Search

रियाशामा खुसी

रियाशामा खुसी

मोडल रियाशा दाहालले अभिनय गरेको पहिलो म्यूजिक भिडियो ‘आउँछु म फर्केर’ हो । यो भिडियोमा काम गरेकी रियाशा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । लकडाउन लुजडाउनमा परिणत भएपछि रियाशाले ‘ए है माया’ बोलको गीतमा अभिनय गरिन् । यो गीत युटुबमा हिट भएपछि रियाशाको माग म्यूजिक भिडियोमा बढ्यो । अहिले, उनी लोक, आधुनिक गीतका भिडियोमा व्यस्त छिन् ।

रियाशा भन्छिन मलाई धेरै मानिसहरुले अहिले रियाशाको जिन्दगी त परिवर्तन भयो भन्दा रहेछन् । तर, मलाई त्यस्तो लाग्दैन ।’म्यूजिक भिडियोपछि चलचित्रमा अभिनय गर्ने सोचमा छिन् रियाशा । उनी भन्छिन्–‘अहिले त चलचित्र नै नबनेकाले पनि अफर आएको छैन । तर, चलचित्रको अफर आयो भनेर सबै कुरा वुझेर काम गर्छु ।’

सानैबाट मोडलिङमा रुची भएपनि रियाशाले काम गर्न पाएकी थिइनन् । सुरुमा त परिवारले पनि उनलाई यो क्षेत्रमा आउन दिएनन् । तर, पछि उनी कलेज नेपालसँग आवद्ध भइन् र चर्चामा आइन् । ‘हिमालय रोडिज’ सुरु भएपछि यसैलाई आधारित मानेर उनको समुहले प्यारोडी हिमालय रोडिज सुरु गर्यो । जसमा उनले ‘छ्या मास्के’ नामक पात्रको भूमिका निभाइन् । यो भूमिकालाई दर्शकले अत्याधिक रुचाएका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment