लकडाउनका फुर्सदिलो समयमा कसरी समयको सदुपयोग गर्ने चिन्ता सबैलाई हुने गदर्छ । त्यसमा पनि संक्रमित मानिसहरु बढ्दो क्रमले पनि जनमानसमा डर पैदा हुने गरेको छ ।
यस्तो प्रतिकुल समयमा नचाहेरै तनावनिम्तिने गर्छ । यस्तो तनाव नियन्त्रण तथा व्यवस्थापन कसरी गर्ने भन्ने धेरैलाई चिन्ता छ । तनाव कम गर्ने विभिन्न माध्यममध्ये ध्यान अत्यन्त लाभदायक छ । ध्यानले तनाव विसर्जन मात्र होइन, शारीरिक, मानसिक एवं भावनात्मक रूपमा स्वस्थ बनाउँछ । आज भोलि ध्यान गर्नु पर्छ भन्ने धेरैलाई थाहा छ । कतिले त ध्यानको बारेमा नबुझेर नै आँखा चिम्लिने गर्छन् । सामान्य रूपमा भन्ने हो भने ध्यान स्वयं तिर फर्कने क्रिया हो । जसमा एकाग्रताको प्रयोग हुँदैन । होसमा बसेर साक्षी भावमा बस्ने क्रिया नै ध्यान हो । फुर्सदिलो समयमा गहिरो ध्यानका लागि केही सहज सुझाब यस्ता छन् ।
सुविधाजनक समयको छनोट
ध्यान सके सम्म विश्रामको समयमा मात्र गर्नु पर्छ । हतास, तनाव, थकानको अवस्थामा ध्यान नगर्दा राम्रो हुन्छ । त्यसैले अनुकूल समय छान्नु राम्रो हुन्छ । हुनत ब्रह्म मुहुर्त बिहान ४ देखि ६ बजेको समयलाई उत्तम मानिन्छ । तर, अहिले हामी सँग पर्याप्त समय भएकोले कुनै पनि समयमा गर्न सकिन्छ ।
सूक्ष्म व्यायाम गर्ने
ध्यान सुरु गर्नु अघि हल्का सूक्ष्म व्यायाम गर्नु राम्रो हुन्छ । यसले रक्त सञ्चार अत्यन्त राम्रो हुनुका साथै शरीरको लचकता बढाउँछ । यसले लामो समय सम्म ध्यान बस्न सहज बनाउँछ ।
शान्त स्थानमा बस्ने
ध्यानको सुरुवातमा शान्त स्थानको छनोट गर्नु राम्रो हुन्छ । गहन ध्यानमा सहज रूपमा जान सकिने अवस्थामा पुगेपछि कुनै पनि स्थान उपयुक्त हुन्छ ।
प्राणायामको अभ्यास गर्ने
ध्यानको आसनमा बसेपछि लामो एवं गहिरो श्वास लिने र छाड्ने गर्नुपर्छ । जसलाई भस्त्रिका भनिन्छ । यसका साथै समय छ भने कपाल भाती, अनुलोम विलोलम, भ्रामरी प्राणायाम पनि गर्न सकिन्छ । प्राणायामले मस्तिष्क देखि शरीर भरि अक्सिजनका सञ्चार गरेर लामो समय ध्यानमा बस्न सहयोग गर्छ । जसले गर्दा ध्यानमा बस्दा छटपटी कम हुन्छ ।
आरामसँग बस्ने
ध्यानमा सबैभन्दा महत्वपूर्ण मेरुदण्ड सीधा पारेर आरामसँग बस्नुपर्छ । आफ्नो गर्दन लाई विश्राम पूर्वक राखेर सहज रूपमा आँखा बन्द गर्नु पर्छ । सामान्यतया पलेँटी मारेर सुखासनमा बस्न सकिन्छ । कसै कसै लाई लामो समय पलेँटी कसेर बस्दा झम झमहुने, ढाड, घुँडा दुख्ने समस्या हुन सक्छ । यस्तो भएमा कुर्सीमा आरामले बस्न सकिन्छ । हातलाई कुनै पनिमुद्रा जस्तै–ज्ञान मुद्रा, ध्यान मुद्रामा राख्न सकिन्छ । दुवै हातलाई एक–अर्कामा क्रस गरेर पनि राख्न सकिन्छ ।
पेटलाई हल्का अवस्थामा राख्ने
ध्यानगर्दा मानिसहरू निदाउने सम्भावना अधिक हुन्छ । त्यसैले खाना खाने बित्तिकै वा पूरा खाली पेटमा ध्यान नगर्नु राम्रो हुन्छ । पेट हल्का भएको अवस्थामा कुनै पनि वेला ध्यानमा बस्न सकिन्छ । ठिक्क भरिएको पेटमा ध्यानगर्दा शरीरका लागि उत्तम मानिन्छ ।
मुहारमा मुस्कान
प्रायः मानिस ध्यानलाई गम्भीर ठानेर ध्यानको अभ्यास गर्ने गर्छन् । यसले ध्यानलाई बाधा र्पुयाउँछ । ध्यानले वर्तमान अवस्थामा राख्दछ । त्यसैले ध्यानलाई एउटा सामान्य खेलझैँ मानेर मुस्कुराएर गर्नुपर्छ । यसले मानिसलाई विश्राम अवस्थामा सहजै पु¥याउँछ ।
ध्यानको अभ्यास
अब सबै तयारी भइसकेको छ । शान्तसँग बस्नुपर्छ । धेरै विचार चलिरहेको छ भने नाकको टुप्पोमा श्वास गइरहेको र श्वास आइरहेको हेर्ने गर्नुपर्छ । यसले मनमा चलिरहेको विचारलाई कम गरेर वर्तमानमा आउन मद्दत गर्छ । कुनै कुराको विश्लेषण गर्नु हुँदैन । मनको विचार, बाहिर आइरहेको आवाजलाई पूर्ण रूपमा स्विकारेर अघि बढ्नुपर्छ । कुनै कुराको विश्लेषण भने गर्नु हुँदैन । नियमित अभ्यास पछि बिस्तारै विचार कम हुँदै जान्छ । यसका लागि राम्रो ध्यान प्रशिक्षकसँग प्रशिक्षण लिनु राम्रो हुन्छ ।
ध्यान सिद्धिएपछि के गर्ने ?
ध्यानको सिद्धिएपछि एकैचोटि आँखा खोल्नु हुँदैन । पहिला मनमनै आँखा खोल्दै छु भन्ने भाव केही समय दोहो¥याएपछि करिब तीनचोटि लामो गहिरो श्वास लिने र छाड्ने गरेर बिस्तारै आँखा खोल्नुपर्छ । जब हामी ध्यानको गहिराइमा पुग्छौँ, त्यति वेला हामी अर्कै समयमा हुन्छौँ । आँखा खोले पछि अर्कै समयमा हुन्छौँ । त्यसैले हतासमा आँखा खोल्नु हुँदैन ।
ध्यान गरेपछि आफूलाई एक प्रकारको शान्ति, स्फूर्ति, उत्साह बढेको आभास हुन्छ । ध्यानले तनावलाई व्यवस्थापन गर्नुका साथै प्रेम, अकारण खुसीप्रदान गर्छ । अहिलको समयमा हामी बाहिर जान नसके पनि आफू भित्र जान हामीलाई ठूलो मौका मिलेको छ । जसको पूर्ण सदुपयोग गर्नु बुद्धिमानी हुन्छ ।