Search

दोलखाकी छोरी उरुसा प्रधान फेसन डिनाईन र योगामा ।

दोलखाकी छोरी उरुसा प्रधान फेसन डिनाईन र योगामा ।

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ तल्लो विहार्छे टोल स्थायी घर भई हाल बुढानिलकण्ठ बस्दै आउनु भएका बुबा गोपाल प्रधान र आमा मिरा प्रधानको कोखबाट जन्म भएकी कान्छी छोरी उरुसा प्रधान हुुनु हुन्छ । बाल्यकालदेखि पढाईमा उतिकै मेहनती, लगनसिल भएकी अति मिलनसार, हसेली स्वभाव भएकी प्रधान हाल फेसन डिजाईन र योगामा ब्यस्त हुनु हुन्छ । सोमाङ स्कुलबाट माध्यमिक स्तरसम्मको पढाई सिध्याएर Lovely Professional University, Punjab, India af6 Bachelor of Science in Fashion Technology  बाट Textile art Kalamkari Bangalore मा अध्ययन पुरा गरि सक्नु भएका उरुसा प्रधान र हामी विच भएको छोटो कुराकानीको मुल अंश यहाँ प्रस्तुत गरेका छौं ।

उरुसा प्रधान, फेसन डिजाईनर

नेपाल फर्कि सके पछि के मा वेस्त हुनु भयो ?
मैले अध्ययन पुरा गरी सन् २०१५ मा नेपाल फर्कि सकेपछि शुरुमा सन् २०१६ देखि M & S VMAG, Movers & Shakers मा as a contributorको रुपमा काम गरे र निवन्धहरु लेख्ने गर्दथ्र्ये । त्यसपछी मिलन नेपाल, ःMiriso Nepal मा Brand Manager मा काम गरे । यसरी नै Marketing Manager and Senior Designer मा मिलन नेपालमा काम गरे । त्यसपछि २०१८ देखि हालसम्म United Nepal Felt Industries Pvt. Ltd Kathmandu मा कार्यरत छु ।

यस क्षेत्रमा लाग्नको लागि को बाट प्रेरणा पाउनु भयो ?
नेपालमा जति पनि बिभिन्न डिजाईका ड्रेसहरु आउछ ती सवै ठु–ठुल्लो संख्यामा आउने तर बुटिकको लुगाहरु अलि कम आउने यस्तो देख्दा देख्दै मलाई चाही अरुको भन्दा भिन्न खालका डिजाईनहरु क्सरी तयार गर्ने गर्न पाए कति राम्रो हुन्थ्यौ भन्ने जस्तो लाग्दथ्यौ । यसो हुदा हुदा यस बारेमा पढ्न उत्सुकता भयो यसैमा शुरु गरे । तर पहिला पहिला पनि म आफैले लगाउने लुगाहरु मैलेले डिजाई गर्ने गथ्र्ये । यसो हुदा हुदा यस्मै चाख बढ्यो र पछि स्वास्थ्य संग सम्वन्धीका कुराहरु आयो किन भने जहिले पनि म बाहिर बाहिर जङ्क फुटहरु खाने गर्दथ्र्ये, यसबेला म धेरै विरामी भयो यसपछि म योगमा लाग्न थाले यसपछि योगमा चाहि आर.वाई टि २०० आवरको यु.एस.एलाईन्सको टिचर भएर काम गरि रहेको छु । यसमा प्रेरणाको कुरा गर्नु पर्दा म आफै यस क्षेत्रमा लागे किन भने मेरो आमा बुबालाई यस सम्वन्धी अनुभव थिएन । यसरी अनुभव नभएपनि मलाई सहयोग गर्नु भयो र मेरो ईच्छा पुरा गरी दिनु भएको छ ।

फेसन डिजाईन र योगा त छुट्टा छुट्टै क्षेत्र हो तर यसलाई कसरी सं–संगै लिएर जानु हुन्छ ?
अहिले भन्नु हुन्छ भने विहान ५ बजे उठेर योगा कलास जान्छु त्यसपछि ९ः३० मा त्यही बाट अफिस जान्छु मेरो अफिस टाईम हुन्छ । यसरी विहान कहिले काहि जान पाएन भने बेलुकाको समयमा म योगा कलास जाने गर्दछु । अहिले मैले योगाको बारेमा धेरै कुराहरु सिकि सकेको छु र अहिले बेसिक कुराहरु सिकि राखेको छु र मैले पनि सिकाई राखेको छु ।

सिप हस्तान्तरणको क्रममा उरुसा

फेसन डिजाईन कहाँ पुग्यो त ?
अहिले फेल्ट अर्थात उलनको सामानहरु बनाई रहेका छौं । जुन ९० प्रतिशत जति सामान विशेषतः युरोप तिर पठाउने गर्दछौं । यसै गरी जर्मनी, नेदरल्याण्ड, जापान, कोरिया, क्यानाडा र अमेरीका जस्तो राष्ट्रहरुमा पठाउने गर्दछौ । यसरी हामीले बनाएका सामानहरु धेरै ठाउँमा पठाउछौं । यो कम्पनी एफ विनको इेमिडेटको पुर्व अध्यक्ष शार्दा रिजाल हुनु हुन्छ र वहाँ संगै काम गरी राखेको छु । अहिले मैले बजार व्यवस्थापन र डिजाईन सम्वन्धी शुरुदेखि अन्तिम स्टेपसम्म तयार गर्नु हुन्छ । ईनिसियल वि १६ नम्वर १ देखि लिएर एन स्टेप्ससम्म हेर्ने काम मेरो हो ।

यसको भविष्य कस्तो देखि राख्नु भएको छ त ?
उलनको सामान भनेको चाही मैले काम गरेको कम्पनी त्यो Fair Trade Nepal को नियम अन्तर्गत FTJ Nepal authorised Company हो । यसमा जति पनि हामीले काम गरेको छौ त्यो काम आफ्नो कम्पनीको ख्यातीलाई ध्यान राखेर काम गरी राखेका छौं । हामी त्यहाँ काम गर्ने सम्पूर्ण कर्मचारीहरु महिला मात्र छौं । यसले गर्दा पनि महिलालाई प्राथमिकता दिएर कसरी अगाडी बढाउने, सक्षम कसरी बनाउने भन्ने बारेमा ख्याल गरेर अघि बढी रहेका छौं ।
भविष्यमा म आफै यसै क्षेत्रलाई राम्रो गरी पेशागत रुपमा नै अगाडी बढाउने सोच तयार गरी रहेको छु । यसमा योगामा आफ्नै स्टुडियो बनाएर त्यहा प्रशिक्षण दिने रहर लागेको छ । यसमा मलाई चाख पनि छ र म योगामै लाग्ने छु र यसरी योगा संगै जोडेर उलनको सामानको उत्पादनलाई पनि अगाडी बढाउछु । कसरी भने जुन हामीलाई योगा गर्दा सामानहरु चाहिन्छ त्यो मैले आफैले डिजाईन गर्नेछु र उत्पादन गर्नेछु भन्ने लागेको छ । यी बिभिन्न कामहरुले गर्दा यसको भविव्य राम्रो भएको मैले महशुष गरेको छु ।


योगामा लागेर कस्तो अनुभव गर्नु भएको छ ?
योगामा लागेर सर्वप्रथम त मेरो स्वास्थ्यमा धेरै भन्दा धेरै सुधार भएको छ । पहिला पहिला म विरामी भईरहन्थे, जवदेखि म योगामा अभ्यास गर्न थाले स्वस्थ्य भएको भएको छु । जहिलेपनि आफुलाई फुर्तिलो महशुष गरेकोछु । त्यसैले म यहाँहरु समक्ष के कुरा शेयर गर्न चाहन्छु भने जव हामी त्यतीकै बस्छौ त्यती बेला मनमा अनेक कुराहरु खेल्छ र डिप्रेसन हुने जस्ता गतीविधी हुन्छ यस यसले मुक्ती फुर्तिलो रहन सहयोग गर्छ त्यसैले कम्तीमा दिनमा एक घण्टा योगाको अभ्यास गर्न पनि अनुरोध गर्दछु ।

दोलखाको नेपाल भाषा आउँछ ?
आउँछ । मलाई मेरो आमा बुबाले सिकाउनु भएको छ । यसै गरी जव स्कुल पढ्दा त्यहा एकजना दोलखाको साथी झरना श्रेष्ठ पर्वत काकाको छोरी थियो उ र म सधै दोलखाको नेवारी भाषाबाट बाटै कुराकानी गर्ने गथ्यौ । झरनाले पहिले देखि हाम्रो दोलखाको नेवारी भाषा राम्रो बोल्ने रहेछ त्यसले गर्दा मलाई पनि सिक्न सहयोग मिल्यो । अर्को कुरा मलाई नयाँ भाषा सिक्न साहै रहर भएको कारणले गर्दा पनि हाम्रो मातृभाषा छिटो सिक्न सफल भए जस्तो लाग्छ । त्यसपछि म जव पञ्जावमा पढ्न गए त्यहाँबाट कुराकानी गर्दा मेरो आमा, बुबा संग मेले दोलखाको नेवारी भाषामै बढी भन्दा बढी कुरा गथ्र्ये । त्यसै गरी अरु अरु भाषा पनि मैले सिकेको छु ।
हिन्दी, पञ्जावी, दोलखाली, काठमाण्डौं नेवारी भाषा, अंग्रेजी, नेपाली र केहि फ्रेन्च भाषा पनी बोल्छु । यसरी दोलखाको नेवारी भाषा सिक्न कहाँ सफल भईयो भने जव स्कुल पढ्दथ्यौ त्यतीबेला नै बढी विकास गरिएको अरु कसैले नबुझ्ने हामी दुई साथीको गोप्य भाषाको रुपमा पनी बढी प्रयोग गर्ने गथ्यौ । हामीले यसरी आफ्नो भाषाबाट गफ गर्न शुरु गरेपछि उनीहरुलाई पनि चाख लाग्ने गर्दथ्यौ । अनी हामीलाई झन त्यही हाम्रो कुरा गर्न थप उत्साह प्रदान गरेको महशुष गरेर पछि अलि बढी सिक्न सक्यौ ।

दोलखा जानु हुन्छ ?
म जान्छु । म त्यहाँ जन्मेको नभएपनि मेरो आमा बुबा अक्सर दोलखा गई राख्नु हुन्छ । यसै गरी मेरो बुबा दोलखाको सामाजिक क्षेत्रमा अग्रसर भएको कारणले वहाँ दोलखा गई राख्नु हुन्छ । कति समय त वहाँ संग जाने गर्छु भने कति त हाम्रो जुन चाडपर्व परि रहेको हुन्छ ती चाडपर्व मान्नको लागि हामी दोलखा जान्छौं । त्यहाँ मेरो बाजे बजै हुनु हुन्छ अझ त्यसले थप रमाईलो गर्छ । मलाई लाग्छ दोलखा स्वर्गको एक टुक्रा जस्तो लाग्छ । त्यसैले दोलखा जाने भनेकी मलाई एकदम खुसी लाग्छ ।

सिप हस्तान्तरणको क्रममा उरुसा

यसै गरी पछि मेरो आमाले सहयोग गर्नु भयो भने म दोलखामा गएर केहि गर्ने सोच तयार गरेको छु । जस्तै यहाँ हाम्रो जग्गा जमिन थोेरै छ दोलखामा भने धेरै छ त्यहाँ हामीले केहि गर्न सक्छौं । फेरी दोलखामा हामीलाई सवैले चिन्नु हुन्छ हामीले पनि चिन्छौं र त्यहाको वातावरण भनेको एउटा पारिवारीक वातावरण रहेको देख्छु । यता हेर उता हेर सवै तिर आफ्नो नातागोताहरु ह्ुनु हुन्छ त्यसले गर्दा त्यहाको रमाईलोपनको बयान गरेर साध्य नै छैन ।

यसै गरी त्यहाँ धेरै जग्गाहरु खाली रहेको छ त्यसलाई हामीले उपयोग, उपभोग गर्न सक्छौ । कम्तीमा दोलखामा आउँने आन्तरीक बाह्य पर्यटकहरुलाई दोलखामा एक हप्ता बस्ने सक्ने वातावरण तयार गर्न हामीले पहल गर्ने हो भने आजको भन्दा भोलीको दिनमा परिवर्तन भएको देख्न सक्छौं । यस्तै गरी सरसफाईको दृष्ट्रिकोणले हेर्ने हो भने उपत्यका भन्दा धेरै सफा र राम्रो वातावरण रहेको छ । यसै गरी अहिले म जुन योगामा लागेर बसेको छु । यदी पछि सवै कुराले साथ दियो भने दोलखामा एउटा योगा सम्वन्धीको स्टुडियो खोल्ने लक्ष्य लिएर बसेको छु ।
यो किन भने जति पनि दोलखा बाहिरका मानिसहरु हुनु हुन्छ वहाँहरुलाई दोलखा चिनाउने मेरो ठुलो रहर छ । यसको लागि मैले त्यस्को बारेमा सोच तयार गरी रहेको छु । म जस्ता नव युवा युवतीहरुले दोलखाको बारेमा केहि सोच्नु पर्छ भन्ने मलाई लागेको छ ।

बाँपीझ्याला पत्रिका पढ्नु भएको छ ? यस पत्रिका मार्फत दोलखावासीहरुलाई केहि भन्नु हुन्छ की ?
पढेको छु । यो पत्रिका मेरा बुबाले ल्याउनु हुन्थ्यौ यस भित्रको नेपाली नेवारी शब्द अर्थ लगायत धेरै कुराहरु पढ्ने गथ्र्ये । अहिले हुदा हुर्दै अनलाईमा आएको छ यो म लगायत दोलखाली युवा युवतीहरुको लागि खुसीको विषय भएको छ ।
जन्मदिने आमा बाबु जति प्यारो हुन्छ त्यसै गरी आफ्नो मातृभाषा पनि कुनै जातीलाई उतीकै प्यारो हुन्छ । यसै गरी दोलखाको नेवारी मातृभाषा मलाई पनी प्यारो लाग्छ, मेरो बुबा आमाको सहयोगमा मैले मातृभाषा सिकेको छु र राम्रौ बोल्छु । हरेक दोलखाली बाजे बजै, बा आमा र दाजुभाई दिदीबहिनीहरुले आ–आफ्नो छोरा छोरी, नाती नातीनीहरुलाई दोलखाको नेवारी मातृभाषा सिकाउनु पर्छ । हाम्रो मातृभाषा दोलखावासीको पहिचान हो त्यसैले यस्को प्रयोग संगै संरक्षण गर्नु पर्छ भन्ने मेरो विचार छ ।

अन्तमा केही भन्नु हुन्छ की ?
दोलखा नेपाल भाषाबाट प्रकाशित यस बाँपीझ्याला डट कम अनलाईन पत्रिकामा मेरो बिचार राख्न अवसर दिएकोमा बाँपीझ्याला मिडियालाई धन्यवाद दिन चाहन्छु । यसै गरी हरेक स–साना कुराहरु देखि लिएर धेरै महत्वपुर्ण दोलखा–दोलखा जिल्ला र नेपाल राष्ट्र र अन्तर्राष्ट्रिय समसामयिक विषयलाई समेटी दोलखावासी बाजे बजै, आमा बा, दाजुभाई दिदीबहिनी तथा साथी संगीहरु लगायत नेपाली दाजुभाई दिदीबहिनी र शुभचिन्तकहरुको बिचमा सम्प्रेशन गर्न सफल भई सूचनाको माध्यम बन्न सक्षम होस भन्ने कामना सहित यस अनलाईन पत्रिकाको निरन्तरताको कामना गर्दछु ।
साथमा यस अनलाईन पत्रिका संचालनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग र सदभाव् राख्नु हुने सम्पूर्ण दोलखाली मेरो अग्रज मान्यजनहरुमा हार्दिक आभार प्रकट गर्दे यस बाँपीझ्याला मिडियालाई धन्यवाद दिन चाहन्छु ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!