Search

नेपाल राष्ट्र बैंकले बैङ्कहरुलाई भीडाभाड नहुनेगरी सेवा दिन निर्देशन

नेपाल राष्ट्र बैंकले बैङ्कहरुलाई भीडाभाड नहुनेगरी सेवा दिन निर्देशन

बाँपीझ्याला, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैङ्कहरुलाई भीडाभाड नहुनेगरी सेवा दिन निर्देशन दिएको छ । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।


नेपाल राष्ट्र बैंकले गत आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्तीय संस्थामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बैंकहरुमा भीडभाड निकै देखिएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘त्यही भएर हामीले धेरै शाखा खोल्नुस्, भर भीडभाड हुन नदिनुस् भनेका हौं’ उनले भने ।

राष्ट्र बैंकले सुरुमा प्रतिबैङ्क ८ वटा शाखा खोल्न अनुमति दिएको भए पनि प्रशासनको अवरोधपछि बैंकहरुले एउटा बैंकका ४ वटा शाखा मात्रै खोल्नेगरी सहमति गरेका थिए । राष्ट्र बैंकले अहिले ५० भन्दा बढी कर्मचारी नबढ्ने गरी सम्भव भएसम्म धेरै शाखा खोल्न भनेको छ । राष्ट्र बैंकको तयारीपछि बैंकहरुले हिजोदेखि थप शाखाहरु खोल्न थालका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!