरत प्रधान सहित स्थानिय वासिन्दाहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!