Search

२४ घण्टामा ६३८ जनामा कोरोना पुष्टि, स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन – 🔴 LIVE

२४ घण्टामा ६३८ जनामा कोरोना पुष्टि, स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन – 🔴 LIVE

२७ श्रावण, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने मृतकको संख्या ८३ पुगेको छ । मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment