
दोलखा जिल्लाको ईतिहासमा कम्युनिष्ट आन्दोलनको धरोहरको रुपमा रहेका स्वर्गिय क. तीर्थबहादुर श्रेष्ठ तीर्थराज नामले प्रख्यात हुनु हुन्थ्यौ । बि.सं. १९८२ साल कात्तिक ३ गते तत्कालिन दोलखा गाउँ पञ्चायत वडा नं ८ हालको भीमेश्वर नगरपालीका वडा नं.–२ डोक्छेमा बा स्वर्गिय कृष्णविर श्रेष्ठ आमा स्वर्गिय पुन्टालक्ष्मी श्रेष्ठको कोखबाट जन्मनु भएको कान्छो छोरा हुन ।
श्रेष्ठको वि.सं. २०२२ सालमा ४० वर्षको उमेरमा भी.न.पा. वडा नं. २ तल्लो विहार्छेका स्वर्गिय गोपिलाल श्रेष्ठको छोरी २४ बर्षकी बेटीलक्ष्मी श्रेष्ठ सग बैबाहिक सम्वन्धमा गाँसिन्नु भएको थियो । श्रेष्ठको ४ छोरा २ छोरी हुनु हुन्छ ।
आफू युवा हुँदा गाउँमा शोषक, सामन्त र जाली फटाहाहरुले किसानहरु माथि गरेको अन्याय अत्याचार देखेर त्यसको विरुद्धमा जुट्नु भएका बामपन्थी नेता तिर्थबहादुर श्रेष्ठ काठमाडौंमा एउटा पुस्तकालयमा काम गर्दा गर्दे किसानको पत्रिका पढ्न अवसर पाई बिस्तारै कम्युनिष्ट पार्टी प्रति आकर्षित भएको कुरा बताउनु भएको थियो । आफूलाई कम्युनिष्ट आन्दोलनमा लाग्ने प्रेरणा तत्कालिन सामन्तहरुले दिएको कुरा बताउनु बताउनु हुन्थ्यौ । बामपन्थी नेता तीर्थबहादुर श्रेष्ठ आफै सामन्तहरु कै दुव्र्यवहारका कारण किसान आन्दोलनमा सहभागी भएको कुरा बताउनु हुर्दै वि.सं. २००८ साल तिर काठमाडौंमा जादा पुष्पलाललाई भेटर फर्केपछि आफु कम्युनिष्ट बन्न किसान आन्दोलनमा सहभागी हुनु वहाँलाई थप उर्जा मिलेको थियो । बृद्ध बामपन्थी नेता भन्नु हुन्थ्यौ त्यसबेला मैले खेतबारीमा काम गर्दा मानिसहरु जमगढको बीच किसान गीत सुनाउने गरेको अनुभूती सुनाउने गर्नु हुन्थ्यौ । जुन गितको केही हरफलाई यसरी प्रस्तुत गर्ने गर्नु हुन्थ्यौ ।
दुःखी दाई, गरिव भाई, किसान भाई अघि बढ,
हातमा लिए कुटो कोदालो पटुकामा हँसिया,
लड्र्दै जाउँ बढ्दै जाउ हकको निम्ति बढौं,
उहाँले यसरी त्यतिबेलाको किसान गीत यसरी समय समयमा सुनाउने गर्नु हुन्थ्यौ ।
उतिबेला सामन्तहरूको लागि एक घरबाट साल भरिमा ७५ जनाको गुहार दिनु पर्ने प्रचलन रहेको बताउनु भएको थियो । जसले गर्दा किसानहरु कहिले पनि आफ्नो काम गर्न पाउँदैन थिए किसानहरूको यस्तो हविगत देखेर उहाँले किसान परोपकार संघको स्थापना गरी किसानलाई सहयोग गर्न कोष खडा गर्नु भयो ।
जुन कोषमा बार्षिक ८०–९० मुरीसम्म अन्नपात जम्मा हुने गरेको बताउनु भएको थियो । वि.सं. २०१८ सालमा सिन्धुली जिल्लाको खुर्कोटमा नेपाल कम्युनिष्ट पार्टीको जनकपुर अञ्चल भेला भएको र त्यती बेलैमा आफूले नेकपा प्रवेश संगै निकट लिनु भएको थियो । जुन बेला ने.क.पा. को टिकट पाउनु भएको थियो त्यो बेला जिवनको सवभन्दा महत्वपुर्ण क्षण रहेको महशुष गरेको अनुभव सुनाउने गर्नु हुन्थ्यौ । त्यती बेला वहाँको अनुभवलाई बेला बेलामा भन्ने गर्नु हुन्थ्यौ कम्युनिष्टले देउता मान्दैन, चेलिबेटि भन्दैनन्, बुढापाकालाई गोली हानेर मार्छ, धन सम्पत्ती लुटेर बाँड्छ भनेर मान्छेहरु उभिएको ठाउँबाटै भागेर हिड्ने गर्दथ्यौ ।
तत्कालिन ने.क.पा. एमालेका नेताहरु चरिकोट आउनु हुदाँ मनमोहन अधिकारी, माधव नेपाल र भरत मोहन संग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्नु हुन्थ्यौं ।
यसरी दिन चर्चा गर्दा गर्दै ७६ बर्षको उमेरमा २०५८ साल कार्तिक महिनामा वहाँले यस धर्तीबाट विदा लिर्दै वहाँका सम्पूर्ण परिवार लगायत हामी दोलखावासीलाई सदाको लागि छोडेर जानु भयो ।
(स्रोतः छोराहरु बाबुराम श्रेष्ठ, तोरण श्रेष्ठ)