Search

अनुहारको चाउरीपनबाट जोगीने यी ७ टिप्स

अनुहारको चाउरीपनबाट जोगीने यी ७ टिप्स

हाल बजारमा बिभिन्न सौन्दर्य प्रसाधन उपलब्ध छन् । छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु स्वाभाविक प्रक्रिया हो । कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ ।

चाउरीपन रोक्न र यसलाई घटाउन सौन्दर्य बिशेषज्ञ मञ्जु कार्की पाण्डेले एन्टीएजिङ टिप्स दिएकी छिन् । जुनयसप्रकार छ ।
– सर्वप्रथम सफा पानीले अनुहार धुनु होस् । दैनिक बिहान–बेलुका गुणस्तरीय फेसवास, बेसनको पिठो या दुधको तरले मुख सफागर्दा चाउरीपन कम हुँदै जान्छ ।

– जब तपाईं आफ्नो छाला सफा गर्नुहुन्छ, त्यसबखत कोमल स्पर्श गर्नुहोस्, ताकि छाला ज्यादा नरगडियोस् । मुख धुँदा छालामा ज्यादा दबाब नदिनुहोस् । यसले अनावश्यक चाउरीपन निम्त्याउँछ ।

– समयको अन्तरालमा छालाको कोलेजेन हराउन थाल्दछ । प्रोटिनले यसलाई टाइट देखाउँछ । तसर्थ प्रोटिनयुक्त खाना अथवा सप्लिमेन्ट्समा जोड दिनुहोस् ।

– आफ्नो एसपिएफ रुटिन अपग्रेड गर्नुहोस् ।

– प्रशस्त मोश्चराइज युक्त फेस क्रिम प्रयोग गर्नुहोस् । छाला जति सुख्खा हुन्छ उति नै छिटो चाउरीपन देखापर्न थाल्छ । तसर्थ छालालाई जहिले नरम राख्नुहोस् । ४० प्लसको एसपीएफयुक्त सनस्क्रिन क्रिम प्रयोग गर्नुहोस् । जुन छालाका लागि सुरक्षा कवच हो ।

– खानेकुरामा परिवर्तन ल्याउनुहोस् । प्रशस्त मात्रामा भिटामिन युक्त फल, ताजा तरकारी, जुस, पानी उपभोग गर्नुहोस् । ओमेगा थ्रि जस्ता सप्लिमेन्ट्समा प्रशस्त मात्रामा भिटामिन्स, मिनेरल्सको मात्रा पाइन्छ । जसले छालालाई सुख्खा हुन दिँदैन र चाउरीपन हुनबाट रोक्छ ।

– हाम्रो छालामा प्रत्येक २८ दिनको अन्तरालमा पुराना सेल मरेर नयाँ लेयर पलाउँछ । यस्ता मृत कोशिकालाई हटाउन साप्ताहिक रुपमा स्क्रब गर्ने गर्नुहोस् । जसले मृत कोशिकालाई पूर्णरुपमा सफा गरी नयाँ कोशिकाको सुरक्षा गर्छ र छाला चम्किलो, मुलायम बनाउँछ । यो प्रकृयाले चाउरी पर्ने खतराबाट समेत जोगाउँछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment