Search

गुणस्तरीय प्रारम्भिक बाल विकास सन्दर्भ र नीजि विद्यालयको अभ्यास

गुणस्तरीय प्रारम्भिक बाल विकास सन्दर्भ र नीजि विद्यालयको अभ्यास
देविना प्रधानाङ्ग

प्रारम्भिक बाल विकास भन्ने वित्तिक्कै गर्भावस्थाको वालकदेखि ८ वर्षसम्मका बालक भन्ने कुरा सर्वविदित नै छ । यस उमेरका बालबालिकाको सबै पक्ष (सामाजिक, संवेगात्मक, शारीरिक र मानसिक) को विकास जीवनको अन्य अवस्थाहरुमा भन्दा द्रुतत्तर विकास हुने गर्दछ । यस अवधिमा हुने विकासको आधारमा जीवनको अन्य क्षेत्रहरुमा हुने प्रगतिको तय हुने भएकोले यस उमेर अवधिलाई प्रारम्भिक बाल विकास भन्ने गरिएको छ ।

हाम्रो समाजमा यी उमेरका समूह मध्ये करिवन २ वर्ष देखि नै बालबालिकालाई घरबाट छुट्याइ विद्यालय÷स्याहार केन्द्रहरुमा राख्ने प्रचलन अत्याधिक छ । नेपाल सरकारले ५ वर्ष उमेरका समूहलाई प्रारम्भिक बाल विकास केन्द्र वा पूर्वप्रथामिक कक्षाको व्यवस्था गरेको छ भने ५ वर्ष भन्दा मुनिका लागि बाल स्याहार केन्द्रको व्यवस्था गर्न स्थानीय निकायलाई अधिकारको प्रावधान छ । यी उमेरका बालबालिकालाई सेवा पु¥याउन नीजि संघसंस्था र व्यक्तिहरूलाई पनि खुल्ला गरिएको अबस्थामा निजीरुपमा मन्टेश्वरी, पूर्बप्राथमिक बिद्यालयहरू ओइरो लागेको पाइन्छ । यस्ता नीजि विद्यालयहरुले बालबालिकाहरु अति सानै उमेर करिबन २वर्षका देखिन लिने गरेको पाइन्छ । ती केटाकेटीहरुलाई सिकाउने नाममा अंग्रेजी माध्यममा बोझपूर्ण शिक्षण गर्ने गरेको पनि पाइन्छ । यस्ता परिपाटीले बालबालिकामा हुने नकारात्मक प्रभावहरुलाई महशूस कमै गरिए तापनि त्यसको असर प्रति समाज परिवार र राष्ट्र आजित छन् । किनभने हालको परिस्थितिलाई हेर्दा सानै उमेरमा पूर्वप्राथमिक विद्यालयमा सम्मिलित भएका यूवा जमात छन् जसले मौलिक संस्कृति, मातृभाषा, नैतिक आचरण, सामाजिक कर्तव्य र संवेगात्मकतालाई गहन रुपले लिन छाडेर आधुनिकलताको नाममा स्वेच्छाचारी बनेको पाइन्छ ।

प्रारम्भिक बाल विकास सेवाको महत्वपूर्ण योगदानलाई नकार्न सकिदैन तर कस्तो सेवा र कसरी सेवा भन्नेमा सरकारी संस्था र नीजि संस्थाहरु सचेत भएन भने हामीले अपेक्षा गरेको मानव स्रोत र समाज प्राप्त होला वा नहोला भन्ने प्रति संवेदनशील हुनुपर्छ । आजको समाजमा प्रारम्भिक बाल बालिकाका लागि सानै उमेरदेखि सेवा हुनुपर्ने कुरालाई नकार्न सकिदैन । अध्ययनको सिलसिलाबाट प्राप्त आधार हेर्ने हो भने समाजमा परिवर्तित पारिवारिक ढाँचा र सानो परिवारले गर्दा जीबिकोपार्जनका लागि आमाबाबु दुवै काममा जानुपर्ने अवस्था, सामाजिक बाध्यता, आधुनिकवाद, बाल विकास सम्बन्धी खोजको आधारमा अन्तर्राष्ट्रिय दवावले गर्दा सानै उमेरदेखि बालबालिकालाई केन्द्र बा विद्यालयमा पठाउने प्रचलन बढ्दो छ (देबिना १९९९) । यसरी हेर्दा बालबालिकालाई सानै उमेर देखि परिवारबाट टाढा राख्नु एकातिर बाध्यता छ भने अर्को तिर बालबालिकाको यथोचित विकासका लागि भन्ने देखिएको छ । तर हाम्रा सम्पूर्ण केन्द्र वा विद्यालय हाम्रा यी उमेरका बालबालिकाको उमेरगत रुपले विकासात्मक आधारमा उपयुक्त छन् त ? यस कुरामा सरकार, नीजि संस्था र अभिभावकहरु सचेत हुनु पर्ने देखिन्छ ।

यदि बालबालिकाको लागि उमेरगत रुपले विकासात्मक आधारमा केन्द्र वा विद्यालय नभएमा गुणस्तरीय सेवा दिएको मान्न सकिदैन । गुणस्तरीय सेवा नदिने यस्ता केन्द्र वा विद्यालयबाट बालबालिका प्रति सकारात्मक भन्दा नकारात्मक प्रभाव पार्ने कुरा प्रष्ट छ । बिभिन्न अध्ययनहरुको आधार धेरै तथ्यहरु फेला परेका छन् । गुणस्तरीय प्रारम्भिक बाल विकास कार्यक्रमले धेरै सानै उमेरका बालबालिका खास गरेर न्यून आयस्रोत तथा पिछडिएका पारिवारिक समूहका बालबालिकामा प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । किनभने प्रारम्भिक बालविकास कार्यक्रम र शिक्षाले बौद्धिक तयारी मात्र होइन कि यसले सुस्वास्थ्य, संवेगात्मक विकास, सामाजिक, सामिप्यता, मौलिकता, शारीरिक विकास (ग्यालाघ्यू १९९३) भाषिक विकास (डाइसन र जेनिसि १९९३) तथा अन्य आधारभूत सीपहरुको विकास भै जीवनपर्यन्त आवश्यक मानिसक सीपहरुलाई विकास गर्नमा टेवा पु¥याउँछ ।

यसरी यी सम्पूर्ण पुष्टिहरुलाई हेर्ने हो भने गुणस्तरीय प्रारम्भिक बाल विकास कार्यक्रमलाई हामीले अनुशरण गर्नु पर्दछ । यदि गुणस्तरीय कार्यक्रम नभएमा बालबालिकामा सकारात्मक भन्दा नकारात्मक अर्थात् सर्वपक्षिय विकासका लागि घातक हुन जानुका साथै समाजका अनुकरणीय मूल्य मान्यता पनि ह्रास हुदै जान्छ । यस कुरालाई बेलैमा चासो लिनु पर्दछ । गुणस्तरीय बालविकास कार्यक्रमका लागि गहन बहस गर्दै नेपाल सरकारले प्रारम्भिक वाल विकास केन्द्र वा पूर्ब प्राथमिक कक्षा कस्तो हुनुपर्छ भन्ने गहन अध्ययनका साथ मापदण्ड जारी गरिएको छ । जसले प्रारम्भिक बाल बिकास केन्द्र वा कक्षामा भौतिक, शैक्षिक तथा अन्य आवश्यकतालाई इंगित गर्दै प्रारम्भिक बाल विकास केन्द्र न्यूनतम मापदण्ड (२०६९ संसोधन २०७४) जारी गरेको छ । जुन मापदण्ड निश्चित उमेर (३ देखि ५) का लागि सेवा दिने केन्द्र वा कक्षाका लागि भित्री बाहिरी तथा अन्य न्यूनतम आवश्यकतालाई चाहे सामुदायिक होस वा नीजिले पूर्ण रुपले पालना गर्नुपर्दछ भन्ने बाध्यात्मक निर्देशन दिएको छ ।

यस्तै अर्को गुणस्तरीयतालाई हेर्नु पर्दा यस उमेरका बालबालिकालाई संलग्न गराउने क्रियाकलापमा केन्द्रीत हुन जरुरी छ । यस सन्दर्भलाई दृष्टिगत गर्दा पूर्वप्राथमिक पाठ्यक्रम भन्ने बुझिन्छ तर साना बालबालिका पाठ्यक्रमको कुरा गर्दा विवाद उठ्ने गर्छ । के ससाना बालबालिका लागि पनि पाठ्यक्रम चाहिन्छ ?यस अबस्थामा चाहिने र नचाहिनेको विवाद भन्दा पनि देशको परिस्थित, मानव संसोधनको अवस्थालाई हेर्र्र्दा सधै बालबालिकालाई के कस्ता क्रियाकलापमा संलग्न गराउने भन्ने दुविधा प्रचूर नै उब्जने अबस्था छ ।त्यसैको निराकरणका लागि नेपाल सरकारले पाठ्यक्रम पनि जारि गरेकोछ ।

हाल हाम्रो देशमा नीजि विद्यालयहरुले उमेरको ख्यालै नगरि प्रतिस्पर्धात्मक रुपले बालबालिकालाई शिक्षणलाइ लाडिएको अवस्था छ । बालबालिकाको विकासात्मक क्षमता उमेरगत रुची, वैयक्तिक आवश्यकतालाई कमै मात्र ध्यान दिएको पाइन्छ । बालबालिकाले कसरी सिक्छन् भन्ने भन्दा के के सिकाउनेमा केन्द्रीत भइ शैक्षिक पक्षलाइ बढी जोड दिइएको पाइन्छ जुन कुरा नीजिकेन्द्र वा विद्यालयबाट सामुदायिक केन्द्र वा विद्यालयमा पनि सरेको पाइन्छ । यस्ता परिपाटीले बालबालिकालाई बालबालिकाको रुपमा नलिई एउटा मेसिनको रुपमा ग्रहण गरेको छ । उदाहरणको लागि धेरै विषय बस्तु सिकाउने, अत्याधिक विषयहरु समावेश गर्ने बढी भन्दा बढी कोर्ष कन्टेट राख्ने, मातृभाषा भन्दा अन्य भाषालाई जोड दिने, आवधिक लिखित र अन्य परिक्षाहरुमा संलग्न गराउने, जस्ता कार्यले बालबालिकामा सिकाइ उत्सुकता भन्दा सिकाइ बाध्यतामा परिणत भएको पाइन्छ । यस्ता वाध्यताले बालबालिकाको सर्वाङ्गीण बिकासमा त प्रभाव पार्छ पार्छ । त्यस अलवा उनीहरुमा केही उमेर पश्चात् सिकाइ प्रतिको नैराश्यता जन्माउन थाल्दछ । साथै बालबालिकामा घोकन्ते परिपाटीले अत्याधिक श्रेय पाएर बालबालिकामा रहेका मौलिक सिकाई रणनीति र वौध्दिक विकासका पक्षहरुजस्तै सिर्जनात्मकता, धारणात्मक प्रष्टता, तार्किक सीप, गहन विचार, विश्लेषणात्मक र संश्लेषणात्मक सीप, कारण र प्रभाव खोज्ने परिपाटी, सत्य तथ्य पहिल्याउने सीपमा ह्रास आउने गर्दछ ।

हुन त बालबालिकाको दिमाग एकदम स्वच्छ र सिकाइ उत्सुक हुने भएकाले विभिन्न कुरा सिकाइ गरिरहेको अवस्थामा विभिन्न भाषाहरु पनि सिक्न नसक्ने हैनन् । तर बालबालिकामा भाषा सिकाइ आवश्यकता भए तापनि एउटा असल र सक्षम नागरिकमा सिर्जनात्मकता, विश्लेषणात्मकता, तार्किकता र सत्य तथ्यको पहिचान पनि त्यति नै आवश्यक पर्छ । अन्य भाषाको सिकाइ पछिको उमेरमा पनि हुन सक्छ तर माथि उल्लेखित सीपको विकासको जग त सानै उमेर नै हो । किनभने यो शैक्षिक र वौध्दिक विकास मात्र नभएर मानसिक विकासको जग पनि हो । यो उमेरमा सिर्जित भएको मानसिकताले जीवनको हरेक अवस्थामा प्रभाव पारिरहेको हुन्छ ।

अतः यी सीप विकास गर्न जति मातृभाषा माध्यमको सिकाइले सहयोग गर्छ त्यति वैदेशिक भाषाले सहयोग पुग्ने वातावरण न्यून हुन्छ । मातृभाषाबाट राम्ररी सिक्न सक्नेले अन्य भाषा सिक्न त्यति गाह्रो नहुनु तथ्य पनि धेरै ठाउँमा उजागर नभएको हैन तर पनि निजी विद्यालयहरुले सान, मान र दामलाई ध्यानमा राखी अंग्रेजी भाषालाई अत्यधिक ग्रहण गरेको पाइन्छ । तर अहिले निजी विद्यालयले अंग्रेजी माध्यमलाई सान, मान, दामको रुपमा लिएका छन् भोली त्यसैलाई सबै सामुदायिक विद्यालयहरुले ग्रहण ग¥यो भने आफ्नो अस्तित्व र ब्यापारका लागि त्यस्ता नजी विद्यालयहरुले सानै उमेर देखि नै अंग्रेजी, मातृभाषा,र नेपाली बाहेक चाइनिज, जापानिज, कोरियन र यस्तै अन्य अन्य भाषालाई प्राथमिकता दिन वेर लाग्दैन । यस्ता परिपाटीले देशको अस्तित्व, सामाजिक राम्रा असल मूल्य मान्यता, नैतिकता, संस्कृति, भाषा इत्यादिलाई धरापमा राख्ने प्रति सजग रहनुपर्छ । किनभने हाम्रा अभिभावकहरुलाई दो¥याउने डोर पनि बालबालिका नै हो । आज विद्यालयको नवीन प्रयोगले आकर्षित अभिभावक भोलिको परिणाममा अनभिज्ञ हुने गर्दछ ।

