Search

दोलखामा बाल्यकालमा खेलिने खेल र अतितका याद

दोलखामा बाल्यकालमा खेलिने खेल र अतितका याद


लङ्गडो (ख्वारंडा कायन):
खेलको दोस्रो तरिका स् पहिलेको आयातकार ४ कोठालाई विभाजन गरेर ८ कोठा बनाईन्छ । शुरुको दायाँ या बायाँ कोठामा सानो पत्थरको टुक्रा राखेर विपरित कोठाबाट एक खुट्टाको भरमा उफ्रिदै गएर ७ कोठा पार गरेर हातले टिपिन्छ, पालैपालो सबै कोठा सकिए पछि तल नहेरिकन रेखामा नछोईकन खाली कोठा पार गरेर आफू उल्टो उभिएर ढुंगा फ्याँक्ने र सही ठाउँमा परेपछि उक्त कोठालाई आफ्नो बनाउने गरेर २–३ जना मिलेर खेलिने गरिन्थ्यो

रिङ्गा रिङ्गाः
यो खेल विशेषगरी महिलाले खेलिने खेल हो, यसमा जतिपनि संख्यामा समेट्न सकिन्छ, सबै जनाको दुवै हातले एक अर्काको हात समातेर गोलो बनाएको हुन्छ र एक जना बिचमा छुट्टै हुन्छ, उनले आफ्नो खुट्टाको कुर्कुचा छोएर “यति यति पानी भन्छ र समुहले एक अर्काको हात नछोडीकन घुर घुर रानी” भन्न थाल्छन्, यस क्रममा त्यो एकल महिलाले “यति यति पानी भन्दै गोडा, घुँडा बाट शिरसम्म पु¥याउने गर्छ, र अन्तमा त्यही एकल नाईकेले सबैलाई क्रमशः हातको औंलादेखि ।।। यो औंला कसको ? यो नाडी कसको ? यो पाखुरा कसको ? यो कुम कसको ? भनेर सोध्दै जान्छ र समुहले राजाको भन्ने जवाफ दिएर खेलिन्छ । यसमा अरु केही नियम पनि छ जस्तो लाग्छ, तर धेरै वर्ष पहिलेको भएकोले त्यति सम्झन सकिएन ।

भकुण्डो गेमः
यो खेल किशोरहरुको बिचमा खेलिने खेल हो । यो रबरको भकुण्डो द्वारा खेलिने हो ।एक आपसमा २ समुहमा विभाजन हुन्छ, दुई दुई जना गोप्य सल्लाह गरेर आआफ्नो काल्पनिक नाम राखेर समुहको नाईकेकहाँ पुगेर त्यो नाम बताउँछ , उदाहरणका लागि स् राम र श्याम हुन्छ, ती मध्ये कसलाई लिने भन्ने प्रस्तावमा टोली नाईकेले छानिएकालाई आफू विभाजित हुन्छन् र समूह तैयार हुन्छ ।
त्यसपछि ७, ९ र ११ कतिवटा ढुंगाको रथ जस्तै पारेर बनाउने हो एक आपसमा सहमति भएपछि बलले हानेर त्यो रथ ढाल्न कसले पहिला गर्ने भनेर थुक कि सुक भनेर एउटा पातलो ढुंगाको टुक्रामा थुकले भिझाएर माथि फाल्ने गरिन्छ, अर्थात अहिलेको भाषामा टस नतिजा ।
यसपछि एक समुहको एक जनाले बनाईएको ढुंगाको देवललाई निश्चित सिमानामा उभिएर हानेर ढाल्नु पर्छ, यदि ढलेमा सोही समुहले भकुण्डोलाई आफ्नोे जिउमा नलाग्ने हिसाबले छल्दै त्यो बललाई टाउको र खुट्टाको मद्दतले टाढा टाढा फालेर ढलेका देवल पूनः ठड्याउनु पर्छ, तर विपक्षी खेलाडीले उक्त समुहको खेलाडीलाई एकएक गरेर घुँडा भन्दा माथि गर्धन भन्दा मुनिको जिउमा हानेर निस्कासन गर्छ, यदि सबैलाई निकालेपछि उनीहरू विजयी हुनेछ यदि त्यो भकुण्डो छल्दै निस्कासन नहुदै भत्किएको देवल तयार गर्न सकेमा उनीहरूको विजयी हुने नियम हुन्छ ।
यसरी दोलखामा पहिले पहिले खेलिएका खेलहरु स्मरण गर्दा एउटा छुट्टै तरंग पैदा हुन्छ । यसरी यो खेलको लेखले त्यती बेला यो खेलबाट मनोरञ्जन लिने दोलखाली दाजुभाई, दिदी बहिनीहरुको सम्झनाको लागि हामीले यहाँ समावेश गरेका छौं । यसै गरी यहाँहरु मध्ये पहिला पहिला खेलको कनै पनि खेलको याद छ भने हामीलाई पठाई सहयोग गर्नु हुनेछ । यसले कतै तपाईको बाल्यकालको यादले ति बाल्यकालको साथी संगीहरुलाई फेरी एकचोटी सम्झना गराई भेटाउन्नलाई सहयोग गर्छ भन्ने हामीलाई विश्वास लागेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!