Search

सुनिता दुलालकाे नयाँ तीज कोसेली ‘जुममा हेरेर…’, युट्युबबाट सार्बजनिक

सुनिता दुलालकाे नयाँ तीज कोसेली ‘जुममा हेरेर…’, युट्युबबाट सार्बजनिक

बाँपीझ्याला, काठमाडौं । सुनिता दुलालकाे स्वरमा रहेको नयाँ तीज कोसेली ‘जुममा हेरेर…’, तपाईहरु समक्ष ल्याएकी छु । गीतकार रोजा वलीले अहिलेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै रच्नुभएको गीत संगीतकार सुनिल मास्केद्धारा संगीतबद्ध गरिएको हो जसलाई कुशल श्रेष्ठले निर्देशन गर्नुभएको छ । कृपया गीत हेरे सुनेर प्रतिक्रिया दिनुहोला है ।

गायिका सुनिता दुलाल नयाँ तिज गीत लिएर दर्शक तथा स्रोता माझ आएकी छिन् । ‘जुममा हेरेर’ बोलको गीतमा कोरोनाका कारण एकै ठाउँमा भेला भएर तिज मनाउन नपाएको विद्यमान अवस्था समेटिएको छ ।

एकै ठाउँमा भेला भएर तिज मनाउन नपाए पछि इन्टरनेटको सहारामा जुममा भेला भएर युट्युबमा गीत प्ले गरेर रमाइलो गर्नु पर्ने विद्यमान परिस्थितीलाई दुलालले गीतमा समेटेकी छिन् ।

परम्परागत शैलीमा भेला भएर तिज मनाउँदा कोरोना संक्रमणको जोखिम हुने भएकाले उक्त कार्य नगर्न तथा नगराउन प्रोत्साहन होस् भनेर आफूले इन्टरनेटको माध्यमबाट तिज मनाउन सन्देश दिने प्रयास गरेको गायिका दुलालले बताइन् । समय अनुसार ढल्न सक्नुपर्छ भन्ने उद्देश्यले आफूले सोही सन्देश प्रवाह गर्न खोजेको उनको भनाइ छ ।

“समय र परिस्थिीलाई मध्यनजर गर्दै अगाडि बढ्नुको विकल्प छैन । आफ्नो र अरुको स्वास्थ्यका लागि पनि हामी आफैं सजग हुनुपर्छ भन्ने मान्यताले यो गीत ल्याएको हुँ,” उनले भनिन् ।

सुनिताको स्वर रहेको गीतमा रोजा वलीको शब्द तथा सुनिल मास्केको संगीत रहेको छ । कुशल श्रेष्ठको छायांकन तथा निर्देशन रहेको भिडियोमा सुनितासँगै भवानी तिमलसिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ, स्वस्तिका लोहनी, आस्तिक कणेल, दीपक थापालगायत भिडियोमा फिचर्ड छन् ।

सुनिता हरेक वर्ष तिज गीत सार्वजनिक गर्दै आएकी छिन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!