Search

ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाको विज्ञप्ती

ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाको विज्ञप्ती

बाँपीझ्याला, दोलखा । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड –१९ को संक्रमणको कारणले आज विश्व आक्रान्त भईरहेको छ । यसै गरी २०४८ सालदेखि दोलखा जिल्लामा कृषि क्षेत्रलाई केन्द्रविन्दुमा राखेर एकिकृत ग्रामीण विकासका क्रियाकलापहरु निरन्तर रुपमा सञ्चालन गर्दै आएको ग्रामीण विकास टुकी संघ दोलखामा कार्यरत ४ जना कर्मचारीहरुलाई कोभिड –१९ बाट संक्रमीत भएको पुष्टी भएको छ ।
यस सम्वन्धमा बिभिन्न छापा तथा विद्युतिय सञ्चार र सामाजिक सञ्जालमा प्रकाशित तथा पोष्ट गरिएको समाचार प्रति टुकी संघ दोलखाले ध्यान आकर्षण सहितको विज्ञप्ती निकालिएको छ ।

नेपाल सरकार कृषि तथा पशुपञ्छि विकास मन्त्रालय, संयुृक्त राष्ट्रसंघिय विश्व खाद्य संगठन र टुकी संघ दोलखाको साझेदारीमा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा FANSP को चितवनमा सम्पन्न १४ दिने तालिममा सहभागी भई फर्किनु भएका ४ जना कर्मचारी साथीहरुलाई कोविड १९ बाट संक्रमित भएको पुष्टी हुन आएको उक्त विज्ञप्तीमा जनाईएको छ ।

यस सम्वन्धमा टुकी संघका कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठ संग सम्पर्क गर्दा संक्रमण भएको व्यक्तिहरुबाट अन्य व्यक्तिहरुलाई संक्रमण बढ्न नदिन नेपाल सरकार र यस अन्तर्गतको निकायबाट जारी आदेश, सूचनाहरुको पूर्ण रुपमा पालना गरी हाल संक्रमीत साथीहरुलाई भीमेश्वर नगरपालीका माथाहतमा रहेको आईसोलेसन कक्षमा राखिएको जानकारी प्राप्त भएको छ । साथै यस सम्वन्धमा सकारात्मक सोचकासाथ आवश्यक सावधानी अपनाउन आपसी सहयोग र सहकार्यको लागि ग्रामीण विकास टुकी संघ दोलखा प्रतिवद्ध रहेको समेत जानकारी दिनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment