Search

काठमाडौं उपत्यकामा कोरोनाका ९८ सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोनाका ९८ सङ्क्रमित थपिए

३१ श्रावण, बाँपीझ्याला, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ९८ जना सङ्क्रमित थपिएका छन् । यो पछिल्लो पाँच दिनमा सबैभन्दा कम सङ्क्रमित हो । यसअघि लगातार पाँच दिनसम्म काठमाडौं उपत्यकामा एक सय जनाभन्दा बढी सङ्क्रमित फेला पर्दै आएकोमा शनिबार ९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ८०, ललितपुर र भक्तपुरमा नौ नौ जना गरी उपत्यकामा ९८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टेकु अस्पताल र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा सामान २४ जना सङ्क्रमितको पुष्टि भएको बताउनुभयो ।

नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका आठ, विरेन्द्र अस्पतालमा काठमाडौंका तीन, सूर्या प्रयोगशाला–लाजिम्पाटमा काठमाडौंका दुई र स्टार अस्पताल सानेपामा काठमाडौंका दश तथा ललितपुरका सात जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बीआईडीएच ल्याबमा काठमाडौंका दश र ललितपुरका एक, वीर अस्पतालमा काठमाडौंका तीन र भक्तपुरका एक तथा बी एन बी अस्पतालमा ललितपुरका एकमा सङ्क्रमणको पुष्टि भएको हो ।

मल्टिमिडिया ग्यालरी

Yadala Punish

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!