१० भदौ, बाँपीझ्याला, काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणका ८८५ बिरामी थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पीसीआर परीक्षणबाट आएको नतिजा बमोजिम ८८५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा भाइरसबाट सङ्क्रमित हुने ३४ हजार ४१८ पुगेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १३ हजार २५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हाल १४ हजार ७३९ जना आइसोलेशनमा छन् ।
पप्छिल्लो चौबीस घण्टामा ३८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्