Search

क्रिकेट संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित

क्रिकेट संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित

बाँपीझ्याला, काठमाण्डौं । भदौ १५ सम्म गर्ने भनिएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले कोरोना भाइरसको संक्रमण बढिरहेकाले क्यानको साधारणसभा तत्कालका लागि सम्भव नभएको बताए। उनका अनुसार क्यानले साधारण सभाका लागि स्थिति सहज भएर सूचना प्रकासन गर्नेछ।

यसअघि गत साउन पहिलो साता क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ सम्म वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो।

त्यतिबेला विभिन्न पाँच पदका लागि दरखास्त आह्वान गर्ने पनि निर्णय गरेको थियो। तर एक महिना बित्दा पनि दरखास्त आह्वान गरिएको छैन।

प्रमुख प्रशिक्षक, महाप्रवन्धक, बित्त प्रवन्धक र क्रिकेट व्यवस्थापकको पदपूर्ति गर्नका लागि एक साताभित्र सूचना प्रकासन गर्ने क्यानले जनाएको थियो। सूचना प्रकासन गर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग समन्वय गरिने क्यानको भनाइ थियो।

यो अवधिमा क्यानले आइसिसीसँग समन्वय गरे पनि सूचना प्रकासित गर्न सकेको छैन।

गत माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पद रिक्त छ। अहिले राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!