अजय प्रधान
(बाँपीझ्याला, दोलखा) भीमेश्वर नगरपालिका दोलखाका सल्लाहकार एवं दोलखा म्यासमुचा खलकका संरक्षक समाजसेवि दोलखाली चेली सकुना श्रेष्ठ मलेकुज्युले पाखलति सहयोग समितिबाट निर्माण गरिएको श्री पुण्यश्वर महादेवको चरणकमलमा रहेको सभाकक्षको लागि एक थान सोफासेट प्रदान गर्नु भएको छ ।
यसै गरी भीम उच्च माध्यमिक विधालय दोलखाका स्काउट विद्यार्थीहरुलाई ड्रम सेट, बालमन्दिर प्रा.वि. दोलखालाई शैक्षिक सामाग्री र अभयपुर युवा समूह दोलखा, टाईगर टिम तिखातल, अभयपुर युथ लेडिज ग्रुप दोलखा, फुलपा युवा समूह फुलपालाई खेलकुद सामाग्री प्रदान गर्नु भएको छ भनी टोल सुधार समितीका सचिव अमित श्रेष्ठले जानकारी दिनु भयो ।
उक्त सामाग्री कार्यक्रमका प्रमुख अतिथि, भीमेश्वर नगरपालिकाका दोलखाका नगर प्रमुख भरत केसीज्यु र कार्यक्रमका विशिष्ठ अतिथी एवं भीमेश्वर नगरपालीका वडा नं.–२ का वडाध्यक्षज्यु बाट हस्तान्तरण गरियो थियो ।
मन्तव्यको क्रममा प्रमुख अतिथि नगर प्रमुख भरत केसिज्युले धन सबैको हुन्छ तर मन कमैको हुन्छ दोलखाली चेलि समाजसेवि सकुना श्रेष्ठ मलेकुज्युले माईती घरलाई सम्झेर सहयोग गर्नु भएको छ । यसलाई उपहार सम्झनु पर्छ । साथै यस्को लागि सहयोगी समाजसेवी दोलखाली चेली सकुना श्रेष्ठ मलेकु प्रति भीमेश्वर नगरवासी र आफ्नो तर्फबाट धन्यवाद दिदै ईमान्दारिताका साथ काम गर्नेलाई पैसाको खाचो कहिले नहुने बताउनु भयो ।
कार्यक्रममा दोलखाका समाजेवी एवं बुद्विजिवि पुर्षार्थ श्रेष्ठ, टाईगर टिम तिखातलका अध्यक्ष कुमार श्रेष्ठ, अभयपुर युथ लेडिज ग्रुपका टिम लिडर जानकी तामाङ, अभयपुर युवा समुहका संयोजक प्रकाश शिवाकोटिज्यु समेतले सहयोग िसमाजसेवि सकुना श्रेष्ठलाई खेलकुदको सामाग्रि दिनु भई खेल खेल्न नव युवाहरुलाई जुन हौसला प्रदान गर्नु भएको छ । यसको लागि ति युवाहरु र आफ्नो तर्फबाट मुरी मुरी धन्वयाद दिर्दै आभार व्यक्त गर्नु भयो । यसै गरी आगामी दिनहरुमा समाजसेवी सकुना श्रेष्ठबाट सहयोगको अपेक्षा गरेको भनाई राख्नु भएको थियो ।
यस कार्यक्रमका संयोजक तथा अभयपुर टोल विकास समितिका अध्यक्ष अजय प्रधानज्युले सम्बोधन गर्दै कार्यक्रमको वारेमा र टोल विकास समितिको गतिबिधीका वारे स्पष्ट पार्दै समुदाय मिलेर गरेको कामको उदाहरण हेर्न पाखलती सहयोग समितिको काम हेर्न समेत सबै लाई आग्रह गर्नु भयो ।
पाखलती उपकार सहयोग समितीका अध्यक्ष एवं यस कार्यक्रमका सभा नायक अधिवक्ता श्याम कृष्ण मास्केज्युले सत्य सधै सत्य नै हुन्छ । समाजसेवि सकुना श्रेष्ठ मलेकुज्युले यो भवन निर्माण देखि हाल सम्म निरन्तर सहयोग गर्दै आईरहेको क्रममा सभा कक्षको लागि अति आवश्यक सोफासेट दिनु भएकोमा उहाँ र उहाको स–परिवार प्रति धन्यवाद दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी, विशिष्ठ अतिथी, दोलखावासी लगायत सम्पुर्ण उपस्थीत महानुभावहरुलाई अभयपुर टोल विकास समितिका सचिव अमित श्रेष्ठले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो । कार्यक्रम संयोजक एवं अभयपुर टोलविकास समितिका अध्यक्ष अजय प्रधानज्युले मन्तव्य व्यक्त गर्दै कार्यक्रमको वारेमा र टोल विकास समितिको गितिविधि वारे स्पष्ट पार्दै समुदाय मिलेर गरेको कामको उदाहरण हेर्न पाखलती सहयोग समितिको काम हेर्न सबै लाई आग्रह गर्नु भयो ।
कार्यक्रममा अन्य दाताहरु अमृत बहादुर.श्रेष्ठ, सुब्बा श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ र कृष्ण बहादुर श्रेष्ठज्यु समेतलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन समितिका कोषाध्यक्ष कल्पना थामिले गर्नु भएको थियो ।