Search

चार वर्ष यता बैंङ्कको सबै भन्दा सस्तो व्याजदर

चार वर्ष यता बैंङ्कको सबै भन्दा सस्तो व्याजदर

बाँपीझ्याला, काठमाण्डौं । विश्वमा संक्रमणको रुपमा देखिएको कोभिड –१९ भाईरसको संक्रमण नेपालमा पनी हुने देखिएपछी २०७६ चैत्र ११ गते देखि नेपाल सरकारले नेपाली जनताहरुको सुरक्षाको लागि बन्दाबन्दी घोषणा गरिएको थियो जुन हालसम्म पनी किस्तावन्दीमा बन्दाबन्दी गर्दै आएको छ । तर यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा नराम्रो परेको छ । यसै गरी चालू आर्थिक वर्षमा ब्याजदर घटाउने प्रतिस्पर्धा छ । अधिकांश बैङ्कले ब्याजदर घटाएर सार्वजनिक गरिरहेका छन् ।


गत वर्षसम्म लगानी गर्ने रकम नभएर बैङ्कहरु कर्जा लिन आउनेलाई रित्तो हात फर्काउँथे तर अहिले अवस्था फरक छ । यद्यपि मुलुक अहिले पनि अघोषित बन्दाबन्दी र पछिलो चरणमा उपत्यका तिनवटा जिल्ला प्रशासन कार्यालयहरुको प्रमुखको सहमतीमा निषेधज्ञा मै छ । यसकारण अझैपनी कर्जा मागको सम्भावना न्यून रहेको देखिन्छ ।


नेपाल बैङ्क लिमिटेडले तीन साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग¥यो । यता राष्ट्रिय वाणिज्य बैङ्कले पनि सर्वाधिक कम ब्याजदर कायम गर्यो । सरकारी मात्र होइन निजी बैङ्कहरू पनि ब्याजदर घटाउन पछि परेका छैनन् ।
एनएमबी बैङ्कले पनि ७.९९ प्रतिशतमा घर कर्जा दिने भनेका छ । दुई वर्षको घर कर्जा लिनेले उक्त ब्याज दरमा कर्जा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।


बैङ्किङ क्षेत्रमा अधिक तरलता भएपछि बैङ्कको ब्याजदर सर्वाधिक सस्तो भएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले ब्याजदर विगत चार वर्ष यताकै सबै भन्दा सस्तो दरमा रहेको छ । निक्षेप तथा कर्जा दुवैको ब्याजदर घटेको छ । बैङ्कहरुको आधारदर नै अहिले चार वर्ष यताकै न्यून छ ।


आर्थिक वर्ष २०७३/ ०७४ अर्थात २०७४ साल असार मसान्तसम्म ६.१५ प्रतिशत ब्याजदर निक्षेपकर्ताले पाउँथे । त्यसपछिको पछिल्ला २ वर्ष यता अर्थात आर्थिक बर्ष २०७४/ ०७५ र २०७५/ ०७६ मा ब्याजदरमा केही बढेको अवस्था रहे पनि अहिले आएर घटेको छ । अहिले २०७७ असार मसान्तसम्म ६.१ प्रतिशत ब्याजदर निक्षेपको रहेको छ ।


आर्थिक वर्ष २०७५/ ०७६ मा बैङ्कहरु ब्याजदर प्रतिस्पर्धामा आक्रामक रूपमा उत्रिए । बढाबढ गरेर ब्याजदर दिने प्रतिस्पर्धाले बैङ्किङ क्षेत्रमै अस्वस्थ प्रतिस्पर्धा बढायो । निक्षेपमै १३ प्रतिशतसम्म ब्याजदर दिन केही बैङ्कहरु तयार भए । तर ब्याजदर बढाए पनि नयाँ निक्षेप नआएको र बैङ्कहरुकै निक्षेप खोसाखोस भएपछि बैङ्कहरु भद्र सहमति गर्न बाध्य भए । भद्र सहमति उल्लङ्घन गर्दै केही बैङ्कले ब्याजदर बढाए । यसरी उलंग्न गर्ने बैङ्क संग अरु बैङ्कले आन्तरीक कारोबार नगर्ने भनेपछि पुनः सो बैङ्क प्रतिस्पर्धाबाट पछाडी हट्यो ।


यसरी आर्थिक वर्ष २०७५/ ०७६ र २०७६/ ०७७ मा ब्याजदरमा निकै अस्थिरता आयो । दुई आर्थिक वर्षमा भएको अस्थिर ब्याजदर प्रतिस्पर्धा अहिले अन्त्य भएको छ । बैङ्कहरुको भद्र सहमति अहिले खारेज भइसकेको छ ।
बैङ्कमा लगानीयोग्य रकम तरलता भई थुप्रिएपछि बैङ्कहरुलाई आफूसँग भएको रकम कहाँ लगानी गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल नयाँ कर्जाको माग नै कम भएको र लगानीको माग आए आफूहरु लगानी विस्तार गर्न तयार भएको बताउँछन् । अहिले बैङ्कमा पैसा फालाफाल भएपछि ब्याजदर घटाउने प्रतिस्पर्धा छ । असार मसान्तसम्म बैङ्किङ प्रणालीमा २ खर्बभन्दा बढी तरलता रहेको छ ।


यस्तै कर्जाको ब्याजदर पनि १०.११ प्रतिशत छ । यो असार मसान्तसम्मको अवस्था हो । तर कोरोनाका संक्रमणका कारण भएको बन्दाबन्दीले ब्यापार व्यवसाय बन्द हुँदा ऋणको ब्याजदर सस्तो भए पनि ऋणको माग भने निकै न्यून रहेको सम्वन्धीत बैङ्कहरुर हरुको भनाई रहेको छ । आर्थिक वर्ष २०७३/ ०७४ मा कर्जाको ब्याजदर ११.३३ प्रतिशत थियो । त्यसको एक वर्षपछि बढेर १२.४७ प्रतिशत भयो । तर फेरि केही घटेको कर्जाको ब्याजदर अहिले भने निकै घटेको छ ।
यसै गरी बैङ्कहरुको आधार दर (बेस रेट) पनि चार वर्ष यताकै न्यून छ । बेस रेट कम हुनु भनेको ऋणीलाई कर्जाको ब्याज सस्तो पर्नु पनि हो । असार मसान्तसम्म बैङ्कहरुको आधारदर (बेस रेट) ८.५ प्रतिशत रहेको छ । जबकि गत वर्ष ९.५७ प्रतिशत थियो । आर्थिक वर्ष २०७५/ ०७६ मा सबैभन्दा महँगो आधारदर रहेको थियो । त्यतिबेला बैङ्कहरुको आधारदर १०.४७ प्रतिशत रहेको थियो ।

यी बैङ्किङ क्षेत्रका पछिल्ला प्रतिनिधिमूलक घटना हुन् । कुनै बेला कठिन बनेको कर्जा उपभोक्ताका लागि अहिले सहज मात्रै भएको छैन सस्तो, सुलभ र प्रतिस्पर्धी पनि बनेको छ । यसरी नेपालको अर्थतन्त्रमा कोभिड –१९ को संक्रमणको कारणले गर्दा नराम्रो असर पर्ने आकंलन अर्थविद्हरुले गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment