Search

दोलखाका गायन क्षेत्रका युवा हस्ती दीपक श्रेष्ठ स्वप्निल

दोलखाका गायन क्षेत्रका युवा हस्ती दीपक श्रेष्ठ स्वप्निल

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ तल्लो विहार्छेमा बाबु बुद्धी बहादुर श्रेष्ठ र आमा स्वर्गिय रत्नमायाँ श्रेष्ठको कोखबाट जन्मनु भएको कान्छा छोरा दिपक श्रेष्ठ स्वप्नील । बाल्यकालदेखि नै गायन क्षेत्रमा लगाव र रुची रहेको श्रेष्ठको प्रेरणाको श्रोत बुबा बुद्धि बहादुर श्रेष्ठ हुनु हुन्छ ।

हेर्दा खेरी जति शान्त र महिन देखिन्नु हुन्छ । त्यसै गरी स्वभाव पनि त्यही प्रकृती संग मिल्दा झुल्दा श्रेष्ठ विद्यालयमा अध्ययन शुरु गरीएको अवस्थादेखि नै संगित क्षेत्रमा सक्रिय आउनु भएको थियो । विद्यालयले आयोजना गरिएको हरेक साँगितीक प्रतियोगतीका सधै प्रथम हुन सफल हुनु हुन्थ्यौ । यसरी जहिले पनि विद्यालयमा प्रथम स्थान हासिल गर्न सफल भएपछि सांगीतिक क्षेत्रमा झन चाख र रुचीका साथ अझ अगाडी बढ्नु भयो ।
विद्यालय स्तरीय अध्ययन पुरा गरी उच्च शिक्षा हासिल गर्नको लागि वि.सं.२०५६ सालमा काठमाण्डौं आउनु भएको श्रेष्ठले संगित विषयमा ललितकला क्याम्पसबाट अध्ययन पुरा गर्नु भयो । यसै गरी रेडियो नेपालको आयोजनामा नेपाल राज्यव्यापी आधुनिक गीत प्रतियोगीतामा उत्कृष्ठ दशौं स्थानमा परी भ्वाईस टेष्ट पास गर्नु भयो ।

यसरी काठमाण्डौं आएपछि पहिलो गायन यात्राको क्रममा अगाडी बढ्दा बढ्दै पप आधुनिक गीतको ३ वटा एक्कल गिती एल्वम सार्वजनिक गर्नु भयो, त्यसै गरी दोलखाली नेवार भाषामा ईतार नामको गिती एल्बम निकाल्नु भयो भने २ वटा गितको भिडियो एल्बम निकाल्न सफल हुनु भयो । यसै गरी दुई वटा भजनको एल्बम निर्माण गर्नु भयो भने संगितकारको रुपमा दुई वटा बाल गित एल्बम निकाल्नु भयो ।

भारतको प्रसिद्ध च्यानल जि. टिभिको सा रे ग म प मा नेपालबाट प्रतिनिधित्व गरी आफ्नो उत्कृष्ठ गायन प्रस्तुत गरी ऐतिहासिक जन्म स्थल दोलखा र नेपालको शिर उच्च राख्न सफल हुनु भयो । सा रे ग म प को दौरानमा रहन्दा भारतका ख्याती प्राप्त र संगीतका दिग्गज व्यक्तिहरु जगजीत सिं, गुलाम अलि, जाकिर हुसैन, चित्रा सिं ओपि नैयर, शान जस्ता अन्य संगीतका हस्तीहरु संग एक महिनासम्म संगै बसि संगितका धेरै विषयमा जानकारी लिन अवसर प्राप्त गर्नु भएको थियो । यसपछि जन्मस्थल दोलखा, सदरमुकाम चरिकोट, जिरी र उपत्यका लगायत नेपालका बिभिन्न शहरहरुमा आयोजना गरिएको सांगितीक कार्यक्रमहरुमा आफ्नो सुरिलो र मिठो स्वरको प्रस्तुतीकरणबाट सांगीतीक यात्राको लागि थप उर्जा प्राप्त गर्न सफल हुनु भएको छ ।

काठमाण्डौं उपत्यकाको बिभिन्न स्कुलहरुमा संगितको गुरुको रुपमा कार्यरत श्रेष्ठ सांगीतिक यात्रामा मात्रा नभएर सामाजिक क्षेत्रमा पनि उतिकै चाख राख्नु हुन्छ । लायन्स क्लव अफ दोलखाको अध्यक्ष समेत भर्ई सक्नु भएका श्रेष्ठ दोलखा काठमाण्डौं र भक्तपुर ठिमीको बिभिन्न सामाजिक संघ–संस्थामा आवद्ध सांस्कृतिक कार्यक्रमहरुमा समेत आफुले सक्दो सहयोग निरन्तर गर्दै आउनु भएको छ । यसरी सदादिन यसै गरी सांगीतीक क्षेत्रमा अघि बढोस् भन्ने कामना सहित भविप्यमा उन्नती र प्रगतीको कामना हामी दोलखावासीहरुले गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!