Search

लोकगीतमा पल र रियाशाको जोडी

लोकगीतमा पल र रियाशाको जोडी

गायका ईश्वर थापा र देवी घर्तीको स्वरमा नयाँ लोकगीत सार्वजनिक भएको छ। आइतबार ‘लाइदिम् कि मोहनी’ बोलको उक्त म्युजिक भिडिओ सूर्य खड्का युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

म्युजिक भिडिओमा पल शाह र रियास ढकालको जोडी देख्न सकिन्छ। गीतमा शिव अखेलीले शब्द दिएका छन् भने सूर्या खड्काको संगीत रहेको छ। भिडिओलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन्। यसमा उनकै कोरियोग्राफी छ। अर्जुन तिवारी र टोलीको सिनेमेटोग्राफीमा भिडिओ तयार भएको हो।

प्रायः आधुनिक गीतमा देखिने यो जोडीलाई लोकगीतमा देख्दा दर्शकहरुको सकारात्मक प्रतिक्रिया आइरहेको छ। गीत अहिले युट्युब ट्रेन्डिङको नवौं स्थानमा पुगिसकेको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!