Search

कोविड–१९ को सक्रमणको बाबजुद पनि दोलखामा भैरब कुमारी जात्रा सम्पन्न

कोविड–१९ को सक्रमणको बाबजुद पनि दोलखामा भैरब कुमारी जात्रा सम्पन्न

(बाँपीझ्याला, दोलखा) ऐतिहासिक प्राचिन नगर दोलखाको आफ्नै विशेषता र महत्व रहेको छ । यहाँ बर्ष भरी आफ्नै मौलिकताको चाडपर्व, जात्रामात्राहरु मनाउने गर्दछन् । विशेष गरी नेवाः जातीको बसोबास रहेको यस दोलखा शहर हालको नगरमा चाडपर्व, जात्रामात्राहरु मनाउने गरेका छन । जस्ले नेवाः जातीको पहिचान कायम गर्नुका साथै नेपालको साँस्कृतीक क्षेत्रमा ईज्जत र गौरव बढाउन मद्धत गरेको छ ।
बर्षा मौसममा रात्रीकालीन समयमा निकालिने भैरब कुमारी जात्रा देशको कुनै पनि ठाउँमा नभएको यस जात्राको छुट्टै मौलिक विशेषता र परम्परा रहेको छ । समृद्ध दोलखा नगरको महत्वपूर्ण जात्राहरु मध्ये गाईजात्राको भोली पल्ट बेलुकी द्धितिया देखि षष्ठिसम्म लगातार ५ दिन (बेलुकी) सम्म जात्रा निकाली बिधिपूर्वक मनाईने भैरब र कुमारी (बालकुमारी) जात्रा यसपाली कोविड १९ को सक्रमणको बाबजुद पनि २०७७ श्रावण २१ गते देखि २५ गतेसम्म सम्पन्न भएको छ ।

फोटो : रेखा शाक्य राजमती


गत सालमा जस्तो दोलखा जिल्ला भन्दा बाहिरको भक्तजनहरुको उपस्थित हुन नसके पनी स्थानिय नगरवासिन्दाहरुको व्यापक सहभागीता रहेको थियो ।

फोटो : रेखा शाक्य राजमती

यसै गरी जात्रा सम्पन्न भएपनी पहिला पहिलाको जस्तो भैरव कुमारी जात्रा जसरी स्थानिय महिला दिदिबहिनीहरु ब्रत बस्ने गर्दथ्यौ त्यसरी यसपाली भएन, यसै गरी टोल टोलमा जुन बिधि अनुसार नचाउनु पर्ने थियो त्यो अनुसार नाचे पनी पहरलाई छोट्याउने काम भयो, भक्तजनहरुले अगाउन्जेल जात्रा हेर्न पाएन यसै गरी त्रास, दबाब संग सगै स्थानिय युवा, समाजसेवीहरुको सहयोग र गुठीयारहरुको सक्रियतामा यसपालीको भैरव कुमारी जात्रा सम्पन्न भएको भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको भनाई रहेको छ ।

फोटो : रेखा शाक्य राजमती
फोटो : रेखा शाक्य राजमती

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!