Search

सम्पादक बन्दा केरकार

सम्पादक बन्दा केरकार

भोजराज न्यौपाने

त्यतिबेला म पुस्तकहरु खुब पढ्थें ।
एसएलसीदिएलगत्तै जिल्ला सडक कार्यालय अन्तर्गत चरिकोट— दोलखा सडक खण्डमा ‘सडक सुपरभाइजर’ को रुपमाकामगर्न थालेको थिएँ । मेरो उमेर १५ वर्षपनिपुगेको थिएन । यो २०४५ सालको कुरा हो ।
दिनभरी फिल्डमा जान्थें । फिल्डमा मेरो कामहुन्थ्यो एउटा कुनामा बसेर पुस्तक पढ्नु ।चरिकोटमा त्यतिबेला पाठ्यपुस्तक बाहेकका अरु पुस्तक बेच्ने पसल थिएन । लालीगुराँस युवाक्लबको एउटा सानो पुस्तकालय थियो । त्यहाँ केही पुस्तकहरु थिए । लैजाने पढ्ने , फिर्ता गर्ने गर्न थालें । त्यतिबेला काठमाण्डौंबाट जाने कोही भए पत्रपत्रिका मगाउने गर्थें । त्यही पढ्थें ।

सघन पहाडी क्षेत्र विकास आयोजनाबाट टुकी पत्रिकाप्रकाशनहुन्थ्यो । त्यो पत्रिकाको म नियमित पाठक थिएँ । त्यसै बेला ‘सोभियतभूमि’ नाउँको चिल्लो पत्रिका मेरो घरमा आइपुग्थ्यो । त्यो पत्रिकामा तत्कालिन सोभियत संघको विकासका रहर लाग्दा तस्बिर हुन्थे । राजनीतिक लेखहरुमा भन्दा मलाई तस्बिर र गैर राजनीतिक आलेखहरु पढ्न मन पराउँथें ।
एकदिनपत्रिका पढ्दा पढ्दै त्यस्तै टाइपको साहित्यिक पत्रिका निकाल्न पाएहुन्थ्यो भन्ने लाग्यो । तर कसरी ? न राम्रो लेखन, सम्पादनको शिल्प ? न त पत्रिका छाप्ने पैसा नै ? मनमनै सम्पादक बन्ने हुटहुटी भने मज्जाले चल्यो । भनौं, मेरो मनले सम्पादकबन्ने सपना बुन्यो ।
२०४६ को असार महिना थियो । एस. एल. सी. को रिजल्ट भयो । चरिकोटकै गौरीशंकर क्याम्पस भर्ना भएँ । क्याम्पस पढ्न थालेपछि सडक विभागको कामपनि छाडेको थिएँ । त्यसै बेला जन आन्दोलन देश व्यापी भयो । हामी सवै कुनै न कुनै माध्यामबाट जन आन्दोलनको रापमा थियौं । गौरशिंकर क्याम्पसमा पढाउन आउनु भएको थियो रामजीवन सिंह ।

त्यतिबेलै मेरो हात सुन्निने गथ्र्यो । धेरै औषधिमु्लो गर्दा पनि निको भएको थिएन । कसैले सुझायो रामजीवन सरलाई भेट्नु उहाँको औषधिले काम गर्छ ।

त्यति बेला उहाँले होमियोप्याथीबाट उपचार गर्नुहुन्थ्यो । म उहाँको क्लिनिकमा गएँ । जाँदाजाँदै उहाँसंग समसामयिक राजनीतिका धेरै कुरा सिक्ने मौका पाएँ ।

उहाँले वीपी कोइराला र उहाँको राजनीतिक जीवनसंग सम्वन्धित पुस्तकहरु पढ्न दिनुहुन्थ्यो । पछि क्याम्पसबाटै वीपीका साहित्यिक पुस्तकपनि पढ्ने मौका पाएँ । म वीपीको विचार पढेरै क्याम्पस पढ्दा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय बन्न थालें । जन आन्दोलन पछिको खुला अवसरको उपयोग गर्दै २०४७ सालमा क्याम्पसमा ‘प्रतिभा’ नाउँको भित्ते पत्रिका प्रकाशन गर्न थाल्यौं । त्यति बेला पत्रिका प्रकाशनको सम्पादकका रुपमा म, देवी (देवेन्द्र) पोखरेल, राजेन्द्र मानन्धर संलग्न भयौं ।

प्रत्येक १५ दिनमा निकाल्ने योजनाका साथ सुरु गरिएको ‘प्रतिभा’ म क्याम्पसको दोस्रो बर्ष सकेर निस्केसंगै बन्द हुन पुग्यो । १६ पेजको हस्तलिखित पत्रिकालाई हामीले क्याम्पसकै सूचना पाटीमा टाँस्ने गरेका थियौं । कसले के लेख्यो भनेर निकै चासो हुन्थ्यो त्यति बेला क्याम्पसमा । राजनीतिक संगठनका हिसाबले देवी, राजेन्द्र र म फरक फरक विचार राख्थ्यौं । तर, पत्रिका प्रकाशनमा हाम्रो गज्जवको सहयात्रा थियो ।
क्याम्पसको परिक्षा जन आन्दोलनका कारण एक बर्ष पछि धकेलियो ।

त्यस विचमा मलाई साहित्यिक पुस्तक पढ्ने लत बसेको थियो । राजधानीबाट नयाँ नयाँ पत्रिका निस्कने होड चलेको थियो । भेटे जति पत्रिकामा कविता, गीत पठाउने गर्थें । कतिपयमा पाठक पत्र, कतिमा पत्रमित्रमा नाम छपाउने रहर थियो । पुस्तकको विषयमा छलफल गर्ने । गीत र कविता लेख्ने । त्यति बेला लेखेको ‘युद्ध’ खण्डकाव्यको पाण्डुलिपि अझै छँदैछ ।

एकदिन साथी चिरन्जीवी मास्केको व्यङ्ग्य छापिए छ एउटा पत्रिकामा । शिर्षक थियो ‘रित्तो गोजी जागिरको खोजी’ । एकदमै मन प¥यो उनको लेखन । त्यो व्यङ्ग्य पढे पछि मलाई चिरन्जीवीसंग मिलेर पत्रिका प्रकाशनगर्न मन लाग्यो ।हामीले छलफल ग¥यौं । जिल्लाबाट बेला बेलामा पत्रिका प्रकाशन भए पनि तिकि त क्लवको मुखपत्रका रुपमा निस्केका थिएकि त बुलेटिन भनेर छापिएका थिए । हामीलाई भने पत्रिकाकै रुपमा स्थापित गर्ने रुचि बढेको थियो । पत्रिकाको नाम राख्ने जिम्मा मैंले पाएँ । नामजु¥यो –‘अरुणिमा’ ।

प्त्रिका निकाल्ने योजना त गरियो । तर कसरी निकाल्ने ? पैसा थिएन । राजेन्द्र मानन्धर, चिरन्जीवी मास्के र मेरो पहिलो प्रयास थियो यो । राजेन्द्रले व्यवस्थापकिय र प्रेसको जिम्मालियो । कुमार थापाले अरुणिमाको सुन्दर मास्टर हेड बनाई दिए । चिरन्जीवी र मेरो कामथियो रचनाजम्मागर्ने र सम्पादनगर्ने । दुई चारवटा पुस्तक पढेको, दुई चारवटा कवितागीत लेखेको बाहेक सम्पादनर प्रकाशनका मामलामा मलाई रत्तिपनि ज्ञान थिएन । हामी त रहरै रहरले पत्रिकाको सम्पादक बनेका थियौं । पत्रिका प्रकाशन गर्नु अघि कहाँदर्ता गर्नुपर्ने हो हामीलाई थाहा थिएन । त्यति बेला हामीलाई कसैले सुझायो जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ भनेर ।

जिल्ला प्रशासन कार्यालयमा गएर सोधें । फाँटका कसैले कुरै पत्याएनन् । थाहा छैन हामीलाई भनिदिए । खुरुक्क फर्कें । जे त होला दर्ता नगरी निकाल्ने भन्ने निश्कर्षमा पुगें ।

चिने जानेको साथीभाइ, इष्टमित्र सवैसंग सहयोग जुटाउँदै हामीले पत्रिकाको प्रकाशनका लागि पुग्ने पैसा जम्माग¥यौं । हामीलाई साहित्यिक पत्रिका निकाल्ने रहर हुँदाहुँदै बजारमा साहित्यिक भन्दा विविध संकलन भनेर निकाल्दा राम्रो हुने विचार साथीहरुको आयो । त्यसैले पत्रिकामा विविध विषयहरु समावेश गरियो ।

रु्रणिमाको पहिलो अंक निस्क्यो, साउन २०४९ मा । तत्कालिन चर्चित कलाकार साम्दे शेर्पाको अन्तर्वाता लिएको थियो राजेन्द्रले । अरु विविध विषयहरु समेटेर पहिलो पटक निकालेको अरुणिमा अफसेट प्रेसमा छापिएको पहिलो पत्रिका थियो । त्यस अघि सवै लेटर प्रेसबाट प्रकाशन हुने गरेको थियो ।

हिलो अंकहातमा परेको दिनखुसीले रातभरि निन्द्रा लागेन । संयौं पटक पढें होला आफू सम्पादक बनेर छापेको आफ्नै नाम ।
चिनेजानेका सवैलाई बाँड्यौं । सवै जसोले प्रशंसा गरे । हामी गदगद भयौं । ठूलै काम गरिएछ जस्तो भयो । कतिले अर्को अंकमा मेरोपनि रचना छापि दिनु है भने । कतिले सम्पादक, पत्रकार भन्दै विल्लापनि गरे । जे होस हामीलाई ठूलो प्रेरणा भने मिल्यो ।
पत्रिका प्रकाशन भएको करिव दशदिन पछि सिडिओ कार्यालयमा बोलाएको छ भनेर जिल्ला प्रशासन कार्यालयको पिएन हाम्रो पसलमा आए । त्यति बेला हाम्रो ‘दुर्गा होजियरी’ नाम गरेको सुईटर उद्योग थियो । सिडिओ कार्यालयमा बोलाएको सुनेर अलिअलि डर लाग्यो । तैपनि कुनै विगार गरेको थिइन ।

म सरासर सिडिओ कार्यालयको प्रशासन फाँटमा पुगें । एकजना सापकोटा थरका सुब्बाले सोधे — ‘तिमीहो भोजराज न्यौपाने ?’
‘हो — मैंले जवाफदिएँ ।

‘तिमीलाई थुन्दिउँ? खुब पत्रकार बनेर हिंड्ने ?’ — उनले कड्केर भने ।
मलाई डर लाग्यो ।
‘मैंले के गल्ती गरें र सर ?’— मैंले कामेको स्वरमाभनें ।

‘खुब सम्पादकबन्नु प¥यो हैन ? दर्ता नगरि पत्रिकानिकाल्ने ?’— उनको आक्रोशको अर्थ बल्ल बुझें ।
‘म दर्ता गर्न, प्रक्रिया बुझ्न आएकै थिएँ । तर तपाईकै फाँटबाट अहिलेसम्म यहाँबाट पत्रिका दर्ता भएको छैन, हामीलाई थाहा छैन भनेपछि मैंले दर्ता नगरि छापेको हूँ ।’—मैंले एकै सासमा बयान दिएँ ।
सुब्बा साप् अलिकति लत्रे । अझै केरकार भने जारी थियो ।

किन निकालेको पत्रिका ? के उदेश्य थियो ? सवै सोध खोज गरे । घर ठेगाना सोधे । बुबाको नाम सोधे । मैले मेरो बुबाको नाम भने पछि उनले पुलुक्क मेरो मुखमा हेर्दै भने — ‘ए ! तिमी त मेरो गुरुको छोरा पो रहेछौ । लबाबु जाउ । अब पत्रिका दर्ता गरेर मात्रै निकाल्नु है ।’
सम्पादक बनेकामा निकै ठूलो उत्साह थियो । सुब्बाको धम्कीले डर लाग्यो । मेरो उत्साहमा रोकावट थियो त्यो । प्रशासनिक अल्झनले दोस्रो अंकको तयारी अलि पछि गर्ने विचार गरियो । अब भने दर्ता गरेर मात्र पत्रिका निकाल्ने योजनामा पुग्यौं हामी ।

हाम्रो अनुरोधमा हाम्रै गुरु देवदास श्रेष्ठकोप्रधान सम्पादकत्वमा म र चिरन्जीवी मास्के, शम्भु गौतम र राजेन्द्र मानन्धरको सम्पादकीय टीम बन्यो । जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता नम्बर एकको रुपमा अरुणिमा पत्रिकाको दर्ता भयो । र, २०५० असोजमा अरुणिमाको दर्ताका हिसाबले पहिलो अंक प्रकाशन भयो ।यही पत्रिकानै दोलखाको व्यवसायिक पत्रिकारितामा कोशेढुंगो सावित भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment