Search

उच्च कोविड १९ जोखिमको क्षेत्रमा कर्फ्युको अधिकार स्थानिय प्रशासनलाई दिने मन्त्रिपरिषद्को निर्णय

उच्च कोविड १९ जोखिमको क्षेत्रमा कर्फ्युको अधिकार स्थानिय प्रशासनलाई दिने मन्त्रिपरिषद्को निर्णय

बाँपीझ्याला, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण बढेको क्षेत्रमा नियन्त्रणका लागि कर्फयु, निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले उच्च संक्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार जिल्ला जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसै गरी परराष्ट्र सेवा अन्तर्गतका तीनजना सह–सचिवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सह–सचिवहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई बेल्जियम, जर्मनी र अर्को एक देशका लागि राजदूत सिफारिस गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!