Search

छोटो सन्देश

छोटो सन्देश
आर्या प्रधान
कक्षा : १०
ज्ञानकुञ्ज उच्च माध्यमिक विद्यालय
रविभवन, काठमाण्डौं

जन्मीए पछि मर्ने पर्ने दैवको रीत
दुई दिनको जिन्दगीमा गर सबको हित ।
लक्ष्य प्राप्ती अठोट लिई मानवताको लागि लड
मानव प्रेमी भावनालिई मानवताको लागि लड ।।

राम्रा कुरा ज्ञात गर नराम्रालाई छाड
ईमान्दार र शिक्षित बनी बन देशको आड ।
झै झगडा दुश्मनीलाई कहिल्यै नअङ्गाल
शिक्षादायी प्रेरणादायी कुरालाई सङ्गाल ।।

बेईमान, अमानविय विचारलाई नहेर
राम्रा कार्यप्रती ध्यान लगाउ यती खेर ।
मैले नगरे कस्ले गर्छ भन्ने धारणा बोक
सामाजिक कुरीथीमाथी लगाउ तिमीले रोक ।।

आफ्नो ज्ञान अघि सार नयाँ श्रोत खोजी
विकास कार्य अघि सार शान्तीको बाटो खोजी ।
ठान आफ्नो मातृभूमी प्राणभन्दा प्यारो
उज्यालोमा आउँछौं तिमी नाघि अध्यारो ।।

तिमीले प्राण त्यागेपनी कर्म यही हुन्छ
समाजमा तिमीलाई सम्झी सबको मन रुन्छ ।
प्रेरणाको श्रोत बन आउने पुस्तालाई
अनी मात्र सुख आउँछ, यस धतीलाई स्वर्ग बनाई ।।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!