बालबालिकाको सिकाइलाई हेर्दा यस उमेरका लागि के सिक्ने भन्दा कसरी सिक्ने भन्ने कुरामा केन्द्रीत हुनुपर्दछ । यसैलाई दृष्टिगत गरी पाठ्यक्रमले आधारभूत क्षेत्रका सिकाइ उपलब्धीहरुलाई अघि सारेको छ । यस अन्तर्गत वौद्धिक अवधारणा र सीप समेटेमो छ । यस भित्र वौद्धिक कार्य जस्तै समानता र भिन्नता, वर्गीकरण र सामान्यीकरण, व्यवस्था र मिलान तथा सम्बन्धको आधार समेटेको छ । अर्को हो सोचाइ प्रक्रिया जस्मा स्मरण, धारणा विकास, समस्या समाधानलाइ समेटेमो छ । साथै मानसिक अभिवृत्ति जस्मा वौद्धिक कार्यको नियन्त्रण, ध्यानपूर्व सनाइ एकाग्रता र धैर्यता छन् । अर्को आधारभूत बिषयबस्तु अन्तरगत स्वास्थ्य शिक्षा, पोषण र सुरक्षा जस्मा शरीर बारे जानकारी स्वास्थ्य, सुरक्षा, पोषण, स्वास्थ्य सेवा र औषधी उपचार तथा वातावरण समेटेका छन् । त्यस्तै शारीरिक विकास सीप शरीर सम्बन्धी ज्ञान, शारीरिक संगठन हिडाइ र चाल, शरीर सन्तुलन तथा चालबाट अभिव्यक्ति छन् भने नैतिक सीप भित्र शिष्टाचार र सामाजिकरण, नित्यकर्म, साथीसंग सम्बन्ध र अन्य व्यवहार, दायित्व तथा धार्मिक सहिष्णुता र कदर लाइ समेटेकोे छ ।

यी सम्पूर्ण क्षेत्र ज्ञान सीप हासिल गराउन पाठ्यक्रमले शीर्षकगत÷थिम्याटिक शिक्षण पद्धतिको माध्यमबाट एकिकृति सिकाइलाई जोड दिएको छ । किनभने यो उमेरमा बालबालिकालाई यो विषय सिक उ विषय सिक भन्नु भन्दा पनि हरेक विषयको तत्वबोध गर्नका लागि क्रियाकलापमा संलग्न गराउनु हो । जुन तत्वबोधले गर्दा बालबालिकामा विषय सम्बन्धी सामान्य धारणा र सीपलाई संकलित गरी उपल्लो कक्षाहरुमा विषयगत विशेषता हासिल गर्नका लागि आधार तयार गर्ने गर्दछ । जसलाई हामी सिकाइको आधार तयार भन्ने गर्छौ । यिनै सिकाइ आधारको सहयोगले बिषयगत सिकाइलाइ मजबूत जग तयार गर्नेगर्छ ।

नेपाल सरकारले प्रस्तुत गरेका यी दुई मार्ग दर्शनलाई प्रत्येक विद्यालय वा केन्द्रले अँगीकार गर्न सकेमा बालबालिकाले उसको क्षमता, रुची र आवश्यकता अनुसारको सेवा प्राप्त गरी गुणस्तरीय सेवा प्राप्त गर्न सकिन्छ । जुन बालबालिकाको लागि आवश्यक पनि छ । अतः नेपाल सरकारले गरेका प्रयासलाई निजी एवं सामुदायिक विद्यालयले सहयोग गरेमा हाम्रा बालबालिकाहरु भविष्यका असल, सक्षम र सफल मानवस्रोत, असल र सम्य नागरिक बन्न सक्छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment