प्राचिनकाल, मध्यकाल सम्म आफ्नो नाम सर्वोच्च स्थानमा राख्न सफल रहेको दोलखा आधुनिक कालमा आएर यस स्थान ओझेलमा पर्न गयो । त्यसैले होला इतिहास शिरोमणी वाबुराम आचार्यले ‘‘जब सम्म दोलखाको इतिहास पुरा हँुदैन तब सम्म नेपालको इतिहास पुरा हुदैन” भन्न निर्धक मान्नु भएको होला । त्यसैले दोलखाको इतिहास गौरवमय थियो भन्ने कुरामा दुई मत अवश्य हुनेछैन । दोलखाले कुनै समय महापतनको संज्ञा पाएको थियो । १४ औं शताब्दीमा सिम्रौनगढका राजा हरिसिंह देव यस ठाउँमा शरण लिन आउनको कारणले पनि उक्त समयमा यस महापतन केन्द्रिय शासन भन्दा कमजोर थिएन भन्ने ऐतिहासिक प्रमाणले देखाउछ । दोलखामा रहेको बौद्ध धर्मालम्वीहरुको बिभिन्न पवित्र चैत्यको रहेका छन् । तर्सथ यहाँ त्यस बौद्ध चैत्यहरुको बारेमा परिचय सहित बर्णण गर्न खोजिएको छ ।
दोलखामा रहेको बौद्ध चैत्य र तिनको अवस्था दोलखामा नेवारहरुको बाहुल्यता रहेपनि यहाँका नेवारहरु बौद्ध धर्म प्रती धेरै अवस्थावान् छन् । ठाउँ ठाउँमा बौद्ध चैत्य हुनु घर घरमा बुद्धको मुर्तीमा पुजा गर्ने प्रचलन हुनुबाट पनि यहाँका नेवारहरुमा धार्मीक सहीष्णुता रहेको छ । जात्राकै रुपमा हेर्दा पनि बडा जात्रा पाङ्जा यल पाङ्जा आर्य वलेकितेश्वर रुपमा मच्छिन्द्र नाथ रथ जात्रा भव्य रुपमा मनाइन्छ । यस्तो स्थानमा रहेको बौद्ध चैत्यहरु वर्तमान अवस्थामा हेर्ने हो भने पुरातात्वीक रुपमा त धेरै नष्ट भैसकेको छ भने केही मर्मत सुधारले गर्दा पौराणीकत्व नष्ट भएर आधुनिक पो हो की ? जस्तो देखिन थालेको छ । त्यसैले अबशेषको रुपमा रहेको पुनः निर्माण पछि पुरातात्विक नझल्कने बुद्ध प्रतिमा विहार चैत्यहरु दोलखामा निम्न रहेको छ ।
सेङचा बौद्ध चैत्य :
भीनपा –४ फुलपा स्थित बौद्ध चैत्य रहेको छ । कुनै इतिहास प्रमाण फेला पर्न त नसकिए पनि यस चैत्यलाई दोलखाको सबैभन्दा पुरानो चैत्य मानिन्छ । चैत्यको भग्नावशेषको रुपमा रहँदा त्यहाँ देखिएका ढुंगाहरु असल खालको देखिएको थियो । पछि तत्कालीन गा.वि स. को वजेटले पुनः निर्माण गरे पछि यस्को हुनु पर्ने कला कृति नष्ट भै आधुनिक सिमेन्टको नव निर्मित जस्तै भाव विहीन देखिन आएको छ ।
दोलखामा बौद्ध धर्मालम्वीहरुको क्षेत्र नागहरुको पानी निकालेर मन्जु पतन शहर बसाल्ने मन्जुश्री बुद्ध, शीखी, कुर्कचन्द बुद्ध दोलखाको लप्ची भञ्ज्याङकै बाटो गरी उपत्यका पसेका थिए भन्ने प्रमाण इतिहासबाट देखाए स्वरुप दोलखामा बास बसेको हुनाले यस स्थानमा मन्जुश्रीको चैत्य हुनु हो । उनिभन्दा अगाडि विपश्वी बुद्ध यही प्यारो नेपाल बसेको भन्ने कथन छ । दश बुद्ध मध्य एक बुद्ध जन्मेको स्थान लप्ची हुनु र भृकुटीको तिब्वत प्रवेश गर्ने यसै स्थान हुनुबाट पनि यस जिल्ला बुद्ध धर्मको क्षेत्रको रुपमा परीचित हुन पाएको हो । भगवान् बद्धको उपदेशका पुस्तकहरु भेटिनु, ठूला (ठूला गुम्वाहरु हुनको कारणले गर्दा दोलखालाई बौद्ध धर्मालम्वी क्षेत्र भन्नु अनुचित नहोला । यस दोलखा तत्कालिन शहर र हालको नगरमा ९ वटा पौराणीक चैत्य रहेकोले दोलखानगर बौद्ध मार्गीको बाहुल्यता रहेको क्षेत्र भन्न सकिन्छ ।
दुङ्गलटोलको बौद्ध चैत्य :
कुनै शिलापत्र नभएको यो बौद्ध चैत्य राम्रो चक्रावती रहेको भग्नावशेषको रुपमा रहेको थियो । चक्रावतीको कला हेर्दा यो चैत्यले पुरातात्विक हिसाबले पहिला अत्यन्त आर्कषक रहेको मानिन्छ । हाल केही वर्ष यता काठमाण्डौं बासी शाक्य बन्धुहरुको आर्थिक साहयताबाट पुनः निर्माण भए पछि यस्को पनि पुरातात्विक समृद्धी नष्ट भएको छ । रातो तेलिया इँटले रातो देखिने चैत्य सिमेन्ट र बनाउने ढुंगा नपुगेर आधुनिकता देखिएको छ । स्मरण रहोस् दोलखाको सम्पूर्ण चैत्यहरु रातो रंगको हुने गरेको थियो ।
कोर्छेको बौद्ध चैत्य ठूलो :
यो चैत्य बास्तु र मुर्तीकलामा विशिष्ठ देखिन्छ । पुरातात्विक विभागले पुनः निर्माण गर्नु भन्दा अगाडी नै यहाँको चक्रावली विग्रीसकेर अवशेषको रुपमा केही मात्र बाँकी थियो । पछि पुरातात्विक विभागले पुनः निर्माण गरेपछि केही नमिल्दो आकारको रुपमा देखिन आएको छ । पछि चक्रावली हाल्न आश्वासन दिएर गएको पुरातत्व विभाग १५ आंै वर्ष गैसक्दा पनि फर्केर आएको छैन । हाल गुम्वामात्र छ चक्रावली छैन । कोर्छेको बौद्ध चैत्य सानो पूर्ण भग्नावशेषको रुपमा केही ढिस्कोको रुपमा मात्र रहेको यो चैत्य दोलखा स्थित तिलिञ्चो परिवारको सकृयतामा भीमेश्वर नगरपालिकाको अनुदानबाट पुनः निर्माण गरिदाखेरी अत्यन्त कलात्मक धातुको मुर्तीहरु लगायत माटाको बौद्ध चैत्य आकारको चैत्यहरु भेटिएको थियो । हाल संरक्षणको निम्ती दोलखा भीमेश्वरको भण्डारमा राखिएको छ । उक्त पुनः निर्माण आधुनिक ढंगबाट नै भयो । हाल चारै दिशामा मुर्ती विहीन छ ।
नकछें सेङटोल चैत्य :
यो धर्मधातु चैत्य काठमाण्डांैको स्वंयभूुको शैलीमा निर्माण भएको थियो । त्यसैले उक्त टोलको नाम नै सिम्भूटोल राखिएको छ जसलाई स्थानिय दोलखा नेपाल भाषामा सेङटोल भनिन्छ । यो स्तुप आधा ढुंगा र आधा तेलिया इँटाले बनेको छ । चक्रावती छत्र भने झिर्ण भै बिग्रिसकेको थियो । पछि कालिन्चोक युवाक्लवको सकृयतामा पुनः निर्माण गरिएको छ । चक्रावली भने हाल्न नसकेर इँटको बनाएको छ । उक्त निमार्ण सहयोग सामाजिक सेवा राष्ट्रिय समन्वय समितीको अनुदानबाट भएको थियो र निर्माण पनि गरीएको छ ।
मन्जुश्रीः
भीनपा वडा नं. २ तिलिञ्चो स्थित यो चैत्यको रुपमा नरहेर मन्दिरको रुपमा छ । जसलाई स्थानिय वासिन्दाले सरस्वतीको रुपमा मान्ने गर्दछन् । यसै ठाउँमा मन्जुश्री आएर बसेको किम्वदन्ती छ ।
धर्मधातु चैत्य डोक्छें :
चैत्यहरु मध्ये ऐतिहासिक प्रमाण भेटिएको चैत्य यो चैत्य हो । दोलखाका प्रसिद्ध शासक जयनारायण देवले ने.स.६६९ वि.स.१६०६ मा निर्माण गर्न लगाएका हुन् । चैत्यमा छत्राकारको सुनको गजुर रहेको छ । राजपरिवार र भारदारहरुले चढाएको ९ वटा चक्रावली लहरै रहेको छ । अक्षेभ्य आदि विभिन्न मुद्राका बुद्धका मुर्ती चारैतिर रहेको छ भने उत्तरतिर बुद्धमुर्तीमा सप्तफणी नाग पनि दर्शाएको छ । यस क्षेत्र वरी परी विहारछें टोल रहेकोले पहिला बौद्ध विहारहरु पनि थियो होला भन्न सकिन्छ । यसको साथै २०६७ साल जेष्ठ महिनामा फेरी कालिञ्चोक युवा क्लव, पाटनको शाक्य परिवारको र पुरातात्वीक बिभागको सहयोगमा पुनः निर्माण कार्य भएको छ । साथै गजुरमा पाटनका शाक्य परिवारहरुले १० तोला सुनले जलप लगाई दिएको छ । यस्तै गरी स्वयम्भुको चारै तिर बत्ति बाल्ले दियोहरु राखिएको छ ।
बज्रयोगीनी (जोगिन देउ) :
बज्रयोगीनी जोगीनी देउ प्राचिनकालमा अत्यन्त राम्रो चैत्य थियो भन्ने किम्वदन्ती छ । हाल मन्दिर पनि छैन एक साने बौद्ध चैत्य छ । वेतालमाथी बसेको पात्र र खड्ग लिएका माहाकालका खण्डित मुर्ती छ ।
आर्यवलोकितेश्वर मच्छीन्द्र नाथ :
बौद्ध मार्गीहरुले आर्थवलोकितेश्वरको रुपमा पुजिन्ने रातो मन्छीन्द्र नाथ रथ बनाएर तानीने गरीन्छ । यस्को स्थापना कहिले भयो भन्ने ऐतिहासिक प्रमाण केही छैन । तर नेपाल सम्वत् ७०१, बिक्रम सम्वत् १६३८ मा ओमबहालका भीक्षुहरुले चढाएको सुनको प्रभा हृदयफुलमा सम्वत् अंकित छ ।
दोलखाको समुदायको स्थिती :
प्रायः जसो किसान भएको यस स्थानमा विग्रेका मठ–मन्दिर चैत्य बनाउन सक्ने अवस्था छैन । बर्षेनी देवता चोरीले गर्दा धेरै मुर्तीहरु हराई सकेका छन् । दोलखाली समुदायले आफ्नो तर्फबाट केही श्रम सहयोग भने प्रदान गर्ने गरेको छ । अन्य संघ संस्थाले निर्माणको निम्ती अनुदान दिएको खण्डमा शारीरिक श्रम दिएर सहयोग गर्ने गर्दछन् ।
जातिय आधार :
नेवारको वाहुल्यता रहेको यस क्षेत्रमा बौद्ध मार्गीहरु पनि धेरै छन् । बज्राचार्य, तुलाधर, मल्ल केहि श्रेष्ठहरु रहेको देखिन्छ । वज्राचार्यहरुको कमीले गर्दा वर्तमान अवस्थामा हिन्दुत्वतिर ढल्की सकेको देखिन्छ । दोलखामा तान्त्रिक साधनका लागी वज्राचार्यहरु प्रशिद्ध हुन्थ्यो वर्तमान अवस्थासम्म पनि दोलखामा राती निकालीने भैरव कुमारी जात्रामा प्रथम वज्राचार्य बाहिर निस्केर तान्त्रिक साधना गर्दे सबभन्दा अगाडि हिड्ने प्रचलन रहेको छ ।